काठमाडाैँ । हिन्दु धर्मावलम्बीहरूले आज साउन शुक्ल पञ्चमीका दिन सबेरै उठेर स्नान गरी दिप ,कलश ,गणेशको पुजा गरी नागस्थानमा दूध, दुबो, जल चढाउनुको साथै घरको मूल प्रवेशद्वारमाथी गार्इको गोबरले नागको फोटो टासेर नाग पञ्चमी मनाइँदै छ ।
अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कोटक, शङ्ख, पद्म, महापद्म गरी ८ नागको विशेष महत्व रहेको कुरा शास्त्रमा वर्णन गरिएको पाइन्छ । यी सम्पु्र्णको लागि आजकै दिन पूजा अर्चना गरिन्छ ।
यसरी दैलोमा टासिएको नागको तस्विरले घरमा जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने अनि देशमा सुख शान्ति एवं समृद्धिको वर्षा हुन्छ भन्ने धार्मिक आस्था छ ।
वैधिककालदेखि नै नागको पूजा गर्ने प्रचलन रहेको पाइन्छ । एक किंवदन्तीअनुसार कुनै समयमा एक किसानका दुई छोरा र एउटी छोरीसहितको परिवार थियो । उनले एक दिन खेतमा खनजोत गर्दा नागका तीनवटा बच्चा मरेछन् । आफ्ना बच्चा मरेका कारण नाग रिसाई सम्पूर्ण परिवारलाई डस्दा सबैको मृत्यु भएछ । त्यस क्रममा किसानको छोरी छिमेकीको घरमा भएकाले बाँचिछन् । भोलिपल्ट किसानको छोरीलाई डस्न जाँदा उनले नागको पूजा गरी दूध चढाइछन् । पूजाबाट नाग प्रसन्न भएर किसानका सबै परिवारलाई बचाइदिएछन् । त्यसै दिनदेखि नाग पञ्चमी पर्व मनाउन थालिएको हो ।
भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले नागलाई शिव र विष्णुका रूपमा पनि पूजा गर्ने गरिन्छ । आजको दिन नागसंग ब्रह्माको संवाद भएकाले यो दिनलार्इ प्रसिद्ध मानिन्छ । घरको जगमुनि बसेका नाग रिसाइ गएमा जग नै भत्कन्छ र पानीको अभाव हुन्छ भन्ने भयको कारण नागलार्इ खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । नाग पञ्चमीका दिन देखी वर्षा सकेर हिउँद ऋतु सुरू हुन्छ ।
नागपञ्चमीका अवसरमा काठमाडौं नक्सालको नागपोखरी, कर्कोटक नागको वासस्थानका रूपमा परिचित काठमाडौंकै टौदह, ललितपुर धापाखेलको नागदह, भक्तपुरको सिद्धपोखरी, पनौती ,चाँगुनारायण नगरपालिका-८, कलमसीस्थित कल्पेश्वर नागमा लगायत मन्दिरहरूमा विषेश रूपमा पूजाअर्चना गरिने हुदाँ भक्तजन पुग्ने गर्दछन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: