Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

कमरेडहरु, कुनै निर्णय गर्नु पूर्व ती मतदाताको आँखामा छचल्किएको निराशा र विषादका आँशु सम्झिनुहोस् : प्रदीप ज्ञवाली

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी नेकपामा जारी विवादका कारण देशैभरिका नेता–कार्यकर्ता, पार्टी सदस्य र समर्थक–शुभचिन्तकहरु अत्यन्त चिन्तित भएको बताएका छन् । विगत केही समययता उक्त विवादमा देशैभरका नेता तथा कार्यकर्ता चिन्तित रहेको उल्लेख गर्दै ज्ञवालीले शनिबार फेसबुकमा लेखेका छन्- विभाजन र विखण्डनको क्रमलाई भङ्ग गर्दै दुई मुख्य कम्युनिष्ट पार्टीहरुको एकीकरण पश्चात् निर्माण भएको नेकपा इतिहासमै पहिलोपल्ट हासिल भएको राजनीतिक स्थायित्व एवं भर्खर सुरु भएको समृद्धिको यात्रा कतै ‘दुई दिनको जुनेली, फेरि उही अँध्यारो रात’ भने झैँ हुने त होइनरु यस प्रश्नले सिङ्गो देशलाई पिरोलिरहेको छ। हामी आशावादी त छौँ, तर ढुक्क हुन सकेका छैनौँ।
विस्तृत:

नेता कमरेडहरु,
विगत केही समययता नेपाल कम्युनिष्ट पार्टी नेकपामा जारी विवादका कारण देशैभरिका नेता–कार्यकर्ता, पार्टी सदस्य र समर्थक–शुभचिन्तकहरु अत्यन्त चिन्तित हुनुहुन्छ।

विभाजन र विखण्डनको क्रमलाई भङ्ग गर्दै दुई मुख्य कम्युनिष्ट पार्टीहरुको एकीकरण पश्चात् निर्माण भएको नेकपा इतिहासमै पहिलोपल्ट हासिल भएको राजनीतिक स्थायित्व एवं भर्खर सुरु भएको समृद्धिको यात्रा कतै ‘दुई दिनको जुनेली, फेरि उही अँध्यारो रात’ भने झैँ हुने त होइन ? यस प्रश्नले सिङ्गो देशलाई पिरोलिरहेको छ। हामी आशावादी त छौँ, तर ढुक्क हुन सकेका छैनौँ।
नेता कमरेडहरु, धुरीखाँबो भाँचियो भने घरै भत्किन्छ।

नेकपा आज नेपालमा क्रियाशील विभिन्न पार्टीहरुको बीचमा एक थान पार्टी मात्रै होइन। यो त देशको मुख्य लोकतान्त्रिक शक्ति हो। संविधानको मुख्य रक्षक हो। यससँग कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताको मात्रै होइन, लोकतान्त्रिक गणतन्त्र, प्रगतिशील संविधान, सामाजिक न्याय र समावेशी प्रणाली सहितको संघीयताकै भविष्य पनि जोडिएको छ।

अग्रमोर्चा कमजोर हुँदा आन्दोलन पराजित हुन्छ, तसर्थ यस पार्टीसँग मुलुकको देशभक्तिपूर्ण आन्दोलन र राष्ट्रियता समेत अविभाज्य ढङ्गले आवद्ध छ। कुनै पनि निर्णय गर्नु अघि कमरेडहरुलाई यस यथार्थलाई मनन गरिदिनु हुन आग्रह गर्दछु।

३१ महिना अगाडि हामी जनतासमक्ष पुगेका थियौँ, मुख्यतः दुईवटा प्रतिवद्धता लिएर। हामीले भनेका थियौँ– हामीलाई मत दिनुहोस्, हामी मुलुकमा राजनीतिक स्थायित्व कायम गर्छौ। हामीलाई मत दिनुहोस्, हामी मुलुकलाई समृद्धि दिन्छौँ।

‘सुखी नेपाली र समृद्ध नेपाल’ को हाम्रो आह्वानमाथि भर परेर, विश्वास गरेर, जनताले हामीलाई अपार मत दिनुभयो। सामान्य बहुमत होइन, सुविधाजनक बहुमत मात्रै पनि होइन, झण्डै दुई तिहाई मत दिनुभयो। सम्झौँ ती मतदाताहरुलाई, जसले उज्यालो नहुँदै मतदान केन्द्रमा पङ्क्तिवद्ध भएर, पालो कुरेर मत खसाउनु भयो। सम्झौँ ती मतदाताहरुलाई, जसले खाली खुट्टा शीत टेक्दै आएर मत खसाउनु भयो। सम्झौँ ती मतदाताहरुलाई, जसले विमारी भएको अवस्थामा स्ट्रेचरमा बोकिएर, आशौच बसेको अवस्थामा आफन्तको मृत्यु वियोग बिर्सेर, वृद्धावस्थामा लौरो टेकेर, सुत्केरी अवस्थामा अत्यन्त ठूलो जोखिम व्यहोर्दै हामीलाई विश्वास सुम्पिनुभयो।

हाम्रो पक्षमा खसेका मतहरु कागजका टुक्राहरुमात्रै थिएनन्, हामीलाई जनताले दिएको विश्वासका तमसुक थिए, आफ्नो भविष्य सुरक्षित हुने ठानेर गरिएका भरपाइ थिए । कुनै पनि निर्णय गर्नु पूर्व एक पटक ती मतदाताहरुको आँखामा छचल्किएको उज्यालो सपना र कथम् कदाचित् कुनै अप्रिय दुर्घटना भयो हुने त्यसका कारण ती सपनाहरु भङ्ग हुँदा भरिने निराशा र विषादका आँशुहरु सम्झिनुहोस्।

नेता कमरेडहरु, हाम्रो यात्रा त भर्खर सुरु भएको छ। राजनीतिक परिवर्तन पो हामीले सम्पन्न गरेका छौँ, त्यो पनि अझै अधुरो– अधुरो र कमजोर छ। यी उपलव्धीको जगमा उभिएर जनतालाई सामाजिक न्याय सुनिश्चित गर्न बाँकी नै छ। समृद्धिको जग मात्रै बसालिएको छ, भवन खडा गर्न बाँकी नै छ। समाजवादतिरको यात्रा त भर्खर सुरु मात्रै भएको छ, त्यो पनि निकै धिमा गतिमा।

यो परिवर्तनका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने सहिदहरुका परिवारलाई उचित सम्मान र न्याय दिन बाँकी छ। परिवर्तनका लागि भएको आन्दोलन र क्रान्तिका घाइते योद्धाहरुको शरीरबाट गोली र छर्रा निकाल्नै बाँकी छ, बल्झिइरहने घाउ निको पार्न बाँकी नै छ। वेपत्ता व्यक्तिकी आमाको आँखामा हर साँझ पर्खिबस्ने अनुत्तरित प्रश्नहरुलाई संवोधन गर्न बाँकी नै छ।

आन्दोलनमा अभिभावक गुमाएका बालबालिकाहरुको अन्यौलग्रस्त भविष्यलाई सुनिश्चित गर्न बाँकी नै छ। अब त देशमै रोजगारी पाइन्छ कि, अब त प्रवासिन पर्दैन कि भनेर देश फर्कने दिन गनेर बसेका लाखौँ लाख प्रवासीहरुको मनमा विश्वास भरिदिन बाँकी नै छ। नेताहरु भन्नुस् त– यी सबै कामहरु अधुरै छाडेर, मानौँ गन्तव्यमै पुगिसकियो, अब कुनै जोखिम छैन भनेर, कहिले पदका विवादमा त कहिले वरियताको किचलोमा, कहिले सोफा र कुर्चीको आकारमा त कहिले आसनको सेटिङको विवादमा अल्झिन हामीलाई छुट छ र रु कुनै पनि निर्णय गर्नु पूर्व, एकचोटी झ्यालको पर्दा खोलेर बाहिर सडकमा दुःखको भारी बोकेर हिँडिरहेका नागरिकहरुलाई हेरेर, यी प्रश्नहरुमा गहिरो गरी घोत्लिनु हुन अनुरोध गर्दछु।

नेता कमरेडहरु, मुलुकमाथि वहुआयामिक सङ्कटहरु थपिँदै छन्।

विश्वव्यापी रुपमै मडराइरहेको दक्षिणपन्थी आँधीहुरीले हाम्रो समाजवादी आन्दोलन र भविष्यमाथि चुनौती खडा गरिरहेको छ। हामीले नयाँ उचाइबाट राष्ट्रियताको आन्दोलन अगाडि बढाएका छौँ, यससँगै यसलाई कमजोर गर्ने, मुलुकमा पुनः अस्थिरता सिर्जना गर्ने, पानी धमिल्याएर माछा मार्ने प्रवृत्ति अझ बढी आक्रामक र हस्तक्षेपकारी हुने निश्चित छ।

विभिन्न कारणले बढेको जनताका अपेक्षा र हाम्रो कार्यसम्पादनबीचको दूरीले सिर्जना गरेको असन्तुष्टिलाई संवोधन गर्न सकिएन भने त्यसले थपिदिने सङ्कट पनि हाम्रा सामु छ। हाम्रो युगकै सबैभन्दा गंभीर स्वास्थ्य चुनौती र आर्थिक धक्का बोकेर आएको कोरोना महामारीले निम्त्याउने वहुआयामिक सङ्कटको सामनाको तयारी गर्नु बाँकी नै छ। आँखै अगाडिका यी चुनौतीलाई नदेखे झँै आँखा चिम्लेर या केही होइन झैँ गरेर विषयान्तर गर्ने सुविधा हामीलाई छैन। कुनै पनि निर्णय गर्नु अगाडि सम्मुख मडारिरहेको सङ्कटलाई गम्भीरतापूर्वक नियाल्नु र विचार गर्नु हुन अनुरोध गर्दछु।

नेता कमरेडहरु, आजनेकपाले सामना गरिरहेको समस्या वैचारिक–राजनीतिक समस्या होइन, व्यवस्थापनको समस्या हो, त्यो पनि शीर्ष नेतृत्वको। पार्टीका सामु वैचारिक राजनीतिक समस्या छैनन् भन्ने होइन, तर नेतृत्वबीच उत्पन्न असमझदारीले हामीलाई त्यसबारे केन्द्रित हुन या त्यसमा प्रवेश गर्ने मौका पनि दिइरहेको छैन।

हाम्रा बैठकहरु मुलुकका जल्दाबल्दा समस्याबाट बेखबर, बेपर्वाह या निरपेक्ष रहँदा जनताको खबरदारीको औँला हामीतिर सोझिने स्थिति बनिरहेको छ। अघिल्लो पुस्ताका नेताहरुप्रति उच्च सम्मान छ। तपाइँहरुले अगुवाइ गर्नुभएको योगदानको जगमै आजका उपलव्धीहरु उभिएका छन्। पार्टी र राज्यका उच्च ओहदामा तपाइँहरुको अवस्थितिप्रति सहमति छ।

तर आफ्ना असमझदारीहरुको व्यवस्थापन गर्न नसकेर एकीकृत पार्टी विभाजनको दिशातिर गयो भने, राज्यको नेतृत्व गर्ने यो दुर्लभ अवसर हाम्रो हातबाट गुम्न पुग्यो भने हामीले इतिहासको कठघरामा उभिएर निकै निर्मम प्रश्नहरुको सामना गर्न र निर्मम फैसला स्वीकार गर्न वाध्य हुनु पर्ने छ।

यसो भयो भने इतिहासले तपाईं सामु एउटा नैतिक प्रश्न खडा गर्नेछ, कतै हिँजोको तपाईंहरूको बलिदान निश्चित स्वार्थ प्राप्तिका लागि मात्रै त थिएन रु कुनै पनि निर्णयमा पुग्नु पूर्व कमरेडहरुले एकचोटी आफू उभिएको धरातल, आन्दोलन र राष्ट्रको भविष्य र कमरेडहरुलाई विश्वास गरेर आफ्नो जिन्दगी होम्न तयार कार्यकर्ताको आँखासँग आँखा जुझाउनु हुन अनुरोध छ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE