Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

महासंघको चुनाव स्थगित गर्ने निर्णयप्रति ढकाल समूहको आपत्ति

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी साधारणसभा तथा चुनाव स्थगित गर्ने निर्णयप्रति वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्र ढकाल र उनको प्यानलले आपत्ति जनाएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - महासंघका पूर्व अध्यक्षहरू समेतको सहभागितामा बिहीबार बसेको पदाधिकारी बैठकले २६–२७ साउनका लागि तय भएको साधारणसभा स्थगित गर्ने निर्णय गरेको थियो । उक्त निर्णय विधान विपरीत भएको तथा चुनावी दाउपेचका रूपमा गरिएको भन्दै ढकाल समूहले आपत्ति जनाएको हो ।

वरिष्ठ उपाध्यक्षका प्रत्याशी ढकाल र उनको प्यानलका वस्तुगत उपाध्यक्षतर्फका उम्मेदवार उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षका उम्मेदवार गुणनिधि तिवारी, एसोसिएट उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईले शुक्रबार पत्रकार सम्मेलन गर्दै चुनाव स्थगित गर्ने निर्णयमा आपत्ति जनाएका हुन् ।

‘चैतमा गर्नुपर्ने साधारणसभा गर्न नसकेपछि लकडाउनकै बीचमा निर्णय गरेर हामीले साधारणसभा साउन २६ र २७ गतेका लागि तोकेका थियौँ,’ एसोसिएट उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका प्रत्याशी ढकालले भने, ‘हिजो महासंघका पदाधिकारीको आकस्मिक बैठक राखेर साधारणसभालाई अनिश्चित समयसम्मका लागि धकेल्ने काम भयो, त्यसमा हाम्रो आपत्ति छ ।’

समयमै साधारणसभा हुँदा त्यसले नयाँ नेतृत्व दिने र नयाँ नेतृत्वले कोरोनाबाट प्रभावित उद्यम, व्यापारलाई जोगाउन सरकार, नियामक निकायहरूसँग एकीकृत आवाज लैजान सक्ने ढकाले बताए ।

‘अहिले पुरानो नेतृत्व आफ्नो जिम्मेवारीबाट पन्छिने र नयाँ नेतृत्वले जिम्मेवारी लिन नचाहने स्थिति देखियो,’ उनले भने, ‘यसले गर्दा एकातर्फ यो संस्था बेवारिसे हुन सक्ने अवस्था देखियो भने अर्कोतर्फ यसमा आबद्ध लाखौँ उद्योगी, व्यापारी तथा व्यवसायीले अप्ठ्यारो परिस्थितिमा अभिभावकविहीनको अवस्था महसुस गर्नुपर्‍यो ।’

महासंघका वस्तुगत उपाध्यक्ष श्रेष्ठले करिब ५० प्रतिशत पदाधिकारीको असहमतिका बाबजुद चुनाव स्थगित गर्ने निर्णय गरिएको भन्दै आपत्ति जनाए । अर्को समूहले चुनावमा हार्ने देखिएपछि पदाधिकारी बहुमतका आधारमा चुनाव सारेको श्रेष्ठको आरोप छ ।

कार्यसमितिको बैठकबाट निर्धारण गरेको साधारणसभाको मितिलाई पदाधिकारी बैठकले स्थगित गर्नु उचित नभएको ढकालले बताए ।

‘हामीसँग फेरि कार्यसमिति बैठक बोलाउन प्रशस्त समय थियो, तर कार्यसमितिको अधिकारलाई हामीले कुल्चिने काम गर्‍यौँ, जुन अत्यन्तै दुःखद कुरा हो,’ उनले भने, ‘यसले महासंघमा गलत प्रवृत्तिको विकास भएको छ ।’ साधारणसभा स्थगित गरेर अर्को मिति तय समेत नगरिँदा यसले कानुनी मात्र नभई महासंघको नैतिक र सामाजिक जग समेत कमजोर बनाएको ढकालले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending