बनेपा । दार्जिलिङ घर बताउने अशोक राई करीब दुई महिनादेखि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–९ त्रिवेणीघाट पारीपट्टिको प्राणनाथ माइती वृद्धाश्रममा बस्दै आएका छन् । सुरुमा सामान्य दुखाइ भएपछि बझाङ जिल्ला अस्पतालमा गएर जाँच गरी औषधि खाएको र पछि बढी नै भएर काठमाडौँको वीर अस्पतालमा गएर जचाउँदा धेरै नै समस्या भइसकेकाले दाहिने खुट्टा नै काटेर फालेका उनले मधुमेहको औषधिसमेत सेवन गरिरहेका छन्
वैशाख २८ गते वीर अस्पतालबाट वृद्धाश्रम आएका ६० वर्षीय उनी अहिले वैशाखीको सहारामा हिँड्डुल गर्न सक्छन् । वृद्धाश्रममा खाना, बस्न र हेरचाह पनि हुने भएकाले खुशी रहेको राईले बताए । आश्रमका सञ्चालक समिति अध्यक्ष रघुनाथ तिमल्सिनाले बन्दाबन्दीको बेलामा आश्रमको एकजना वृद्धालाई उपचारका लागि वीर अस्पताल लैजाने क्रममा त्यही उपचार भइरहेको राईलाई आश्रममा पठाएपछि अहिले त्यही बसिरहेको बताए ।
परिवारमा आफन्तै कोही नभएको र कामको सिलसिलामा बझाङमा ४० वर्षदेखि काम गर्दै आएको उनी यसअघि भवन बनाउने निर्माण कार्यको ठेक्कापट्टाको काम गरेर जीवन गुजारा गर्दै आएका थिए । अहिले उनको बस्ने, खाने र औषधि उपचारको व्यवस्था वृद्धाश्रमले गर्दै आएको छ । वृद्धाश्रम अहिले राईको आश्रमस्थल बनेको छ । “परिवारमा कोही छैनन्, आफन्तहरु कहाँ छन् थाहा छैन”, उनले बताए, “काम गर्न सकिन्जेल सीप बेचेर खाएँ, अहिले यस्तो अवस्थामा आश्रममा आइपुगेको छु ।”
तीन तले भवन रहेको आश्रममा अहिले करीब ४५ जना बस्दै आएका छन् । आउनेजाने भइरहेका कारण यति नै भनेर यकिन नभए पनि पनौतीको प्राणनाथ माइती वृद्धाश्रम वृद्धवृद्धाहरुको आश्रयस्थल बनेको छ । महिला र पुरुषको छुट्टाछुट्टै व्यवस्थापन गरेर राखेको आश्रममा समितिका सदस्यहरु सबैले पालैपालो सहयोग गर्दै आएका छन् ।
पनौती कुम्भ मेलामा भागवत लगाएर सङ्कलन भएको ११ लाख र अरू साथीभाइबाट उठाएर जम्मा पारेको १६ लाखबाट जग्गा खरिद गरेको उनले बताए । पछि तत्कालीन जिविसबाट प्राप्त आठ लाख र अरू सहयोगी दाताबाट जुटाएको रकमले भवन निर्माणको काम सुरु गरेर आश्रमको व्यवस्थापन गर्दै आएको समितिले जनाएको छ । सो आश्रमको नाममा अहिले १८ आना जग्गा रहेकामा अर्को भवन निर्माण गर्ने योजना रहेपनि रकम अभावमा भवन निर्माण गर्न नसकेको समितिले जनाएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: