Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

प्रेम प्रस्ताव अस्वीकार गरेपछि भेट्न बोलाएर एसिड प्रहार, फोनबाट मिल्यो ‘क्लु’

काठमाडौं । काठमाडौंको सीतापाइलामा बिहीबार साँझ युवतीमाथि एसिड प्रहार गर्ने युवकलाई प्रहरीले तीन घण्टामै पक्राउ गरेको छ । बारम्बार फोन गरी भेट्न बोलाएका युवकले नै प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एसिड आक्रमण गरेको प्रहरीले जनाएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - डल्लुमा गार्मेन्ट चलाएर बसेका भारतीय नागरिक मोहम आलमको निर्देशनमा उनकै कामदार फैयाज आलमले पवित्रा कार्कीमाथि एसिड प्रहार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार युवतीले वास्ता नगरेको भन्दै आक्रमण गरेको अभियुक्तले बयान दिएका छन् ।

एसिड आक्रमण गर्ने योजनाअनुसार नै आलमले बिहीबार सात पटक फोन गरेर युवतीलाई भेट्न बोलाएका थिए । चिनजानकै मान्छेले बारम्बार फोन गरेपछि उनी पनि भेट्न गएकी थिइन् । भेटपछि उनले केही परसम्म युवतीलाई मोटरसाइकलमा लगेका थिए । उनले नै आफ्ना कामदार फैयाजलाई बाटोमा कुराएर राखेको प्रहरीले जनाएको छ । आलमको निर्देशनअनुसार बाटोमा लुकेर बसेका फैयाजले युवतीलाई एसिड प्रहार गरेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले साँझ ७ः५५ बजे घटना भएको र करिब साढे १० बजे नै अभियुक्तलाई पक्राउ गरिएको बताए । ‘युवतीसँग बदला लिने उद्देश्यले एसिड आक्रमण भएको देखिन्छ,’ एसएसपी ज्ञवालीले भने, ‘आफ्नो पहिचान नखुलोस् भनेर अभियुक्तले चलाखी अपनाएका थिए, तर केही घण्टामै पक्राउ परे ।’ अन्य व्यक्ति प्रयोग गरेर एसिड आक्रमण गराएको यो नौलो प्रकृतिको घटना भएको उनले बताए ।

फोनबाट मिल्यो ‘क्लु’
घटना भएको केही समयपछि नै आलमले पवित्रालाई फोन गरेका थिए । फोन उनको दिदीले उठाएकी थिइन् । फोनमा उनले आफूलाई झन्डै प्रहरीले पक्राउ गरेको भन्दै घटनाबारे आफूलाई केही जानकारी नभएकोजस्तो देखाउन खोजेका थिए । जब कि एसिड आक्रमणपछि फैयाजलाई आफैले मोटरसाइकलमा राखेर गार्मेन्टमा लगेका थिए ।

उनको कुराको शैलीबाट नै प्रहरीलाई शंका लागेको थियो । साथै युवतीको कल डिटेल हेर्दा उनलाई बारम्बार फोन गरेको थाहा पाएपछि शंकाको सुई आलममाथि नै मोडियो । प्रहरीले उनलाई नियन्त्रणमा लियो ।

मोबाइल चेक गर्दा उनले ‘कल लग’ डिलेट गरिसकेका थिए । त्यसका आधारमा थप सोधपुछ गर्दा उनले अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ । अर्काेतर्फ एसिड हान्ने उनका कामदारको हातमा समेत एसिडले असर गरेकाले केही घण्टामै प्रहरीले घटना सुल्झाएको हो ।

पवित्राकी दिदी उनको गार्मेन्टमा काम गर्ने भएकाले उनीहरूको चिनजान भएको थियो । पवित्राले पनि उनको गार्मेन्टमा करिब एक महिना काम गरेकी थिइन् । गार्मेन्टको काम छाडेर अर्को काम गर्न थालेकी पवित्राले आलमलाई सामाजिक सञ्जाल फेसबुकमा निरन्तर म्यासेज गर्न थालेपछि ब्लक पनि गरेकी थिइन् ।

फेसबुकमा ब्लक गरेपछि उनले निरन्तर फोन गर्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । युवतीमाथि एसिड आक्रमण गर्ने फैयाजले आलमकै निर्देशमा काम गरेको प्रहरीसँगको बयानमा बताएका छन् । ‘एसिड हो भन्ने थाहा थिएन । मालिकले एसिड नभई रक्सी भनेर छ्याप्न लगाएका थिए,’ युवकले प्रहरीसँग भनेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy