काठमाडौं । आफ्ना विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्धलाई महान् भारतीय भन्दै दिएको अभिव्यक्ति भारतले सच्याएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - भारतीय विदेश मन्त्रालयले आइतबार साँझ जारी गरेको प्रेसनोटमा बुद्धको जन्म नेपालको लुम्बिनीमा भएकोमा कुनै शंका नरहेको स्पष्ट पारेको छ ।
भारतीय विदेशमन्त्री जयशंकरले शनिबार दिल्लीमा भारतीय उद्योग परिसंघ (सिआइआई) द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गौतम बुद्धलाई महात्मा गान्धीसँग जोडेर महान् भारतीय भनेका थिए ।
नेपालको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीको ६ वर्षअघि गौतम बुद्धको जन्म नेपालमा भएको अभिव्यक्ति स्मरण गराउँदै प्रेसनोट जारी गरेलगत्तै भारतले विदेशमन्त्रीको भनाइ बुद्ध दुई देशका साझा सम्पदा भएको अर्थमा आएको प्रस्टीकरण दिएको छ ।
भारतीय विदेश मन्त्रालयले प्रस्टीकरण दिँदै भनेको छ, ‘सिआइआईको कार्यक्रममा विदेशमन्त्रीको अभिव्यक्ति हाम्रा साझा बौद्ध सम्पदाको सन्दर्भमा आएको हो । गौतम बुद्ध नेपालमा रहेको लुम्बिनीमा जन्मेका हुन् भन्नेमा कुनै शंका छैन ।’ तर, जयशंकरले बौद्ध सम्पदा साझा भनेका थिएनन् । उनले ‘गौतम बुद्ध र महात्मा गान्धी भारतीयहरूले मात्र नभएर विश्वले नै मान्ने दुई महान् भारतीय हुन्’ भनेका थिए ।
जयशंकरको अभिव्यक्तिप्रति सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसका शीर्ष नेता तथा कूटनीतिक समुदायले चर्को विरोध गरेपछि परराष्ट्रले ध्यानाकर्षण गराएको थियो ।
‘२०७१ सालमा नेपाल भ्रमणका क्रममा संसद्मा सम्बोधनका क्रममा भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदी आफैले भन्नुभएको थियो कि नेपाल एक यस्तो देश हो जहाँ विश्वमा शान्तिका प्रतीक बुद्धको जन्म भएको थियो,’ परराष्ट्र मन्त्रालयद्वारा जारी प्रेस नोटमा छ ।
भारतका विदेशमन्त्रीद्वारा गौतम बुद्धका सम्बन्धमा दिइएको अभिव्यक्तिबारे सञ्चारमाध्यमहरूद्वारा सोधिएको प्रश्नमा’ भन्दै परराष्ट्रले आइतबार अपराह्न प्रेस नोट जारी गरेको थियो ।
प्रेसनोटमा छ, ‘गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेको विषय ऐतिहासिक तथा पुरातात्विक तथ्यहरूले प्रमाणित गरेको एक स्थापित र निर्विवाद तथ्य हो । बुद्धको जन्मस्थान र बौद्धधर्मको जग लुम्बिनी युनेस्कोको विश्व सम्पदा सूचीमा रहेका स्थानहरूमध्येको एक हो ।’
नेपालले बौद्ध धर्म नेपालपछि विश्वका विभिन्न भागमा फैलिएको सत्यतर्फ पनि ध्यानाकर्षण गरेको छ, ‘यो विषय कुनै विवाद वा शंकाभन्दा बाहिर छ र यो बहसको विषय पनि हुन सक्दैन । सम्पूर्ण अन्तर्राष्ट्रि«य समुदाय यसबारे जानकार छ ।’
जयशंकरले दिएको अभिव्यक्तिप्रति पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्व परराष्ट्रसचिव मधुरमण आचार्यलगायतले विरोध गरेका थिए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: