Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–२, बरमझियामा बिहीबारदेखि आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्तकुमार मिश्र र उपप्रमुख निरु पोखरेलले बिहीबार संयुक्तरुपमा उद्घाटन गर्नु भएपछि आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको हो । घर भाडामा लिई सञ्चालनमा ल्याइएको स्वास्थ्य केन्द्रमा हाल हेल्थ असिस्टेन्ट, नर्सिङ स्टाफ र कार्यालय सहयोगी गरी तीन जना कर्मचारी रहने छन् ।

नगरपालिकाको १२ वडामध्ये स्वास्थ्य संस्थाविहीन वडा नम्बर २ र ९ मा स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले बरमझियामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको नगर प्रमुख मिश्रले बताए । नगर प्रमुख मिश्रका अनुसार एक साताभित्र वडा नम्बर ९ मा पनि स्वास्थ्य केन्द्र सञ्चालन गरिनेछ । उद्घाटनका अवसरमा नगर प्रमुख मिश्रले आफ्नै कार्यकालमा केन्द्रका लागि भवन निर्माण गर्ने प्रतिबद्धता जनाए । स्वास्थ्य क्षेत्रमा छ महिनाभित्रै देखिने गरी काम गर्ने उनले घोषणा गरे ।

नगरपालिकाले स्वास्थ्य, शिक्षालगायत आधारभूत विषयलाई प्राथमिकतामा राखेर नगरपालिकाले काम गरिरहेको जानकारी दिनुहुँदै नगर प्रमुख मिश्रले हात्तीलगायत जङ्गली जनावर नियन्त्रणमा पनि प्रभावकारी काम गरिने बताए । उपप्रमुख पोखरेलले तीन कट्ठा जग्गा उपलब्ध भएमा आर्थिक वर्षदेखि स्वास्थ्य केन्द्रको भवन निमार्णको काम शुरु गरिने बताए । प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका प्रमुख डाक्टर सञ्जीव झाले नगरपालिकाको स्वास्थ्य अवस्थाबारे सर्वसाधारणलाई जानकारी गराए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: