मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङ जाने सडक बाढीपहिराका कारण ठाउँठाउँमा भत्किएपछि यहाँको जनजीवन प्रभावित भएको छ । करिब २० दिनअघि ठाउँठाउँमा सडक अवरुद्ध हुने गरी गएको पहिरो र त्यसयताका विभिन्न खण्डमा बाटो बिग्रने भत्कने क्रम बढेपछि म्याग्दी–जोमसोम क्षेत्रको सडक यातायात पूर्णरुपमा ठप्प भएको छ ।
सडकका कारण आवतजावत रोकिएपछि लामो समयसम्मको बन्दाबन्दीका कारण पोखरामा रोकिएका मुस्ताङका सर्वसाधारण यहीँ रोकिन बाध्य छन् मुस्ताङबाट पोखरा आउनुपर्ने सर्वसाधारण पनि त्यही रोकिनु परेको छ । बाढीपहिरोका कारण म्याग्दीको गलेश्वरदेखि मुस्ताङको लेतेसम्मको सडक ठाउँठाउँमा अवरुद्ध भएको कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरोला सडक खण्ड) का आयोजना प्रमुख अशोक तिवारीले जानकारी दिए । उनका अनुसार अवरुद्ध सडक मर्मतलाई तीव्रताका साथ बढाउँदा पनि करिब एक महिना अवधि लाग्ने देखिएको छ ।
सडक अवरुद्धसँगै डिजेल पेट्रोलको अभाव हुँदा यहाँ सञ्चालित कालीगण्डकी करिडोर आयोजना, विभिन्न पुल निर्माणलगायतका काम प्रभावित भएका छन् । ठाउँ ठाउँमा बिजुलीका खम्बा ढली विद्युत् अवरुद्ध भएपछि १३.६ मेगावाट क्षमताको थापा खोला जलविद्युत् आयोजनामार्फत विद्युत् आपूर्ति गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिए ।
पोखरा जोमसोम हवाई उडानसमेत सञ्चालनमा आइनसकेको अवस्थामा पोखरामा अलपत्र परेका सर्वसाधारणलाई लक्षित प्रदेशसभा सदस्य इन्द्रधारा विष्टको पहलमा चाट्र्ड उडानको तयारी गरिएको छ । अवरुद्ध सडक चाँडौ खुलाउनका लागि सङ्घ सरकार समक्ष आवश्यक पहल भइरहेको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले जानकारी दिए । उनका अनुसार म्याग्दीको तातोपानीदेखि मुस्ताङको लेतेसम्मको जमिन कमजोर भएका कारण पटक–पटक समस्या आउने गरेको छ । यसको दीर्घकालीन समाधानका लागि भौगर्भिक अध्ययन गरी विकल्प खोज्नुपर्ने देखिएको उनले बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: