Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

पहिरोको कारण बेँसीशहर–चामे सडक अवरुद्ध

लमजुङ । जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेमा पहिरो जाँदा बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । शनिबार रातिदेखि परेको वर्षाले आज बिहान पहिरो जाँदा सो स्थानमा सडक अवरुद्ध भएको हो ।

लमजुङ –मनाङको एक मात्र यस सडकखण्डको च्याम्चेमा पहिरो जाँदा सडक अवरुद्ध भइरहेको सडक डिभिजन कार्यालय दमौलीका इञ्जिनीयर सुमन अधिकारीले बताए। उनका अनुसार सो स्थानमा सडक माथिबाट पहिरो खस्दा करीब २० मिटर सडक अवरुद्ध भएको छ । ठूल्ठूला ढङ्गासहितको पहिरो पन्छाउन समय लाग्ने उनको भनाइ छ ।

सो पहिरो एक्साभेटरले हटाउने तयारी भएको र समय लाग्ने भएको छ । सो स्थानबाहेक सडकखण्डअन्तर्गत गाउँपालिकाको रामबजारमा समेत गएको पहिरो भने हटाइसकेको छ । अन्य स्थानमा समेत सानासाना पहिरो गएको र सवारीसाधन सञ्चालन हुन सक्ने भए पनि च्याम्चेको पहिराले सञ्चालन हुन नसकेको इ अधिकारीले बताए ।

पैँसठ्ठी किमीको सो सडक दैनिकजसो अवरुद्ध हुँदै खुल्दै आएको छ । बेँसीशहरस्थित तत्कालीन कार्यदल नेपाली सेनाले २०६९ सालमा सो सडकको निर्माण सम्पन्न गर्दै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेयता सवारीसाधन सञ्चालन हुँदै आएको छ । हालसम्म पनि गुणस्तरीय सडक हुन नसक्दा वर्षेनी वर्षायाममा सडक अवरुद्ध र बिग्रिने गर्नाले सवारी साधनदेखि यात्रुलाई समस्या हुँदै आएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE