Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

परम्परागत खाद्य पदार्थलाई ब्रान्डका रुपमा स्थापित गर्दै

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले परम्परागत खाद्य पदार्थलाई ब्रान्डका रुपमा स्थापित गर्दै त्यसको बजारीकरण गर्ने भएको छ । गाउँपालिकाले हस्तकलाका सामग्रीसहित र परम्परागत खाद्य पदार्थहरु (सिन्की, गुन्द्रुक, मह, कफी, अलैँची आदि) लाई विशेष ब्रान्डका रूपमा स्थापित गर्ने भएको छ । साथै निकासीजन्य वस्तु उत्पादन गर्न प्रोत्साहन गर्ने तयारी अगाडि बढाएको छ ।

स्थानीय स्रोत सीप साधन एवम् प्रविधिको प्रयोगलाई बढावा दिई परम्परागत रूपमा रहेका राडीपाखी, कम्बल, भाङ्ग्रा, झोला बनाउने तानहरूलाई आधुनिकीकरण गरी व्यावसायिकताका साथ अन्नपूर्ण ब्रान्डका रूपमा विकास गरिने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए ।

उनका अनुसार स्थानीय वन पैदावर, प्राकृतिक स्रोतसाधन, जडीबुटी, अल्लोमा आधारित उद्योग गाउँपालिका तथा स्थानीयवासीसँग साझेदारीमा स्थापना गर्न लगानीकर्तालाई उचित वातावरणको व्यवस्था गरिनेछ । कोदो खेतीतर्फ सर्वसाधारणलाई आकर्षित गर्न प्रवद्र्धन कार्यक्रमका साथै गाउँपालिकाका होटल तथा रेष्टुरेन्टमा कोदोको परिकार सहितको मेनु राख्न अनिवार्य गरिने उनले बताए ।

प्रदेशसँगको सहकार्यमा औद्योगिक ग्राम स्थापनालगायत मझौला तथा ठूला उद्योगको विकास गर्न जग्गा व्यवस्थापनमा सहयोग तथा सहजीकरण गरिने अध्यक्ष कुँवरले बताए । अन्नपूर्ण पोलिटेक्निकल इन्स्टिच्युट र सिटिइभिटीसँगको समन्वय र सहकार्यमा युवा लक्षित पेसागत तालीम सञ्चालन गर्नाका साथै विपन्न समुदायका लागि गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमबाट युवा उद्यमीको विकास गर्ने गाउँपालिकाको तयारी छ ।

स्थानीय प्रशासन एवमं सुरक्षा निकायको समन्वयमा कालो बजारी, एकाधिकार अन्त्य गर्ने तथा गुणस्तरीय र नियमित आपूर्ति सुनिश्चित गर्न संयुक्त बजार अनुगमन कार्यक्रम सञ्चालन गरी उपभोक्ता अधिकार संरक्षण गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्रका बजार केन्द्रमा छुट्टाछुट्टै बजार व्यवस्थापन समिति गठन एवम् क्रियाशील गर्ने र पालिकास्तरको एक उद्योग वाणिज्य सङ्घ गठन एवम् क्रियाशील बनाई त्यसको साझेदारीमा सौहार्द्रपूर्ण व्यावसायिक क्रियाकलाप सञ्चालन गर्न आवश्यक समन्वय गरिने उनले बताए ।

‘एक घर एक तालीम’ अनिवार्य गर्दै सबै वडामा तालीममार्फत् रोजगारी सृजना गर्न युवा रोजगार कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । साथै तीनमहिने हाउस वायरिङ र प्लम्बिङलगायत अन्य व्यावसायिक तालीममार्फत युवालाई स्वरोजगार बनाउने योजना रहेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: