काठमाडौं । बैङ्किङ प्रणालीमा तरलता बढ्दै गएपछि नेपाल राष्ट्र बैङ्कले २० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । राष्ट्र बैङ्कले रिभर्स रिपोमार्फत् बजारबाट बिहीबार २० अर्ब रुपैयाँ राष्ट्र बैङ्कको ढुकुटीमा तानेको हो ।
आजको गोरखापत्र दैनिकमा खबर छ - मुलुकमा कोरोना सङ्क्रमणसँगै गरिएको लकडाउनले बैङ्किङ प्रणालीमा तरलता बढ्दै गएको छ । बैङ्किङ प्रणालीमा अहिले एक खर्ब ९१ अर्ब रुपैयाँ हाराहारीमा तरलता रहेको राष्ट्र बैङ्कले जनाएको छ । कर्जा प्रवाह न्यून हुँदा लगानीयोग्य रकम लगातार बढ्दै गएको छ ।
सोही कारण तरलता सन्तुलन राख्न बिहीबार २० अर्ब रुपियाँको तरलता प्रशोचन गर्ने अवस्थामा केन्द्रीय बैङ्क पुगेको हो ।
राष्ट्र बैङ्कले बिहीबार जारी गरेको सूचनाअनुसार जारी गरिएको ७ दिने अवधिको यस रिभर्स रिपो साउन १५ गते परिपक्व हुनेछ ।
रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने राष्ट्र बैङ्कले जनाएको छ । रिभर्स रिपो लिन चाहने बैङ्क तथा वित्तीय संस्थालाई बिहीबार दिउँसो २ः०० बजेसम्म अनलाइन बिडिङमार्फत् आवेदन गर्नसक्ने व्यवस्था गरिएको थियो ।
बैङ्किङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अत्यधिक भएपछि राष्ट्र बैङ्कले तरलता प्रशोचन (वित्तीय प्रणालीबाट खिच्ने) रिभर्स रिपो जारी गर्दै आएको छ ।
आर्थिक वर्ष २०७६/७७ को ११ महिनामा रिपोमार्फत् ११५ अर्ब ८७ करोड र स्थायी तरलता सुविधामार्फत् १०३ अर्ब २८ करोड गरी कुल २१९ अर्ब १५ करोड तरलता प्रवाह भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा रिपोमार्फत् १४१ अर्ब २९ करोड र स्थायी तरलता सुविधामार्फत् १४६ अर्ब २८ करोड गरी कुल २८७ अर्ब ५७ करोड तरलता प्रवाह भएको थियो ।
आर्थिक वर्ष २०७६/७७ को ११ महिनामा खुला बजार कारोबारमार्फत कुल ७८ अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा १०० अर्ब ३५ करोड तरलता प्रशोचन गरिएको थियो ।
समीक्षा अवधिमा राष्ट्र बैङ्कले विदेशी विनिमय बजार (वाणिज्य बैङ्क) बाट अमेरिकी डलर ३ अर्ब ५९ करोड खुद खरिद गरी ४१७ अर्ब ३३ करोड तरलता प्रवाह गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ९२ करोड खुद खरिद गरी ३ सय ३० अर्ब ७२ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ४८ करोड बिक्री गरी ४०१ अर्ब तीन करोड बराबरको भारतीय रुपैयाँ खरिद गरिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब ९० करोड र अन्य परिवत्र्य विदेशी मुद्रा बिक्री गरी ४ सय ७८ अर्ब १४ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरिएको थियो ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: