Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

जुम्ली काँचो स्याउ बजारमा

खलङ्गा । जुम्ली काँचो स्याउ यहाँको बजारमा देखिन थालेको छ । जुम्ली स्याउ पूर्ण रुपमा पाक्न १२ प्रतिशत गुलियोपना र ७० प्रतिशत रङ चढिसकेको हुनुपर्छ । जुम्ला जिल्लाका तातोपानी र तिला गाउँपालिकामा उत्पादित स्याउ नपाक्दै बजारसम्म पुगिसकेको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाका अनुसार दुई स्थानीय तहबाट झण्डै ६० टन स्याउ बजारसम्म पुगिसकेको छ । यस पटक व्यापारीले नपाक्दै स्याउ सुर्खेत बजारमा लगेको उनले बताए । उनले भने, “भदौ १० गतेभन्दा तल सिफारिस नदिनका लागि आग्रह गरेका थियौँ । यहाँका स्थानीय तहका वडाध्यक्षले मनपरी रुपमा ढुवानीका लागि सिफारिस दिँदा काँचो स्याउ रोक्न सकिएन जसले जुम्ली स्याउको गुणस्तरीयतामाथि प्रश्नचिन्ह खडा हुन पुग्यो ।”

स्थानीय तहले महत्व बुझ्न नसक्दा बजारमा काँचो स्याउ पुगेको कार्यालय प्रमुख देवकोटाले बताए । हरितालिका नजिकिँदै गरेकाले यहाँका व्यापारी काँचो स्याउ उठाउन हतारिएका हुन् । यस पटक स्याउ उत्पादन निकै कम हुने सम्भावना छ । कृषि कार्यालयले पाँच हजार एक सय मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरेको छ । उत्पादन कमी हुँदा स्याउको महत्व बढ्ने भएकाले स्याउ टिप्न हतारो नगर्न कृषि विकास कार्यालयले आग्रह गरेको छ ।

जिल्लामा गोल्डेन, रोयल, रेड, जोनाथन, स्वीच एमी र चक्लेट जातको स्याउ उत्पादान हुने गरेको छ । पछिल्लो समयमा अष्ट्रेलियाली जातको फुजी स्याउसमेत जिल्लामा खेती गरिएको छ । बन्दाबन्दी र निषेधाज्ञाले पाकेको स्याउ सुर्खेत र नेपालगञ्ज लैजान ठूलो समस्या खडा हुने हो कि भनेर यहाँका स्याउ किसानमा निराशा छाएको तिला गाउँपालिका – १ का स्याउ किसान गोर्ख बस्नेतले बताए । गत वर्ष जिल्लामा १२ हजार मेट्रिक टन स्याउ फलेको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: