Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

डारफरमा जारी हिंसामा परी ६० जनाको ज्यान गयो

खार्तोम । सुडानको पश्चिमी डारफर क्षेत्रमा भएको हिंसामा परी कम्तीमा पनि ६० जनाको ज्यान गएको छ । उक्त हिंसामा परी अरु ६० जना जति नराम्ररी घाइते भएका संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले जानकारी दिएका छन् ।

पश्चिमी डारफरको मास्तेरी भन्ने गाउँमा करिब ५०० को संख्यामा आएका सशस्त्र हतियारधारीहरुले आक्रमण गरेका थिए । सो हिंसामा परी कम्तीमा पनि ६० जनाको ज्यान गएको छ भने अरु ६० जना नराम्ररी घाइते भएका छन् ।

उक्त क्षेत्रमा शनिबार अपराह्न सो हिंसा भएको राष्ट्रसंघीय सुरक्षा अधिकारीका साथै अधिकारवादी संस्थाहरुले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । उक्त क्षेत्रमा विगत लामो समयदेखि हिंसा भइरहेको भन्दै यसलाई पछिल्लो समयमा भएको एक ठूलो हिंसाका रुपमा लिइएको छ ।

उक्त मस्तेरी गाउँमा घरहरु भत्काइएका र जलाइएका छन् भने अरु पनि कैयाँै पूर्वाधारहरु नष्ट भएका पनि बताइएको छ । पश्चिम डारफरको सरकारी समाचार समिति सुनाले सो समाचार दिएको छ । सुनाले उक्त गाउँका विभिन्न जातीय समूहबीच सो हिंसा भएको बताएको छ ।

विभिन्न जातीय समूहरुका आ–आफ्ना सशस्त्र विद्रोही समूहहरु रहेका र उनीहरु एक आपसमा भिडन्त पनि गरेका सो समाचार समितिको समाचारमा उल्लेख गरिएको छ । यसअघि पनि हिंसा भएको सो क्षेत्रमा गएको जुलाई १३ मा सुरक्षा संकटकालको घोषणा गरिएको थियो । तर त्यस यता पनि हिंसा भने रोकिएको छैन ।

सुडानी प्रधानमन्त्री अब्दुल्लाह हामदकले उक्त क्षेत्रका नागरिकको जीवन रक्षाका लागि सेना पठाउने जानकारी दिए । उनले हाल त्यहाँ खेतीबालीको मौसम रहेकाले यस समयमा हुनसक्ने हिंसा रोक्नका लागि पनि त्यस क्षेत्रमा आवश्यक परेको संख्यामा हामी सुरक्षाकर्मीहरु पठाउने तयारी गरेका छौँ भने ।

पश्चिमी सुडानी क्षेत्र डारफरमा गएको सन् २००३ देखि ठूलो हिंसा मच्चाइएको छ । त्यहाँ जातीय विद्रोही र सुरक्षा अधिकारीहरुका बीचमा त्यस यता देखि नै हिंसा जारी रहेको बताइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy