तनहुँ । लागुऔषध मुद्दाका फरार एक युवकलाई बिहीबार जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ ।जिल्लाको व्यास नगरपालिका १ भादगाउँ विज्ञानचौर बस्ने २५ वर्षीय सञ्जय घर्तीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालतले विसं २०६९ जेठ १६ मा गरेको फैसलाले आठ दिन कैद र रु चार हजार जरिवाना तिर्न बाँकी रही फरार रहेका उनलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको हो । कैद र जरिवाना तिर्न बाँकी रहेका निज घर्तीको खोजतलास गर्ने क्रममा सम्बन्धित घर बतनमा नै लुकीछिपी बस्दै गरेको अवस्थामा फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।
अदालतसमक्ष पेश गरेकोमा बाँकी रहेको कैद भुक्तानको लागि कारागार कार्यालय कास्की पठाएको उनले बताए । त्यसैगरी माक्स प्रयोग नगरी हिँड्ने एक हजार ४७ जनालाई कारवाही गर्दा रु एक लाख चार हजार ७०० राजस्व सङ्कलन भएको छ । हाल विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसविरुद्धको जनचेतना फैलाउँदै रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारको निर्देशनबमोजिम यस जिल्लामा पनि सचेतना कार्य थालिएको छ ।
पछिल्लो समयमा उक्त कोरोना भाइरस अनपेक्षितरुपमा फैलिँदै आएकाले त्यसको प्रत्यक्ष असर समाजमा देखा परेको अवस्थालाई मध्यनजर गर्दै माक्सको प्रयोगमा कडाइ गरिएको प्रहरीले जनाएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: