Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

राणाकालको बाटो गणेशमानसिंह मार्गको स्तरोन्नति गरिने

वाग्मती । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले राणाकालमा भीमफेदीबाट मोटर बोकेर काठमाडौँसम्म पुर्याउन प्रयोग गरिएको गणेशमानसिंह मार्गको स्तरोन्नति गरिने बताएका छन् । मन्त्री फुयाँलले आज रासससँग कुरा गर्दै चित्लाङदेखि थानकोटसम्मको गणेशमानसिंह मार्ग, हेटौँडा–दामन हुँदै काठमाडौँसम्मको त्रिभुवन राजपथ तथा काठमाडौँ उपत्यका र हेटौँडा जोड्ने छोटो दूरीका अन्य सडक निर्माणका लागि सङ्घीय, वाग्मती प्रदेश र स्थानीय सरकार क्रियाशील रहेको बताए ।

राणाकालमा भारतबाट मोटरबाटो हुँदै भीमफेदीसम्म आएका मोटरलाई स्थानीय मजदूरले बोकेर देउराली, कुलेखानी, मार्खु, चित्लाङ हुँदै थानकोटसम्म पुर्याएका थिए । “बाटाको ऐतिहासिक महत्व भएकाले यसको स्तरोन्नति गर्न तीनै तहका सरकार लागेको छन्”, उनले भने ।

उनका अनुसार आजसम्म पनि सामान्य फराकिलो पार्नेबाहेक सो सडक स्तरोन्नति गरिएको थिएन । “गाडी आउजाउ हुनेसम्म त भयो तर निकै असजिलो र स्तरहीन छ, त्यसलाई हामी स्तरीय बनाउँछौँ”, उनले भने । ऐतिहासिक चित्लाङ सडकको स्तरोन्नति गर्न तीनै तहको सरकारको समन्वयमा काम अगाडि बढाउने योजना बनेको उनले जानकारी दिए । सो कार्यका लागि यही साउन ३ गते भौतिक मन्त्रालय, हेटौँडामा जनप्रतिनिधिसहितको छलफल भएको थियो ।

मन्त्री फुयाँलले यही साउन ११ गते चित्लाङमा सो सडक स्तरोन्नति सम्बन्धमा अन्तरक्रिया गरिने जनाइएको छ । उक्त सडकको ऐतिहासिक पक्षको संरक्षण गर्दै फराकिलो र पक्की गरिने सम्बन्धमा विभिन्न निकायका व्यक्तिसँग छलफल हुने मन्त्री फुयाँलले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy