Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

कुटपिट भएको भन्दै गायक अशोक दर्जी प्रहरीमा, भिडियो भाइरल भएपछि अनुसन्धान तीव्र

खबरडबली संवाददाता

विराटनगर । गायक अशोक दर्जीले आफूमाथि कुटपिट भएको भन्दै झापा प्रहरीमा उजुरी दिएका छन्। सामाजिक सञ्जालमा कुटपिटको भिडियो भाइरल भएपछि प्रहरीले घटनाको अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार दर्जीले गत असार २२ गते इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएका थिए। निवेदनमा उल्लेख भएअनुसार उनीमाथि उजुरी दर्ता हुनुभन्दा करिब एक महिनाअघि कुटपिट भएको थियो।

दर्जीले अंकित प्रधान र शनिश्चरेका ‘शुक्रे’ भनेर चिनिने एक व्यक्तिले आफूलाई ‘चोर–चोर’ भन्दै सार्वजनिक रूपमा कुटपिट गरेको, घटनाको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको तथा हटाउन आग्रह गर्दा समेत धम्की दिएको आरोप लगाएका छन्।

उजुरीअनुसार, मामाघर गएको बेला बिर्तामोडको महानन्द चोकमा खाजा खाने क्रममा एक हजार रुपैयाँ हराएको विषयलाई लिएर विवाद भएको थियो। त्यसको केही दिनपछि देवीबस्ती गेट नजिक स्कुटरमा पेट्रोल भरिरहेका बेला आफूमाथि कुटपिट भएको दाबी दर्जीको छ।

आइतबार साँझ उक्त घटनाको भिडियो टिकटकमा व्यापक रूपमा फैलिएको थियो। भिडियोमा एक युवकले दर्जीको गालामा थप्पड हानेको दृश्य देखिएपछि घटनाले सार्वजनिक चासो तानेको हो।

प्रहरीले घटनामा संलग्न भनिएका व्यक्तिहरूको खोजी तथा अनुसन्धान जारी रहेको जनाएको छ। डीएसपी अवाका अनुसार अंकित प्रधान प्रहरीको सम्पर्कमा आएका छन् भने ‘शुक्रे’ भनेर चिनिने व्यक्ति भारततर्फ रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

प्रहरीले पीडित र आरोपित दुवै पक्षलाई छलफलका लागि बोलाएको जनाएको छ। दुवै पक्षको बयान र उपलब्ध प्रमाणका आधारमा घटनाको वास्तविकता खुल्ने प्रहरीले जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माधव नेपाललाई मनाउन प्रचण्ड कोटेश्वरमा, सत्ता समीकरणबारे छलफल

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...

लोकसेवा तयारीकर्ताको नारा: पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए भर्ना छैन जाऊ

काठमाडौं । लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरूले आयोगको अधिकार र नियमित पदपूर्ति प्रक्रिया सुनिश्चित गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलाम...

कुटपिट भएको भन्दै गायक अशोक दर्जी प्रहरीमा, भिडियो भाइरल भएपछि अनुसन्धान तीव्र

विराटनगर । गायक अशोक दर्जीले आफूमाथि कुटपिट भएको भन्दै झापा प्रहरीमा उजुरी दिएका छन्। सामाजिक सञ्जालमा कुटपिटको भिडियो भाइरल भएपछि प्रहरीले घटनाको अनु...

सहकारीको बचत फिर्ता माग गर्दै माइतीघरमा पीडितहरूको प्रदर्शन

काठमाडौं । सहकारीमा बचत गरेको रकम फिर्ता गर्न माग गर्दै सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्...

मेची राजमार्ग अवरुद्ध कायमै, सर्वसाधारण समस्यामा

इलाम। करिब २२ दिन यता अवरुद्ध मेची राजमार्गको माइखोलास्थित राजदुवाली सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । माइखोला माथिपट्टिको भागमा जमिननै बग्ने र स...

सुनसरीमा कर्फ्यु उल्लंघनपछि नेपाली सेना परिचालन

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन, आगजनी र तोडफोड हुन थालेपछि नेपाली सेना परिचालन गरिएको छ। ...

ग्लोबल आइएमई बैंकमा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँग सहकार्य गर्दै एपमार्फत नै बैंक खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ। लिङ्कः ht...

सिरहामा मागअनुसार डिएपी मल पुग्न अझै १० दिन लाग्ने

लहान। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानले सिरहामा मागअनुसार डिएपी मल सहज रूपमा वितरण गर्न अझै १० दिन लाग्ने जनाएको छ । धान खेतीका लागि...

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन पेश गर्न निर्देशन

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्डको सत्यतथ्य छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको स...

सुनसरी गोलीकाण्डपछि गृहमन्त्री गुरुङको सुरक्षा प्रमुखसँग आकस्मिक छलफल

काठमाडौं । सुनसरीको देवानगञ्जमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएपछि गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending