काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र झण्डै ८ सय जनामा कोरोना सङ्क्रमण देखिएको छ । त्यस्तै, हालसम्म ४ जनाको निधन हुनुका साथै १ हजार ५ सय ५४ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ ।
आजको गोरखापत्र दैनिकमा खबर छ - हालसम्म महानगरका ३३ वडामध्ये वडा २ मा मात्रै कोरोना सङ्क्रमित भेटिएका छैनन् । कन्ट्याक्ट ट्रेसिङ गरिएकामध्ये ५८ जनामा सङ्क्रमण पाइएको छ । महानगरपालिकाले २९ साउनसम्म कोरोना परीक्षणको नतिजा आएको र त्यसपछि गरिएका परीक्षणका लागि पठाइएका व्यक्तिहरूको नतिजा आउनै बाँकी रहेको जनाएको छ ।
जनस्वास्थ्य महाशाखाका वरिष्ठ कविराज निरीक्षक ज्ञानबहादुर ओली भन्छन्, ‘यो सङ्ख्यामा केही तलमाथि हुन्छ । किनभने ठूला अस्पतालको विवरण महानगरमा आएको छैन, ती अस्पतालले पनि महानगरमा बसोबास गर्नेहरूको परीक्षण र उपचार गर्नुभएको छ ।’
उनका अनुसार सर्वोच्च अदालत, नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका कार्यालयमा परीक्षण गरिएको छ । यसरी गरिएका परीक्षणमध्ये केहीको सङ्ख्या महानगरलाई उपलब्ध गराइएको छ भने केहीको सङ्ख्या प्राप्त हुन सकेको छैन । जसले गर्दा सङ्ख्यामा केही परिवर्तन हुनसक्छ ।
सङ्क्रमण बढ्दो दरमा रहेकाले पनि सङ्ख्या क्षणभरमै तलमाथि हुनसक्ने बताउँदै ओलीले भने, ‘२९ साउनसम्म महानगरमा भएका सङ्क्रमितको हाराहारी सङ्ख्या मात्र भन्नसक्ने अवस्थामा छौँ, २२० व्यक्ति घरमै आइसोलेसनमा छन्, स्वास्थ्य जटिलता बढ्दै गए उहाँहरू अस्पताल जानुहुन्छ ।’
प्राप्त विवरणअनुसार सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या वडा नं. ४ मा देखिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गरिएको परीक्षणबाट आएका सङ्क्रमित यही वडामा जोडिएकाले यस वडामा सङ्क्रमितको सङ्ख्या धेरै देखिएको हो । वडा नं. २ मा अहिलेसम्म कोही पनि सङ्क्रमित भेटिएका छैनन् ।
सो वडाका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ भन्छन्, ‘वडामा प्रचारप्रसार गरेका छौँ, सुक्खा खोकी लाग्ने, हनहनी ज्वरो आउनेले खबर गर्नोस् भनेका छौँ, अहिलेसम्म कोही पनि मलाई यस्तो भयो भनेर वडामा आउनुभएको पनि छैन, अन्य व्यक्तिले जँचाएर सङ्क्रमण भएको पनि थाहा छैन ।’
वरिष्ठ कविराज निरीक्षक ओलीका अनुसार महानगरमा वडा नं. १ बाट ३७, वडा नं. ३ बाट प्रहरी अस्पतालबाहेक ३४ जना सङ्क्रमितको सङ्ख्या दर्ता भएको छ । यस्तै वडा नं. ४ बाट अख्तियारसहित ६१, वडा नं. ५ बाट १७, वडा नं. ६ बाट १५, वडा नं. ७ र ८ बाट क्रमशः १०/१० जना सङ्क्रमित देखिएका छन् ।
यसैगरी, वडा नं. ९ मा ५, वडा नं. १० मा ३८, वडा नं. ११ मा १९, वडा नं. १२ मा १२, वडा नं. १३ मा ३३, वडा नं. १४ मा ५६, वडा नं. १५ मा १३, वडा नं. १६ मा ४६, वडा नं. १७ मा १४ जना सङ्क्रमित देखिएका छन् ।
यस्तै, वडा नं. १८, १९, २० र २१ मा एक/दुई जना देखिएका छन् भने वडा नं. २२ मा ४ जना देखिएका छन् । वडा नं. २३ मा १०, वडा नं. २४ मा २५, वडा नं. २६ मा १७, वडा नं. २७ मा ३४, वडा नं. २८ मा २७, वडा नं. २९ मा ३०, वडा नं. ३० मा १४, वडा नं. ३१ मा २८ र वडा नं. ३२ मा ५३ जना सङ्क्रमित देखिएको जानकारी महानगरपालिकाले दिएको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: