काठमाडौं । वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले हरियो तरकारीको मूल्य सात दिनमै दोब्बर बढाएका छन् ।
आजको राजधानी दैनिकमा खबर छ - किसानबाट प्रतिकिलो १५/२० रुपैयाँमा किनिएको तरकारी बिचौलियाले ६० देखि ७० रुपैयाँमा बिक्री गर्दै आएका छन् ।
बिचौलियाले बर्सेनि वर्षा र बाढीको बहानामा हरियो तरकारीको मूल्य दोब्बर बढाएर उपभोक्तालाई ठग्दै आएका छन् ।
केन्द्र सरकार र स्थानीय तहबाट बजार अनुगमन नहुँदा बिचौलियाले बर्सेनि बाढीपहिरोको बहानामा हरियो तरकारीको मूल्य दोब्बर-तेब्बर बढाएर उपभोक्ता ठग्दै आएको राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले बताए ।
उनले भने, ‘साता दिनदेखि पानी परेको भए पनि काठमाडौं उपत्यका आउने तरकारी रोकिएको छैन । निरन्तर बजारमा हरियो तरकारी आइरहेको छ ।
बाढीपहिरोले बाटो बन्द भएको छैन । पानी पर्नासाथ एक्कासि बजारमा तरकारीको मूल्य दोब्बर-तेब्बर भएको छ । यो बाढीको बहानामा बिचौलियाले खेलेको खेल हो ।’
उनका अनुसार बिचौलियाले आलु प्रतिकिलो २० रुपैयाँमा ल्याएर उपभोक्तालाई ६० देखि ७० मा बिक्री गरिरहेका छन् । उपभोक्ताले प्रतिकिलो ८० देखि ९० रुपैयाँमा बोडी किन्छन् । तर, उनीहरूले किसानबाट प्रतिकिलो १५ रुपैयाँमा बढी खरिद गर्छन् ।
बिचौलियाले १५ रुपैयाँमा किनिएको काँक्रो ६०/७० रुपैयाँमा बिक्री गरिरहेका छन् । वर्षा र बाढीको बहाना बनाएर हरियो तरकारीमा प्रतिकिलो ४० देखि ५० रुपैयाँ बढी मूल्य लिइएको महर्जनले बताए ।
सरकारले बजारमा अनुगमन नगर्दा बिचौलियाको हावी बढेको उनको भनाइ छ । उनले भने, ‘बिचौलिया कम गर्न सरकारले मूल स्रोतमै अनुगमन गर्नुपर्छ । किसान र बजार तहको मूल्य निर्धारण गर्नुपर्छ ।’
कालिमाटी तरकारी तथा फलफूल थोक बजार संघका अध्यक्ष भरत खतिवडाले अविरल वर्षाका कारण उपत्यकामा हरियो तरकारीको मूल्य बढेको बताए । विभिन्न ठाउँमा बाढीपहिरो आउँदा काठमाडौं उपत्यका आउने तरकारीको आपूर्ति कम भएको उनले बताए ।
बजारमा आपूर्ति कम हुँदा तरकारीको मूल्य बढ्नु स्वाभाविक भएको खतिवडाको भनाइ छ । उनका अनुसार उपभोक्ताले सहज मूल्यमा तरकारी पाउन काठमाडौं उपत्यकामा दैनिक १३ सय मेट्रिक टन आउनुपर्छ ।
खतिवडाले भने, ‘अहिले विभिन्न ठाउँमा पानी परिरहेकाले दैनिक ५ सयदेखि ६ सय मेट्रिक टन मात्र हरियो तरकारी आउँछ । तरकारीको आपूर्ति नै कम हुँदा उपत्यकामा पछिल्लो साता तरकारीको मूल्य बढेको हो ।’
वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अविरल वर्षाका कारण हरियो तरकारीको मूल्य बढेको बताए ।
उनले भने, ‘कालिमाटी तरकारी बजारमा तरकारीको मूल्य बढेको बारेमा जान्न खोज्दा व्यापारीहरूले वर्षाका कारण नै मूल्य बढेको बताएका छन् । बिचौलियाका कारण तरकारीको मूल्य बढाइएको पाइएमा हामी कानुनबमोजिम कारबाही गर्छौं ।’
विभागले तरकारीको मूल्यलाई लिएर बजार अनुगमन गर्ने तयारी गरेको महानिर्देशक सुवेदीले बताए । उनले तरकारी बजारमा बिचौलिया भित्रिन नदिनेसमेत बताए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: