Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

उपत्यकाको एकीकृत विकास गृहकार्य सुरु


काठमाडौं । काठमाडौं उपत्यका भित्रका १८ वटै नगरको एकीकृत विकास गर्न सहरी पूर्वाधार निर्माण गर्ने गरी आन्तरिक गृहकार्य सुरु भएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - उपत्यकाभित्रका नगरको साधनस्रोत र जनशक्ति एकीकृत रूपमा परिचालन गरी आर्थिक साझेदारीमा एकीकृत कार्ययोजना निर्माण गर्न आन्तरिक गृहकार्य सुरु गरिएको हो ।

काठमाडौं महानगरपालिकाका अनुसार काठमाडौं र ललितपुर महानगरपालिकासँगै उपत्यकाका १८ वटै नगरको प्राकृतिक, सांस्कृतिक, भौगोलिक अवस्था समान भएकाले सबै नगरलाई एउटै भूगोल मानी एकीकृत विकासको कार्ययोजना तयार गर्न लागिएको हो 

हाल काठमाडौंमा महानगरसहित ११, ललितपुरमा महानगरसहित ३ र भक्तपुरमा ४ वटा नगरपालिका छन् । ६ वटा स्थानीय तह भएको ललितपुरमा तीनवटा गाउँपालिका छन् । ती गाउँपालिकालाई एकीकृत विकासमा समेटिएको छैन ।

काठमाडौं र ललितपुर महानगर भौगोलिक रूपमा सानो भए पनि बाक्लो बस्तीले व्यवस्थित सहरीकरणमा समस्या छ ।

२ महानगरबाहेक अन्य १६ वटा नगरपालिकामा खेतीयोग्य जमिन, खुला क्षेत्र, वन लगायतका भूगोल धेरै भएकाले ती क्षेत्रमा व्यवस्थित सहरीकरण निर्माण गर्न आन्तरिक गृहकार्य सुरु गरिएको काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण आर्यालले जानकारी दिए ।  

उपत्यकाका सबै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा एकीकृत योजना निर्माण गर्न समिति निर्माण गरिएको जानकारी अर्यालले दिए ।

उपत्यकाको पूर्वाधार विकास र सुविधा वितरण, समान मापदण्डका आधारमा गर्ने, यसको राजनीतिक नेतृत्व उपत्यका नगरपालिका फोरमले गरे पनि प्रशासनिक नेतृत्व प्रमुख प्रशासकीय अधिकृतले गर्ने गरी कार्ययोजना तयार गर्न लागिएको छ ।

ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले पहिलो चरणमा उपत्यकाको फोहोर र ट्राफिक लाइट व्यवस्थापनको काम गर्ने बताए ।

अनियन्त्रित सहरीकरणको व्यवस्थापन गर्ने, अन्तर्राष्ट्रिय स्तरको खेल मैदान, रङ्गशाला, विमानस्थल, पार्क, हरियाली प्रवद्र्धन गर्ने, सेवा प्रवाह र सुशासनमा एकरूपता कायम गरी नागरिकमैत्री स्थानीय सकार निर्माण गर्ने उद्देश्यले अन्तरनगर सहयोग र साझेदारी अगाडि बढाउन लागिएको हो । 

उपत्यकाको एकीकृत विकासमा केही नगरपालिकाले एक्लै मात्र नीति बनाई कार्यान्वयन गर्न सम्भव नभएकाले एकीकृत विकासनिम्ति अन्तरनगर साझेदारी योजना सुरु गर्न लागिएको उनले स्पष्ट गरे ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE