काठमाडौं । रत्नपार्क–लगनखेल रुटमा माइक्रो चलाउने विजय तामाङ बुधबार दिउँसो यात्रुको प्रतीक्षामा भेटिए। तीन–चार जना मात्रै बोकेर हिंड्ने गरेको चालक तामाङले सुनाए ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - चार महिना लामो लकडाउन हटेको दिन तामाङ जस्तै धेरै चालक सडकमा यात्रुको पर्खाइमा थिए । स्वयम्भू–सुन्धारा माइक्रो चलाउने विष्णुलाल श्रेष्ठले चार महिनापछि पहिलो पटक गाडी लिएर सडकमा निस्किएको बताए। चार यात्रु लिएर आएका उनको गाडी फर्किने बेला खाली थियो । यात्रु भए नि धेरै हाल्न नपाइने भएकाले चिन्ता लागेको उनले सुनाए ।
‘आज (बुधबार) देखि गाडी चलाउन थालेको हुँ’, उनले भने, ‘यात्रु छैनन् । एक सिट खाली गरेर राख्नुपर्छ । तेल खर्च उठाएर खाना खान पुर्याउन मुस्किल छ ।’
सरकारले सार्वजनिक यातायातका साधन चलाउन दिए पनि सीमित यात्रु मात्र बोक्न पाइने नियम लगाएको छ । एउटा सिट खाली राखेर यात्रु चढाउनु पर्छ । राजधानीका अधिकांश ठाउँमा यो नियम लागू गरेरै गाडी चलाएको देखियो । तर, सार्वजनिक सवारी भने कमै चलेका थिए ।
सुन्धारामा खटिएका ट्राफिक प्रहरी बलदेव भट्टले सार्वजनिक सवारीको चाप सुरु भइनसकेको बताए । ‘सधैंजस्तो सार्वजनिक सवारीको चाप बढेको छैन’, उनले भने, ‘सधैं हामीलाई सवारी व्यवस्थापन गर्न मुस्किल पथ्र्यो तर अहिले त्यस्तो छैन । ’ सवारी चालक गाउँतिरै भएकाले पनि सबै सवारी नचलेको हुन सक्ने उनले बताए ।
काठमाडौं उपत्यकाभित्रका लामो दूरीका सवारीमा भने अन्य क्षेत्रको तुलनामा यात्रुको चाप देखिन्थ्यो । काठमाडौंबाट भक्तपुरतिर जाने गाडीमा भने अन्य क्षेत्रभन्दा यात्रुको संख्या बढी थियो । केही सवारीले सिट खाली नराखी पनि कुदाइरहेका थिए ।
काठमाडौं–भक्तपुर रुटका चालक लक्ष्मीनारायण सुवालले यस रुटमा यात्रु बढी चढ्ने गरेको बताए । ‘अहिले यो रुटमा चैं यात्रुहरू धेरै नै छन्’, उनले भने, ‘कार्यालय समयमा त सिट खाली हुँदैन । तर, धेरै चढाउन पाइँदैन ।’
सरकारले लकडाउन हटाएसँगै बुधबार काठमाडौंका सडकमा सवारीसाधनको चाप देखियो । बानेश्वर, गौशाला, चाबहिल, कोटेश्वरलगायत मुख्य चोकमा सवारी जाम समेत हुन थालेको छ । सडकमा मान्छेको चहलपहल पनि बढेको छ । तर, निजी सवारीको तुलनामा सार्वजनिक यातायातका साधन बुधबार कम देखिए ।
सार्वजनिक यातायात राख्ने मुख्य स्थान खुला थिए । पुरानो बसपार्क सुनसान देखिन्थ्यो । केही बस मात्र सडकमा गुडेका थिए । ती गाडीमा यात्रु पनि फाट्टफुट्ट मात्र देखिन्थे । प्रायः यात्रु मास्क लगाएर सुरक्षित साथ यात्रामा देखिन्थे। केहीले भने मास्क चिउँडोमा अल्झाएको पाइयो । कतिपय त मास्क बिनै थिए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: