काठमाडौं । सुनसरीसहित देशका विभिन्न स्थानमा भएका पछिल्ला घटनाका विषयमा सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दलले संयुक्त अपिल जारी गर्ने निर्णय गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सर्वदलीय बैठकपछि यस्तो जानकारी दिएका हुन्।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लिङ्देनले देशमा सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न सबै दलले साझा अपिल गर्ने सहमति भएको बताए।
उनका अनुसार बैठकमा सुनसरी मात्र नभई देशका विभिन्न स्थानमा भइरहेका यस्ता घटनाप्रति गम्भीर चासो व्यक्त गरिएको थियो। “सर्वदलीय बैठकले सुनसरी लगायत देशका विभिन्न ठाउँमा भएका घटनाबारे सामाजिक सद्भाव कायम राख्न सामूहिक अपिल गर्ने निर्णय गरेको छ,” उनले भने।
लिङ्देनले प्रधानमन्त्रीले स्वयं सर्वदलीय बैठक बोलाउनुपर्ने धारणा पनि राखे। उनले सरकारका तर्फबाट कम्तीमा गृहमन्त्री बैठकमा उपस्थित भएर घटनाको वस्तुस्थिति र सरकारले चालेका कदमबारे राजनीतिक दललाई जानकारी गराउनुपर्ने बताए।
उनले आफ्नो पार्टीले यस्ता घटना सुनसरीमा मात्र सीमित नभई अन्य स्थानमा पनि पटक–पटक दोहोरिने गरेको विषय सरकारको ध्यानाकर्षण गराएको जानकारी दिए। विशेषगरी तराई–मधेस क्षेत्रमा हिन्दु धर्मसँग सम्बन्धित चाडपर्व नजिकिँदा यस्ता प्रकृतिका घटना देखिने गरेको भन्दै उनले त्यसको मूल कारण पहिचान गरी दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १३ गते, २०८३ - १३:१३
काठमाडौं । सामाजिक सद्भाव र शान्ति कायम राख्न प्रमुख नौ राजनीतिक दलले प्रदेशदेखि स्थानीय तहसम्म सर्वदलीय तथा सर्वपक्षीय संवाद अघि बढाउने निर्णय गरेका ...
श्रावण १३ गते, २०८३ - १२:५०
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डको छानबिन गर्न गठित सरकारी समिति बुधबार घटनास्थल पुगेको छ। समितिले घटनास्थलको नि...
श्रावण १३ गते, २०८३ - १२:३६
काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले राजनीतिक दललाई प्राप्त मतका आधारमा सार्वजनिक कोषबाट अनुदान उपलब्ध गराउने व्यवस्था गर्न...
श्रावण १३ गते, २०८३ - १२:१०
पर्सा। वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्...
श्रावण १३ गते, २०८३ - १२:०३
नेपालगन्ज। बाँकेको कोहलपुरमा निर्माणाधीन सेप्टिक ट्याङ्कीभित्र फसेर निसास्सिँदा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी ...
श्रावण १३ गते, २०८३ - ११:५३
ढल्केबर। धनुषाको दुर्गम क्षेत्र मानिने गणेशमान चारनाथ नगरपालिका–५ मा पहिलो पटक प्रतिनिधि सभा सदस्य राजकिशोर महतो पुगेको छन्। त्यस क्षेत्रको स्थलगत अवल...
श्रावण १३ गते, २०८३ - ११:३४
कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगन्ज–तौलिहवा हुलाकी सडक खण्डमा ट्रकको ठक्करबाट मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ।...
श्रावण १३ गते, २०८३ - ११:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले सुनसरी घटनापछि मुलुकमा सामाजिक सद्भाव कायम राख्नु अहिलेको सबैभन्दा ठूलो आवश्यक...
श्रावण १३ गते, २०८३ - ११:०४
काठमाडौं । सुनसरीसहित देशका विभिन्न स्थानमा भएका पछिल्ला घटनाका विषयमा सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दलले संयुक्त अपिल जारी गर्ने निर्णय गरेक...
श्रावण १३ गते, २०८३ - १०:५६
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु एक हजारले घटेको छ भने चाँदी रु १...



प्रतिकृया लेख्नुहोस्: