Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

‘पुत्र कुपुत्र हुन सक्ला तर माता कहिल्यै कुमाता हुन्नन्’

\"\"

चितवन । युवापुस्ताका चर्चित कथाकार वसन्त पराजुलीको ‘कुमाता’ कथासङ्ग्रह माथि पाठक समीक्षा गरिएको छ । ‘पुत्र कुपुत्र हुन सक्ला तर माता कहिल्यै कुमाता हुन्नन्’ भन्ने कथनलाई कथासङ्ग्रहले भताभुङ्ग बनाउँदै समाजमा विद्यमान विकृति तथा विसङ्गतिलाई मूल केन्द्रमा राखेको छ । सामाजिक यथार्थवादी र महिला यौन मनोविज्ञानका विषय वस्तु समेटिएको सो कथासङ्ग्रह गत फागुन २६ गते पहिलोपटक सार्वजनिक भएको थियो । छोटो अवधिमा दोस्रो संस्करण प्रकाशन भएको छ । मोफशलमा रही दुई दशकदेखि पत्रकारिता गर्दै आएका वरिष्ठ सञ्चारकर्मी पराजुलीका कथासङ्ग्रहलाई भुँडीपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको हो ।

शनिबार यहाँ आयोजित कार्यक्रममा बोल्ने श्रष्टाले कथासङ्ग्रहले समाजमा हुने यौनजन्य विकृतिहरु शसक्त रुपमा उजागर गरेको धारणा व्यक्त गरे । कथासङ्ग्रह भित्रका विभिन्न शीर्षकका दश कथा रहेका छन् । ‘अवैधानिक रुपमा गर्भधारण गरेका कारण कयौँ नवजात शिशुको हत्या गर्न विवश छन् माताहरु’ भन्ने तथ्यलाई सरल, आकर्षण र जीवन्त रुपमा प्रस्तुत गरेको उनीहरुले टिप्पणी गरेका थिए । उनीहरुले पुस्तकले समाजको यथार्थतालाई जीवन्तरुपमा उतार्ने प्रयास गरिएकाले पाठकको रोजाइ वढी रहेको बताए । गरिबी, वैदेशिक रोजगारी, प्रेम, विश्वास, यौन, धोका, जेलजस्ता सन्दर्भ कथाका वरिपरि रहेका छन् । यी कथाले कतिपय समाजमा देखिएका र कतिपय नदेखिएका सत्यलाई पनि उजागर गरेको पाइन्छ ।

वरिष्ठ साहित्यकार तथा चितवन साहित्य परिषद्का पूर्वअध्यक्ष गायत्री श्रेष्ठले नारी प्रेम, करुणा र शक्तिसँगै उग्रचण्डी पनि भएको बताए । “कुमाता कथासङ्ग्रहभित्र रहेका कथाको भाषा नदीजस्तै सलल बगेका छन् । सरल शब्दमा गहन भाव व्यक्त छन् । नारी संवेदनशीलतालाई सुक्ष्म रुपमा केलाइएका छन् । ” उनले भने, “ नेपाली समाजमा नारीहरुले भोगिरहेका समस्याको एउटा दस्ताबेज हो कुमाता ।”

महिला अधिकारकर्मी मीना खरेलले नारी संवेदना र पछिल्लो समय समाजमा देखिएका विकृति विसङ्गतिलाई कथासङग्रहले जीवन्त रुपमा चित्रण गरेको बताए । परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलले कथाहरुमा समावेश भएका आञ्चलिकताले कथा मार्मिक र सुन्दर बनेका छन् भने । समीक्षक तथा विश्लेषक रमेश प्रभातले कथामा विषयवस्तुसँगै साहित्यिक बन्नुपर्ने कुरामा जोड दिए । प्राध्यापक शान्ति शर्मा, कपिल अज्ञात र साहित्यकार केदारनाथ खनाललगायतले कथाभित्र नाटकीय तत्व थप्नुपर्ने सुझाव दिए ।

रामेश्वर पुस्तकालयको आयोजनामा भएको कार्यक्रममा कुमाताका लेखक वसन्त पराजुलीले कुमाताभित्र कथाका सिद्धान्त, मान्यता र दर्शनलाई नपच्छाइएकाले मौलिक बनेको धारणा राखे । पुस्तकालयका अध्यक्ष बालकृष्ण थपलियाले कथासङग्रह कथामा समेटिएका विषयवस्तुले पाठकको मन छुन सफल भएको बताए ।

पत्रकारिता, यसमा पनि इमान्दार पत्रकारका पीडा र समस्यालाई गोताखोरले जस्तै गहिराइमा पुगेर कथासङग्रहले उजागर गरेको छ । नारी संवेदनाका दृष्टिले कुमाता कथासङग्रह सशक्त देखिन्छ । यसका सङग्रहित प्रायः कथाहरुमा नारी संवेदना कुनै न कुनै रुपमा प्रस्तुत भएका छन् । नारीका संवेदना पुरुषले बुझ्न सक्नुपर्छ अन्यथा यसले गम्भीर रुप लिन सक्छ । कुमाता बनाउन विवश बनाउने समाजलाई पुनः एकपटक गम्भीर रुपमा सोच्न बाध्य कथासङग्रहले बनाएको छ यस कथा सङग्रहका कथाहरुले । द्वन्द्वका सहभागी कार्यकर्ताको जीवनचर्या, निकुञ्ज क्षेत्र वरपरका सोझासाझा गाउँलेले भोग्नपरेका पीडा, दलित समस्या, बालसमस्या, चरम गरिबी, पति परदेश भएका पत्नीहरुको मानसिक अवस्था र मनोविज्ञान आदि कथाले चित्रण गरेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy