Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन

खबरडबली संवाददाता

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराएको छन् । सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री डा.वाग्लेले उनलाई शपथ गराएको हो ।

यही असार ५ गतेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

शपथपछि अर्थमन्त्री डा.वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन पनि दिए। लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने पनि मन्त्री डा। वाग्लेको भनाइ छ ।

“कुनै पनि लोभ र प्रभावमा नपरी पुँजीबजारका  लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस्”, अर्थमन्त्री डा। वाग्लेले भने, “म साथमा छु । सरकारले सबैखाले सहयोग गर्छ । पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउनुहोस् ।”

अर्थमन्त्री डा. वाग्लेले पुँजीबजार सुधारका कामहरू गर्न हरेक दिन, हप्ता, महिना, छ महिना र एक वर्षका योजना के हुन्, त्यो पेस गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिए। बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न पनि अध्यक्ष भट्टलाई निर्देशन दिए।

“पुँजीबजार सुधारका योजनाहरू समयसीमा बनाएर कार्यान्वयन गर्नुहोस् । बजारमा आत्मविश्वास बढाउँदै लगेर नियमनको भूमिका कुशलतापूर्वक निभाउनुहोस्”, अर्थमन्त्रीले भने, “मन्त्रालयबाट कुनै प्रकारको हस्तक्षेप हुँदैन । धेरै बोलेर होइन, नतिजामा काम गर्नुहोस् । मलाई हरेक हप्ता बजारको ब्रिफिङ चाहिन्छ ।”

नवनियुक्त बोर्ड अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीज्यूको योजना अनुसार पुँजीबजारको विकासमा इमानदारीपूर्वक काम गर्ने बताए। आफ्नो ज्ञान, अनुभव र सिपलाई पूर्ण रूपमा बजारका लगानीकर्ताको हित र सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी प्रयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

पुँजीबजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिसहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने उनको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार प्रधानमन्त्रीका सल्लाहकारलाई कसले दियो ?

काठमाडौँ। नेकपा एमालेले प्रधानमन्त्रीका सल्लाहकारहरूको भूमिका र अधिकारबारे प्रश्न उठाउँदै संवैधानिक अङ्गका प्रमुख तथा न्यायाधीशलाई बोलाएर निर्देशन दिन...

पूर्वमन्त्री विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौँ। पूर्वमन्त्री तथा एमाले नेता विष्णु पौडेललाई सोमबार विशेष अदालतमा उपस्थित गराइएको छ। पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। व्...

लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराएको छन्...

जनताको मूल्यांकनमा अब्बल बन्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह

आपसमा गफगाफ गरेर समय खेर नफाल्न र सिकाइमा केन्द्रित हुन सुझाव

कैलालीमा बोलेरोको ठक्करबाट स्कुटरमा सवार दम्पती घाइते

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्का स्थित पूर्व–पश्चिम राजमार्गमा आईतबार राति भएको सवारी दुर्घटनामा स्कुटरमा सवार श्रीमान श्रीमती घाइते भएका...

नार्कमा धान रोपेर राष्ट्रिय धान दिवस मनाइयो

काठमाडौँ । राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र (नार्क) मा धान रोपेर राष्ट्रिय धान दिवस मनाइएको छ। २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अव...

नेपालगन्ज भन्सारको राजस्व संकलन १० प्रतिशतले वृद्धि

नेपालगन्ज। नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्म लक्ष्यको ८३.०५ प्रतिशत राजस्व संकलन गरेको छ। गत वर्षको सोही अवधिको ...

पोखरामा कुलत बढ्दै, हिप्पीले सिकाएको बानी चुनौतीपूर्ण

कास्की। कास्कीमा मादक पदार्थ सेवन (मापसे) सँगै लागुऔषध सेवन ९लापसे० गरी सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने प्रवृत्ति यहाँ बढ्दै गएको छ । यहाँ विदेशी ना...

यसैवर्ष स्वदेश फर्कन्छु : बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना

नयाँदिल्ली। बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा गरेको छिन् । मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिम...

रास्वपाको सङ्घीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्व: वर्षमान पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending