Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

मधेसमा शिक्षा, स्वास्थ्य र कानुनी सहायताबाट जनता वञ्चित छन् : अध्यक्ष यादव

खबरडबली संवाददाता

सप्तरी। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार उपेन्द्र यादवले वर्तमान राज्य व्यवस्था नागरिकलाई मौलिक आधारभूत सेवा प्रदान गर्न असफल भएको बताउनुभएको छ ।

राजविराजमा बुधबार प्रेस मञ्चद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले घरदैलो अभियानका क्रममा शिक्षा, स्वास्थ्य र कानुनी सहायताको अवस्था अत्यन्त दयनीय रहेको प्रत्यक्ष अनुभूति गरेको बताए।

“जनताको घरदैलोमा जाँदा राज्यद्वारा सञ्चालित विद्यालय र अस्पतालहरू लथालिङ्ग अवस्थामा रहेको पाइयो,” उहाँले भने, “अर्को गम्भीर समस्या भनेको सानातिना विषयमा पनि मुद्दा लाग्ने र त्यसको प्रतिरक्षा गर्न नागरिकले ऋण लिएर जग्गाजमिन बेच्नुपर्ने अवस्था सिर्जना हुनु हो ।”

उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी र कानुनी सहायता राज्यको आधारभूत दायित्व भएको उल्लेख गर्दै सरकारको कमजोरीका कारण सर्वसाधारणले गम्भीर समस्या भोग्नुपरेको बताए। नागरिकले यी सेवाका लागि दरिद्र हुनुपर्ने र घरबार बेच्नुपर्ने अवस्था आउनु अत्यन्त दु:खद र चिन्ताजनक रहेको उनको भनाइ थियो ।

देशको आर्थिक अवस्था र राजनीतिक अस्थिरताप्रति कटाक्ष गर्दै अध्यक्ष यादवले उद्योगधन्दा धराशायी भएको र युवा रोजगारीका लागि विदेशिन बाध्य भएको दाबी गरे। बहुदलीय व्यवस्था आएको ३५ वर्ष बितिसक्दा पनि मधेसमा आधारभूत विकास हुन नसकेको उनले आरोप लगाए।

पत्रकार सम्मेलनमार्फत यादवले आगामी निर्वाचनका लागि आफ्ना प्रमुख एजेन्डाहरूसमेत सार्वजनिक गरे । जसमा गुणस्तरीय र नि:शुल्क शिक्षा, सामुदायिक विद्यालयको सुदृढीकरण, प्राविधिक र सीपमूलक शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, सरकारी अस्पतालको स्तरोन्नति, नि:शुल्क कानुनी सहायता, रोजगारी सिर्जना र औद्योगिक पुनरुत्थान रहेका छन् ।

यस्तै सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, संघीयताको सुदृढीकरण र मधेससहित सबै क्षेत्रको समान विकासलाई आफूले प्राथमिकतामा राखेको उनले स्पष्ट पारे । अध्यक्ष यादवले आफ्नो उम्मेदवारी परिवर्तन र जनअधिकारको लडाइँका लागि भएको दाबी गर्दै मतदातासँग समर्थनको अपिल गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पर्वतकी १४ वर्षीया किशोरी ८ दिनदेखि बेपत्ता

पर्वत । जिल्लाको मोदी गाउँपालिका-२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी विगत आठ दिनदेखि बेपत्ता भएकी छन् । गत चैत २९ गते जलजला गाउँपालिका–७ धाइरि...

बर्डफ्लुबाट ५० करोडभन्दा बढी क्षति, किसान एक्लै मारमा

विराटनगर। कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा फैलिएको बर्डफ्लु संक्रमणका कारण पछिल्लो एक महिनामा किसानले ५० करोड रुपियाँभन्दा बढीको प्रत्यक्ष आ...

दुई दिने सार्वजनिक बिदाले तनहुँको मानहुँकोटमा पर्यटकको तेब्बर वृद्धि

तनहुँ। सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेसँगै व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानहुँकोटमा आन्तरिक पर्यटकको चहलपहल उल्ले...

नगरपालिका र गाउँपालिका गाभ्ने प्रक्रिया अघि बढ्यो, सङ्ख्या र सिमाना हेरफेरका लागि मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...

दाजुभाइको मृत्यु घटना प्रकरण: ब्रोइलरको मासुमा सङ्क्रमण भेटिएन

धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...

एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...

कपिलवस्तुको शिवराज अस्पतालमा ३८ लाख रकम गायब

कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ ।  शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...

नवलपुरमा कार र जेसीबी ठोक्किदा एकै परिवारका पाँच जना घाइते

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् ।  झरही खोलाबाट रजहर तर...

एसईईको उत्तरपुस्तिका परीक्षण पछि पुग्यो भक्तपुर

लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending