Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

कोरोनाले खुम्चियो बोर्डको बजेट, दुई अर्ब विनियोजन गर्ने बोर्डकाे बजेट ८२ करोड मात्रै

काठमाडौं । कोभिड–१९ महामारीका कारण पर्यटकीय गतिविधि ठप्प भई स्रोतको अभावले नेपाल पर्यटन बोर्डको बजेट खुम्चिएको छ । वार्षिक रुपमा झण्डै रु दुई अर्ब बजेट विनियोजन गर्ने बोर्डले चालू आर्थिक वर्ष २०७७/७८ का लागि करीब रु ८२ करोडको बजेट विनियोजन गरेको छ ।

बोर्डको सोमबार बसेको सञ्चालक समितिको बैठकले अध्ययन/अनुसन्धान, ‘डिजिटल मार्केटिङ’ र आन्तरिक पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर चालू आवको बजेट पारित गरेको हो । कोभिड–१९ महामारीका कारण पर्याप्त स्रोतको अभावमा यसपटकको बजेट घट्न गएको बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० डा धनञ्जय रेग्मीले बताए । उनले भने, “अहिलेलाई मुस्किलले रु ८२ करोड विनियोजन गरिएको छ । यसका लागि पनि स्रोत जुट्न हम्मे पर्ने देखिन्छ, कोभिड महामारीको परिस्थिति हेरेर पछि नयाँ कार्यक्रम पनि समावेश हुन सक्छन् ।”

प्रमुख कार्यकारी अधिकृत डा रेग्मीले यस पटकको बजेटमा अध्ययन, अनुसन्धान र डिजिटल मार्केटिङलाई दृष्टिगत गरी बजेट विनियोजन गरिएको बताए । नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनमा केन्द्रित बोर्डको गत आवकोे बजेट रु एक अर्ब ६३ करोड थियो । कोभिड–१९ महामारीका कारण पर्यटक आवागमन ठप्प भई आम्दानीको स्रोतको अभावमा बोर्डको बजेटमा भारी कटौती भएको छ ।

विदेशी पर्यटक आगमनबाट हुने आम्दानी नै बोर्डको मुख्य आर्थिक स्रोत रहेको छ । कोरोना महामारीका कारण पर्यटकीय गतिविधि ठप्प हुँदा स्रोतको अभाव भएकाले बजेट ह्वात्तै घटाइएको बोर्डले जनाएको छ । बोर्डले यस वर्ष पूर्वाधार विकासमा बजेट छुट्याएको छैन । नेपालको छोटो दूरीका मुख्य पर्यटकीय स्रोत बजार भारत र चीनमा पर्यटन प्रवद्र्धनका कामलाई प्राथमिकतमा राखेर बजेट ल्याइएको छ । पर्यटन प्रवद्र्धनमा सबैलाई सँगसँगै समन्वयका साथ अघि बढाउन डिजिटल मार्केटिङको अवधारणालाई प्राथमिकता दिइएको प्रमुख कार्यकारी अधिकृत डा रेग्मीले जानकारी दिए ।

उनले बजेट छोटो तर धेरै उपलब्धि हासिल गर्ने योजनाका साथ ल्याइएकाले बोर्डका अघिल्ला बजेटभन्दा यस पटकको बजेट निकै प्रगतिशील भएको दाबी गरे । यस पटकको बजेटले आन्तरिक पर्यटन प्रवद्र्धनलाई पनि विशेष जोड दिएकाले कोभिडपछिको पर्यटनलाई रिभाइवमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

बोर्डले गरेको एक अध्ययनअनुसार बन्दाबन्दीको चार महिनाको अवधिमा मुलुकको पर्यटन तथा हवाई क्षेत्रले रु ३७ अर्ब गुमाएको छ । यस क्षेत्रमा आबद्ध लाखौँ मजदूर तथा कर्मचारीले रोजगारी गुमाउनु परेको छ । पर्यटकीय गतिविधि सम्पूर्ण बन्द भएको तथा बोर्डसँग नगद मौज्दातसमेत कम भएकाले आगामी वर्षको बजेटको आकार सानो भएको बोर्डका सञ्चालक समिति सदस्य तथा बजेट समितिका संयोजक अवधेशकुमार दासले बताए ।

बोर्डको प्रमुख आर्थिक स्रोत ट्रेकिङमा जाने पर्यटकबाट उठ्ने रकम तथा पर्यटकबाट लिइने टुरिज्म सर्भिस फी ९टिएसएफ० बाट आउने रकम हो । अहिले पर्यटक आगमन बन्द हुँदा यी दुवै आय प्रभावित भएका छन् । स्रोत नै नभएको अवस्थामा मितव्ययी भई बजेट निर्माण गरिएको संयोजक दासले बताउनुभयो । पर्यटन बोर्डले कोरोनापछि सन् २०२० मा करीब दुई लाख पर्यटक आगमन हुने अपेक्षासहित करीब रु २४ करोड त्यसबाट आम्दानी हुने प्रक्षेपण गरेको छ ।

यस्तै बोर्ड र टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० को संयुक्त खातामा रहेको पदयात्री सूचना व्यवस्थापन प्रणाली ९टिम्स० बापतको रु १५ करोड, नेपाल भ्रमण वर्षका लागि मन्त्रालयबाट प्राप्त हुने रु छ करोड एअर एसियाबाट प्राप्त हुनुपर्ने रु पाँच करोड, युएनडिपीबाट प्राप्त हुने करीब डेढ करोड रुपैयाँ र अन्य सञ्चित कोषको रकमबाट बजेट निर्माण गरिएको बोर्ड सदस्य दासले बताए ।

बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले कोभिड–१९ पछिको पर्यटन पुनरोत्थानका लागि तीन विषय गन्तव्य सुरक्षित छन् भनेर सन्देश प्रवाह गर्न, पर्यटकीय सेवामा प्रोत्साहनका कार्यक्रम र नेपाल केका लागि आकर्षण भन्ने स्टोरी क्रियसन गरी प्रवद्र्धन गर्ने गरी बजेटको कार्यान्वयन गरिनुपर्ने उल्लेख गरे।

उनले कोरोनाका कारण पर्यटन क्षेत्रमा ठूलो लगानी जोखिममा रहेकाले सम्भावित जोखिम कम गर्दै छिटो पर्यटन पुनरोत्थानका लागि रणनीतिक योजनाका साथ अघि बढ्न जरुरी भएको बताए । कोरोनाका कारण बोर्डको आम्दानी प्रभावित भएकाले थोरै बजेटबाट नगरी नहुने कामबाहेक अन्य सबै कार्यक्रमको बजेट कटौती गरिएको बोर्डले जनाएको छ ।

यस्तै बिबिसी, सिएनएन जस्ता विदेशी मिडियामा प्रचारप्रसारका लागि बोर्डले बजेट व्यवस्था गरेको छ । कोरोनाका कारण पहिले जस्तो प्रवद्र्धनात्मक कार्यक्रम गर्न सम्भव नहुने भएकाले प्रविधिको प्रयोग गरी पर्यटन प्रवद्र्धन गरिनेछ । पर्यटनबाट रोजगारी गुमाएका केहीका लागि अल्पकालीन रोजगारी सिर्जना गर्नेलगायत कार्यक्रम बजेटले समेटेको छ । यसका लागि टिम्सअन्तर्गतको कल्याणकारी कोषको करीब रु दुई करोड रकमबाट पर्यटन, श्रमिकलाई व्याज अनुदान दिइने, आन्तरिक पर्यटन प्रवद्र्धनका लागि डिजिटल तथा अनलाइन प्रचारप्रसार जस्ता कार्य गरिने जनाइएको छ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE