Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

देशलाई बदल्ने र बनाउने शक्ति कांग्रेससँग मात्रै छ : उपसभापति शर्मा

खबरडबली संवाददाता

नेपालगन्ज। नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले देशलाई बदल्ने र बनाउने शक्ति एवं चाहना नेपाली कांग्रेससँग मात्रै रहेको दाबी गरेको छन् ।

नेपाली कांग्रेस बाँकेले मङ्गलबार नेपालगन्जमा आयोजना गरेको बृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले देशको सबैभन्दा पुरानो पार्टी अहिलेको माग र अवस्थालाई ध्यानमा राखेर सबैभन्दा नयाँ बनेर आएको बताए।

उनले भने, “नेपालका लागि कांग्रेस नै सबैभन्दा जिम्मेवार र जनताप्रति उत्तरदायी पार्टी हो । जब जब देशलाई बलिदान र त्याग आवश्यक पर्‍यो, त्यति बेला यही पार्टीले देशको नेतृत्व गरेको इतिहास साक्षी छ ।”

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका शर्माले वर्तमान अवस्थालाई ध्यानमा राखेर जनताको माग र चाहना अनुसार कांग्रेसले दुई तिहाइ युवालाई उम्मेदवार बनाएको स्पष्ट पारे। उनले यस पटक महिला र पिछडिएका समुदायलाई पनि विगतभन्दा दोब्बर सङ्ख्यामा टिकट दिएको बताए।

धेरै पटक कांग्रेसले आफू पराजित भएर पनि देश र जनतालाई जिताएको स्मरण गर्दै उनले संविधानको रक्षा र देशको प्रगति एवं उन्नतिका लागि कांग्रेसको विकल्प नरहेको उल्लेख गरे। संविधानका पिता स्वर्गीय सुशील कोइरालाको जिल्लामा कांग्रेसलाई झनै बलियो बनाएर देशभरि देखाउने अभिभारा यहाँका नेता–कार्यकर्ताको काँधमा आएको उनको भनाइ थियो । विशेष महाधिवेशनपछि नेपाली कांग्रेसमा नयाँ ऊर्जा र शक्ति उत्पन्न भएको दाबी उनले गरे।

नेपाली कांग्रेस बाँकेका उपसभापति गोपाल अधिकारीको अध्यक्षतामा सम्पन्न भेलामा पार्टीका केन्द्रीय सदस्य गोपाल दहित, बाँके क्षेत्र नं। १, २ र ३ का उम्मेदवार क्रमश: नारायण गौडेल, सुधांशु कोइराला र अमरसिंह पुन लगायतले नेपाली कांग्रेसलाई विजयी गराउन अनुरोध गरे। सो अवसरमा बाँकेका तीनवटै क्षेत्रका नेता–कार्यकर्ता र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एक सयभन्दा बढी सामानमा भन्सार, सीमावर्ती क्षेत्रका सर्वसाधारण मारमा

पश्चिम नवलपरासी। नेपाल-भारत सीमा नाकाहरूमा भन्सार प्रशासनले एक सय रुपियाँभन्दा बढी मूल्यका सामानमा पनि अनिवार्य भन्सार शुल्क लगाउन थालेपछी सीमावर्ती क...

हुलाकमार्फत घरमै पुग्छ अब राहदानी र लाइसेन्स कार्ड

सुर्खेत। जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाग्राहीको राहदानी घरमै पुर्‍याउने तयारी अघि बढाएको छ । सरकारी सेवा घर–घरमै पुर्‍याउने योजना कार्यान्वयन ...

ठमेलबाट पक्राउ परेका युगान्डाका महिलाहरू डिपोर्ट

काठमाडौँ  । काठमाडौँ महानगरपालिका–२६ स्थित फायरचोक र ठमेल क्षेत्रबाट पक्राउ परेका युगान्डाका २० जना महिलालाई नेपालबाट निष्कासन (डिपोर्ट) गरिएको छ। ...

बैतडीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

बैतडी। बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–८ बाट बझाङको देउलेखतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००...

पहिलो खेलमा अमेरिकासँग हारेको नेपाल आज इटालीसँग खेल्दै

काठमाडौँ । आइसिसी वुमन्स च्यालेन्ज ट्रफीको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालले दोस्रो खेल आज (आइतबार) इटालीसँग प्रतिस्पर्धा गर्दैछ । रुवान्ड...

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्राल...

पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

काठमाडौँ। विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेर्ने काम धमाधम भइरहेको छ । त्यस क्रममा जयवागेश्वरी, गणेश र भैरवको माट...

बर्दियामा एम्बुलेन्सको ठक्करबाट दुईको मृत्यु, दुई घाइते

बर्दिया। बर्दियामा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान गुलरिया नगरपालिका वडा नं ७ डिभिजन वन कार्यालय नजिक कोहलपुर देखि राज...

बाँकेमा एक महिनामा ३६ वटा दुर्घटना हुँदा सात जनाको मृत्यु, ४४ घाइते

नेपालगन्ज। बाँके जिल्लामा गत महिनामा सडक दुर्घटनामा वृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार फागुन महिनाको तुलनाम...

पर्वतकी १४ वर्षीया किशोरी ८ दिनदेखि बेपत्ता

पर्वत । जिल्लाको मोदी गाउँपालिका-२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी विगत आठ दिनदेखि बेपत्ता भएकी छन् । गत चैत २९ गते जलजला गाउँपालिका–७ धाइरि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending