Khabar Dabali १५ श्रावण २०८३ शुक्रबार | 31st July, 2026 Fri
Investment bank

दुवै शीर्ष पद खाली भएपछि पाल्हीनन्दन गाउँपालिकाले रोज्यो नयाँ कार्यवाहक नेतृत्व

खबरडबली संवाददाता

पश्चिम नवलपरासी । अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि पाल्हीनन्दन गाउँपालिकाले कार्यवाहक नेतृत्व चयन गरेको छ। शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले बहुमतका आधारमा वडा नम्बर ६ का अध्यक्ष कृष्णचन्द्र यादवलाई कार्यवाहक अध्यक्ष तथा कार्यपालिका सदस्य अनामिकादेवी हरिजनलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिएको हो।

यसअघि गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि उनी असार २२ गतेदेखि निलम्बनमा परेका थिए।

यस्तै, उपाध्यक्ष फातुमा खातुन अन्सारी प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध प्रचार गरेको ठहर गर्दै निर्वाचन आयोगले पदमुक्त गरेको थियो। उक्त निर्णयविरुद्ध उनले सर्वोच्च अदालतमा दायर गरेको रिटसमेत खारेज भएपछि उपाध्यक्ष पद पनि रिक्त भएको हो।

गाउँपालिकाका लेखा प्रमुख सञ्जय शर्माका अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (संशोधनसहित) को दफा ११६ बमोजिम कार्यपालिकाको बहुमतबाट कार्यवाहक अध्यक्ष र उपाध्यक्ष चयन गरिएको हो। अध्यक्ष र उपाध्यक्ष दुवै पद खाली भएपछि १४ सदस्यीय कार्यपालिकाको संख्या हाल १२ मा सीमित भएको छ।

ती १२ सदस्यमध्ये तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित सात जना बहुमतमा रहेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका तीन र नेपाली कांग्रेसका दुई सदस्य छन्।

गाउँपालिकाले बैठकको निर्णयमा ‘सर्वसम्मत’ शब्द प्रयोग नगरी ‘बहुमतबाट निर्णय’ भएको उल्लेख गरेको छ। अन्य दलका सदस्यहरूले निर्णय सर्वसम्मत नभई बहुमतबाट भएको तथ्य अभिलेखमा समेट्न आग्रह गरेपछि सोहीअनुसार निर्णय गरिएको जनाइएको छ।

स्थानीय सरकार सञ्चालन ऐनको दफा ११६ ले अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त वा निलम्बनमा परे कार्यपालिकाका सदस्यहरूले आफूमध्येबाट कार्यवाहक अध्यक्ष र कार्यवाहक उपाध्यक्ष चयन गर्न सक्ने व्यवस्था गरेको छ। सोही कानुनी व्यवस्थाअनुसार पाल्हीनन्दन गाउँपालिकाले नयाँ कार्यवाहक नेतृत्व चयन गरेको हो।

कार्यवाहक नेतृत्व चयनसँगै रोकिएका कार्यपालिका बैठक, नीतिगत निर्णय, विकास निर्माणका योजना तथा सेवा प्रवाहका काम पुनः नियमित रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुवै शीर्ष पद खाली भएपछि पाल्हीनन्दन गाउँपालिकाले रोज्यो नयाँ कार्यवाहक नेतृत्व

पश्चिम नवलपरासी । अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि पाल्हीनन्दन गाउँपालिकाले कार्यवाहक नेतृत्व चयन गरेको छ। शुक्रबार बसेको गाउँ कार्यपालिकाको बै...

ग्यासका लागि भिड बढ्यो, ‘कृत्रिम चाप’ भन्दै निगमको सफाइ

काठमाडौँ । देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिएपछि उपभोक्ता ग्यास डिपो र सप्लायर्समा लामो लाइन बस्न बाध्य भएका छन्। एक सिलिन्डर...

प्रदर्शनकारीको मृत्युको असर : गोलबजारका प्रहरी इन्चार्ज फेरिए

काठमाडौँ । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सुदन केसीको काज सरुवा गरिएको...

फैसलापछि बाँकी रहेको सन्नाटा (काल्पनिक कथा)

रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...

राष्ट्रलाई सम्बोधनपछि राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...

हिंसा भड्काउनेमाथि कडा कारबाही हुने प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...

दिनभर सडकमा प्रदर्शनपछि गणेश यादवको शव धरान लगियो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...

तीजमा नाच्न बाध्य बनाउने ‘अक्षरा’को गीत ‘नाचौँ बरिलै’ सार्वजनिक

काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...

कर्फ्युपछि सुनसान जनकपुर, सडकमा प्रहरीको कडा निगरानी

धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...

ग्यास अभाव होइन, सिलिन्डर साट्ने चाप बढेको हो: ग्यास उद्योग संघ

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending