भरतपुर । भरतपुर महानगर क्षेत्रको सिँचाइमा महत्वपूर्ण योगदान पु¥याएको नारायणी लिफ्टमा नयाँ उपकरण जडान गरी वर्षैभर पानी छाड्ने तयारी गरिएको छ । हाल सो लिफ्टले धानखेतीका लागि बर्सातमा मात्र पानी छोड्ने गर्दछ ।
लिफ्ट हेर्दै आएको नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालय भरतपुरका प्रमुख ई खेमबहादुर पाठकका अनुसार लिफ्टका दुईवटा पम्पमध्ये एउटा पम्प नयाँ जडान गरिँदैछ । यसका लागि बोलपत्र आह्वानसमेत भइसकेको उनले जानकारी दिए। करिब रु ३५ करोडको लागतमा नयाँ पम्प जडान गर्न लागिएको हो । आजसम्म बोलपत्रको समय भएकामा लकडाउनका कारण साउन २३ गतेसम्मलाई सारिएको छ ।
वाग्मती प्रदेश सरकारले पम्प जडानका लागि रु १९ करोड विनियोजन गरिसकेको छ । अपुग रकम प्रदेश र अन्य निकायबाट प्राप्त हुनेछ । नयाँ पम्प जडानसँगै विद्युत् खपत कम हुने, मर्मतसम्भार खर्च घट्ने र चलाउन सहज हुने पाठक बताउछन् । हाल सञ्चालनमा आएको पम्प ११ केभिए भोल्टबाट चल्छ भने अब नयाँ पम्प छ दशमलव छ केभिएबाट चल्ने उनले जानकारी दिए । लिफ्टमा भइरहेका दुई पम्प सञ्चालन गर्दा तीन महिनामा रु एक करोड ५० लाख बराबरको विद्युत् खपत हुँदै आएको छ । नयाँ पम्प आएसँगै विद्युत् खपत निकै कम हुने पाठकको भनाइ छ । पुराना पम्प भएकाले अहिले वर्षमा रु दुई करोड हाराहारी पम्प मात्र मर्मतमा खर्च हुँदै आएको छ ।
हाल भएका पुराना दुई पम्पको मोटरमाथि छन् भने अबको नयाँ पम्प समर्सियल ९पानीमुनि राखिने० किसिमको अत्याधुनिक हुनेछ । नारायणी लिफ्ट सिँचाइ जलउपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाट लिफ्टले भरतपुर महानगरपालिकाको वडा नं ४, ५, ६, ८, ९, ११, १२, १४, १५ लगायतका वडाका तीन हजार ५०० हेक्टर प्रत्यक्षरूपमा सिञ्चित गर्दै आएको बताउछन् । विसं २०४० मा स्थापना गरिएको यस लिफ्ट परियोजनाबाट आएको पानी खगेरी सिँचाइमा मिसाएर पश्चिम चितवनका अन्य वडामा पनि सिँचाइ गरिँदै आएको छ ।
भरतपुर महानगरपालिका–१ नारायणगढमा दुईवटा पम्प राखेर त्यसै पम्पले नारायणीको पानीमाथि तानेर भरतपु्र महानगर क्षेत्रमा कुलोबाट पानी पठाएर सिञ्चित गरिँदै आएको छ । हाल असार अन्तिम साताबाट कात्तिक पहिलो सातासम्म धान रोपाइँ र धानलाई सिञ्चित गरिँदै आएको छ । अध्यक्ष रानाभाटले भने, “अब हामी वर्षैभरि पानी दिन सक्ने गरी पम्पको स्तरोन्नति गर्दैछाँै ।” उनका अनुसार हिउँदमा यस क्षेत्रमा तरकारी, लहरेबाली, मकै लगाउन पानी सहयोगी हुनेछ । रानाभाटका अनुसार भरतपुर महानगर प्रमुख रेनु दाहाल लिफ्ट हिउँदमा पनि सञ्चालन गर्ने गरी स्तरोन्नति गर्न सकारात्मक भएको बताइन् । उनले भनिन्, “नगरप्रमुख सकारात्मक छन्, स्थलगत अध्ययन गरी उनले आवश्यक सहयोग गर्न तयार रहेको बताउँदै आएका छन्।”ा
दाहाल प्रमुख भएदेखि नै कृषि क्षेत्रको विकासका लागि लागिपरेको बताउँदै आएका छन् । उनले भने, “लिफ्टको स्तरोन्नतिका लागि मैले गर्नुपर्ने काम गर्न तयार छु ।” उनले पम्प फेरेर हिउँदमा समेत महानगर क्षेत्रमा सिँचाइ गर्नुपर्ने बताए । यसका लागि प्रदेश र सङ्घीय सरकारसँग आफूले आवश्यक पहल गर्दै आएको उनको भनाइ छ ।
महानगर क्षेत्र उर्वर रहेको भन्दै यसलाई सिञ्चित गर्दैगर्दा नगरवासीको जीवनस्तर उकास्न मद्दत पुग्ने उनले बताए । पानीको नहर अतिक्रमण हुनबाट रोक्न महानगर सधैं सहयोगी हुने उनको भनाइ छ । लिफ्टका केही नहरहरु मिचिएका छन् । कतिपयमा सडक बनाएर कालोपत्रसमेत गरिएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: