Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

गोंगबु प्रकरणको नालीबेली : फेसबुकबाट गासिएको अवैध सम्बन्धले निम्त्याएको हत्या

स्थानीय गोङ्गबुस्थित एक होटलमा बस्दै आएका एक जनाको हत्या गरी टाउकोविनाको शव सुटकेसमा हालेर फालेको अभियोगमा आमाछोरीलाई आज प्रहरीले सार्वजनिक गरेको छ । रोल्पा रुन्टीगढी गाउँपालिका–७ का ४५ वर्षीय कृष्णबहादुर बोहराको हत्या गरेको अभियोगमा टोखा नगरपालिका–१० नवज्योति मार्ग बस्ने चितवन कालिका नगरपालिका–की ३७ वर्षीया कल्पना मुडभरी ९पौडेल० र निजकी १५ वर्षीया छोरीलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

टोखा–१० गोङ्गबु नवज्योति मार्गमा आइतबार बिहान सुटकेसभित्र टाउकोविनाको शव र सुटकेस भेटिएको स्थानभन्दा केही पर टाउको र खुट्टा पोको पारेर फालिएको अवस्थामा भेटिएको थियो । उक्त घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंँ र महानगरीय अपराध महाशाखाबाट संयुक्त रुपमा खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा हत्यामा संलग्न मुडभरीलाई कालिका –९ शक्तिखोरस्थित माइतीघरबाट सोमबार पक्राउ गरेको थियो ।

घटनास्थलबाट धारिलो हतियार, हथौडा, पञ्जा, म्याट्रेसको टुक्रा, सल, सुटकेशको ह्याण्डल, डोरी, मृतकका कपडा, स्लिपिङ ट्याब्लेटको खोल र मोबाइल थान प्रहरीले बरामद गरेको छ । बोहरा आठ महिनादेखि होटलमा बस्दै आएको, बोहरा र अभियुक्तबीच करीब चार वर्षदेखि फेसबुकमार्फत चिनचान भई सम्पर्कमा रहेको, उनीहरुको बेलाबेलामा कल्पनाको कोठामा भेट हुने गरेको, बोहराले अभियुक्तको तस्वीर राखेर फेक फेसबुक आइडी खोली चलाउने गरेको, आफूअनुकूल चलाउनका लागि दवाव दिने गरेको, बोहरा घटनाको दिन होटेलबाट बा ७२ प ५६४४ नम्बरको स्कुटरमा कल्पनाको कोठामा गएको, कल्पनाले उनलाई दही, चिउरा, मासु र भोड्का खान दिएकामा दहीमा निद्राको पाँच औषधिसमेत मिसाइदिएको तथा ती खानेकुरा खाएपछि बोहरालाई लठ्ठिएर सुतेका बेला हथौडाले प्रहार गरी सलले घाँटी कसेको र मरेको यकिन भएपछि धारिलो हतियारले टाउको र खुट्टा छिनाई सुटकेस र झोलामा राखेर अभियुक्तले फालेको प्रहरीले बताएको छ ।

शवका टुक्रा फालेर अभियुक्त चितवन जाने एम्बुलेन्समा आइतबारै बेलुका माइतीघर चितवन गएको प्रहरीले जनाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE