एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना मिल्ने साथी र कान्छा भाइ रोबर्टको ७१ वर्षको उमेरमा निधन भएपछि श्रद्धाञ्जली व्यक्त गरेका छन्।
\'म दु:खका साथ भन्छु मेरा भाइ रोबर्टको आज राति मृत्यु भएको छ,\' राष्ट्रपति ट्रम्पले शनिवार एक विज्ञप्ति जारी गर्दै भनेका छन्।
राष्ट्रपति ट्रम्पले भाइको मृत्यु हुनु एक दिन अघि न्यू योर्कस्थित अस्पतालमा भेट्न गएर फर्कँदा सञ्चारकर्मीलाई भनेका थिए, उनलाई गाह्रो भइरहेको छ।\'
रोबर्टको मृत्यु के कारणले भयो भन्ने स्पष्ट छैन। केही अमेरिकी मिडियाले उनी गम्भीर बिरामी भएको बताएका थिए।
उनी मेरा भाइ मात्रै थिएनन्, मेरा मिल्ने साथी पनि थिए, डोनल्ड ट्रम्पले शनिवार जारी गरेको विज्ञप्तिमा जनाएका छन्। उनको सम्झना मेरो मनमा सदैव रहिरहने छ।
राष्ट्रपति ट्रम्पका छोरा एरिकले उनका काकाबारे भनेका छन्, \'अदभूत मान्छे- बलिया र दयालु पनि।\'
उनले ट्विटरमा लेखेका छन्, \'हाम्रो पूरा परिवारले उनलाई सम्झिरहनेछ।\'
रोबर्ट फ्रेड र मेरी एनी ट्रम्पका पाँच जना छोराछोरीमध्ये सबभन्दा कान्छा थिए र डोनल्ड ट्रम्प भन्दा दुई वर्ष कान्छा।
सबभन्दा जेठा फ्रेड जुनियरको सन् १९८१मा निधन भइसकेको छ।
रोबर्ट ट्रम्प पारिवारिक घरजग्गा व्यवसायमै एक उच्च अधिकारीका रूपमा संलग्न थिए। आफ्ना दाजुको विपरीत उनी प्रचार प्रसारमा थिएनन् र न्यू योर्क राज्यमा झन्डै झन्डैअवकाश जस्तै जीवन बिताइरहेका थिए।
उनी हालै उनकी भतिजी मेरी ट्रम्पको राष्ट्रपति ट्रम्पबारेको पुस्तक \'हाउ माइ फ्यामिली क्रिएटेड द वर्ल्ड्स मोस्ट डेन्जरस म्यान\' छाप्नबाट रोक्न अदालत गएका थिए। उनको प्रयत्न सफल भएन।
न्यू योर्क पोस्टका अनुसार रोबर्टले म्यानहटस्थित माउन्स सिनाइ अस्पतालमा गएको जून महिनामा एक हप्ता भन्दा बढी समय आईसीयूमा रहेका थिए।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: