बाँके । भारतले दशगजामा एकतर्फी बनाएको बाँध कारण बर्सेनी डुबानमा पर्दै आएका महातनियावासी वर्षायाम लागेसँगै बाढीको त्रासमा रातभर जाग्राम बस्न बाध्य छन् । बाँकेको नरैनापुर गाउँपालिका–१ महातनिया गाउँवासी राप्ती नदीमा बाढी आएसँगै रातभरि जाग्राम बस्नुपरेको गुनासो गर्छन् ।
खरले छाएका घरहरु कुनै ओभानो छैनन् । हरेकका घरमा पानी जमेका छन् । त्यहीँ पर भारतले नेपाली भूमि च्यापेर बाँधजस्तो सडक बनाएको छ । त्यहीँ सडक प्रयोग गरेर गाउँलेहरु किनमेल गर्न भारत पुग्छन् । तर बर्खामा त्यही सडकको पानी गाउँमा पुगेर डुबानमा पर्छन् । वर्षायाममा “घर कहिले ओभानो हुँदैन । डुबानमै मर्ने भयौँ”, घर वरिपरि भरिएको पानीले आजित बनेका नरैनापुर गाउँपालिका–१ महातनिया गाउँका शङ्कर धोबीले बताए, “विकास आयो तर गाउँसम्म पुग्न सकेन ।”
“छत हुने छतमा बस्छन्, ओत नहुने घरमै हुन्छौँ”, सीमावर्ती गाउँ घोरदौरिया–४ का शिव धोबीले भने, “घर छोडेर जङ्गल पस्न पनि समस्या छ ।” जङ्गलमा पनि पानी पस्ने गर्छ । पानी आएपछि घोरदौरियामा ३०० घरमा भेल पस्ने गर्दछ ।
नरैनापुर गाउँपालिका–६ समीम अन्सारीले २०७२/७३ मा बाढी आउँदा तीन दिन घरमा पानी भरियो । पानीको निकास थिएन । तीन दिन भोकै बसेको पीडा सुनाए । उनलाई बाढी आयो भने जङ्गलमा पनि बास नपाइएला भन्ने चिन्ता छ । भएको पाँच कट्ठा जमीन राप्ती नदीमा छेउमा छ । हरेक वर्ष कटानले जमीन लगेपछि उनलाई नौ जनाको परिवारलाई हातमुख जोर्न समस्या हुने गर्दछ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: