काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आरोहणका माध्यमबाट नेपालको पहिचानलाई विश्वसामु पुर्याउन सक्रिय भूमिका निर्वाह गर्न किर्तिमानी आरोहीहरुलई आग्रह गरेका छन् । नेपाली काँग्रेस प्रवेश गरेका पर्वतीय पर्यटन क्षेत्रका व्यवसायी तथा आरोहीको आज यहाँ आयोजित स्वागत कार्यक्रममा उनले सो धारणा व्यक्त गरेका हुन । सर्वोच्च शिखर सगरमाथालगायत हिमाल आरोहणमा कीर्तिमान कायम गरेका विभिन्न ३१ आरोही काँग्रेस प्रवेश गरेका हुन् ।
वरिष्ठ नेता पौडेलले व्यक्तिगतभन्दा पनि व्यावसायिक हितमा दृढतापूर्वक लाग्न आग्रह गर्दै साहसिक पर्यटन नेपालको विशिष्ट पहिचानसँग जोडिएको र यो विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गरे । उनले नेपालको पर्वतारोहण क्षेत्रलाई व्यवस्थित र गुणस्तरीय बनाउनेतर्फ पनि युवा आरोहीले भूमिका खेल्नुपर्नेमा जोड दिए । वरिष्ठ नेता पौडेलले पार्टीभित्र गुटमा लाग्नुभन्दा पनि लोकतान्त्रिक चरित्रलाई प्रश्रय दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पूर्वमन्त्री नवीन्द्रराज जोशी, पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणा , पूर्वपर्यटन राज्यमन्त्री याङ्किला शेर्पा लगायतले नेपालको प्रमुख पर्यटकीय आकर्षणका रुपमा रहेको पर्वतीय पर्यटनलाई व्यवस्थित ढंगले विकास गर्दै नेपालको पहिचानलाई विश्वभर प्रवद्र्धन गर्न साहसी आरोहीले खेलेको भूमिकाको प्रशंसा गरे ।
पार्टी प्रवेश गर्नेमा दाबा थिञ्जु शेर्पा, निमाश्री शेर्पा, लाक्पातेञ्जिङ शेर्पा, पासाङ्दावा शेर्पा, सोनाम शेर्पा, मिङ्मातेञ्जिङ शेर्पा, कर्मा शेर्पा, थुक्तेन शेर्पा लगायत छन् । यसअघि प्रवेश गर्नेमा कीर्तिमानी आरोही मिङ्मा शेर्पा, पासाङ तेन्जी शेर्पा, लाक्पा शेर्पा, छिङदोर्ची शेर्पा, लाक्पा ओङ्दी शेर्पा, प्रदीपकुमार लिंथेप, ज्योतिप्रकाश राईलगायत छन् । लोकतान्त्रिक पर्वतारोही तथा पर्वतारोहण समुदायले आयोजना गरेको उक्त कार्यक्रमको संयोजन अन्तर्राष्ट्रिय पर्वतारोही सङ्घका वरिष्ठ उपाध्यक्ष आङ्छिरिङ शेर्पाले गरेका थिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: