भक्तपुर । बजारमा व्यापारीले निर्धारण गरेको मूल्यभन्दा ४० प्रतिशत मूल्य वृद्धि गरी पिउने पानीको मूल्य निर्धारण भएको जनाउँदै तत्काल वढेको मूल्य खारेज गर्न उपभोक्ताले सरकारसँग माग गरेका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय माताहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारीसँगको मिलेमतोमा आम उपभोक्तालाई मारमा पर्ने गरीे जारको पानी मूल्य निर्धारण गरेको बताइएको छ । विभागले आगामी भदौ १० गतेदेखि लागू हुने गरी जारको पानीको मूल्य रु ५० र बोतल पानीको अधिकत मूल्य १६ रुपैयाँ निर्धारण गरेकोे छ । पानीको खुद्रा व्यापार गर्दै आउनुभएका सूर्यविनायकका सन्तोष श्रेष्ठले पानीमा दोब्बर मूल्य वृद्धि हुँदा आम उपभोक्ता मारमा परेको बताए । एक जार पानीको रु २० र ढुवानी रु १० गरी रु ३० पर्ने पानी उपभोक्तालाई रु ४० मा बिक्री गर्दै आएकोमा अहिले खुद्रा मूल्य नै रु ५० निर्धारण गरेपछि उपभोक्ता मारमा परेको उनले बताए ।
उनले भने, “पानीको गुणस्तर निर्धारण र कायम गराउन नसक्ने विभागले पानीको मूल्य बढायो । एक साता अघि मात्रै थिमि चारदोबाटो र झौखेलमा गरी चारवटामा फोहोर पानी बिक्री गरेको पाएपनि कारबाही गरेन र व्यापारीको चङ्गुलमा परेर विभागले पानीको मूल्य बढायो ।”
विभागले व्यापारीको स्वार्थअनुसार मिलेमतोमा पानीको मूल्य बढाएको आरोप उपभोक्ताको छ । सरकारी निकायले नै मूल्य बढाएपछि रु ३५ देखि ४० सम्ममा बिक्री गर्दै आएको एक जार पानी अब ५० रुपैयाँमा बिक्री गर्ने बाटो खुलेको छ ।
उद्योगीको स्वार्थमा सरकारले पानीको मूल्य बढाएर उपभोक्तामाथि आर्थिक भार थपेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधब तिमल्सिनाले बताउनुभयो । पानीको गुणस्तरमा ध्यान दिनुपर्नेमा मिलेमतोमा मूल्य बढाएको उनको आरोप लगाए ।
पानीको मूल्य बढाउन नेपाल बोटलर्स वाटर एसोसिएसनमा वकालत गर्दै आएको थियो । पानी व्यवसायीले आफँैले गाडी खरिद गरी ढुवानी संघ नै गठन गरी पानी र ढ्वानीको फरक मूल्य निर्धारण गरी पानी बिक्री गर्दा पनि उपभोक्ताले प्रति जार रु ४० भन्दाबढी तिर्नु पर्दैनथ्यो तर अब उपभोक्ताले रु ५० तिर्नु पर्ने भएको छ ।
राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापाले पानीको मूल्य वृद्धि हुँदा स्वभाविकरुपमा उपभोक्ता मारमा पर्ने बताउनुभयो । उपभोक्ताबाट यसको विरोध आउनु स्वभाविक भएको जनाउँदै सरकारले पानीको गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
अधिकांश पानी उत्पादन गर्ने कम्पनीका पानी गुणस्तरहिन रहेको दाबी गर्दै उहाँले जारको पानी सफा र स्वस्थ्यक प्रद्र्धक छ भनेर ढुक्कसँग पिउने अवस्था नरहेको बताउनुभयो । केहीदिन अघिको अनुगमनमा थिमिको एक पानी उत्पादन गर्ने ठाउँ शौचालयजस्तो फोहोर रहेको र धेरै पानी उत्पादन गर्ने ठाउनै गुणस्तरहिन रहेको उहाँको भनाइ छ । मध्यपुरथिमि शङ्खधर चोकका पानी व्यापारीले पानी लिन आउने उपभोक्ताले विहानैदेखि पानीको मूल्य वृद्धि गरेको भन्दै बिरोध र गुनासो गरेको जनाएका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: