काठमाडौँ। रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा सञ्चालन हुने 'उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम' को एघारौँ संस्करण आइतबारदेखि सुरु भएको छ । शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजित एक विशेष समारोहका बीच प्रधान सेनापति महारथी शोकराज सिग्देलले उक्त तालिमको समुद्घाटन गरे।
तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै रक्षा सचिव केदारनाथ शर्माले वर्तमान विश्व परिवेशमा राष्ट्रिय सुरक्षाको महत्त्व र आवश्यकता बढ्दै गएको बताए। उनले यस किसिमको उच्चस्तरीय तालिमले राज्यका विभिन्न निकायहरूबीच सुरक्षाका सवालमा साझा धारणा विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
यस वर्षको तालिममा विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सञ्चारजगत्, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका गरी कुल ३० जना शिक्षार्थीहरूको सहभागिता रहेको छ ।
वि.सं. २०७२ सालबाट निरन्तर सञ्चालन हुँदै आएको यस तालिमको मुख्य उद्देश्य राष्ट्रिय सुरक्षाका सम्बन्धमा साझा बुझाइ कायम गर्नु र राज्यका संयन्त्रहरूबीच कार्यगत एकता सुदृढ बनाउनु हो । तालिम अवधि २०८२ चैत ०१ देखि चैत १८ गतेसम्म रहेको छ।
समारोहमा नेपाल सरकारका सचिवहरू, बलाधिकृत, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकको उपस्थिति थियो । त्यसैगरी त्रिभुवन विश्वविद्यालयका रेक्टर, विभिन्न मन्त्रालयका उच्च पदाधिकारीहरू, रथीवृन्द, अधिकृत तथा सञ्चारकर्मीहरूको समेत सहभागिता रहेको थियो ।
शिवपुरीमा आगामी चैत १८ गतेसम्म सञ्चालन हुने यस तालिमले राष्ट्रिय सुरक्षाका विविध आयामहरूमा गहन छलफल र रणनीतिक विश्लेषण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ४ गते, २०८३ - १२:१८
काठमाडौं । नेपाल क्रिकेट संघ (नेपाल क्रिकेट संघ) ले यूएईसँग आगामी सोमबार र मंगलबार हुने टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाली टोली घोषणा गरेको छ।...
बैशाख ४ गते, २०८३ - १२:०६
गाईघाट। उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बर्खेडाँडा चोकस्थित मदन भण्डारी लोकमार्गमा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।...
बैशाख ४ गते, २०८३ - ११:२५
अछाम । अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित राहाबल्दे नजिक कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता भएका छन् । बिहीबार साँझ करिब ७ ब...
बैशाख ४ गते, २०८३ - ११:१६
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला रु तीन हजार र चाँदी रु १२० ले घटेको हो । नेपाल सुनचाँदी व्यव...
बैशाख ४ गते, २०८३ - ११:००
काठमाडौं । नेपाली कांग्रेस भित्रको विशेष महाधिवेशन सम्बन्धी विवादमा सर्वोच्च अदालत मा आज विपक्षी पक्षको बहस हुने भएको छ। पार्टीका उपसभापति विश्वप्रकाश...
बैशाख ३ गते, २०८३ - १७:३९
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रमा संरचनात्मक सुधार, पारदर्शिता र नतिजामुखी कार्यसम्पादनका लागि...
बैशाख ३ गते, २०८३ - १७:१४
सिन्धुलीमाढी। सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाई सुरु हुनु अगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रको बिक...
बैशाख ३ गते, २०८३ - १६:५६
बागलुङ। कालीगण्डकी नदीमा उत्खननको काम नरोकिँदा नदी र यसको पर्यावरण खतरामा परेको भन्दै ‘कालीगण्डकी बचाऔं अभियान’ ले पर्वतको प्रसिद्व धार्मिक क्षेत्र मो...
बैशाख ३ गते, २०८३ - १६:४३
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढीको मेसको छतबाट खसेर एक प्रहरी कार्यालय सहयोगीको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठे...
बैशाख ३ गते, २०८३ - १६:२६
फिदिम। तीन हजार चार सय ५० मिटरको उचाईमा अवस्थित फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित साहसिक फुटफल प्रतियोगिताको उपाधि सुर्योदय क्लबले जितेको छ । न...


प्रतिकृया लेख्नुहोस्: