Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

आधाभन्दा बढी सवारी दुर्घटना २५–४० वर्षका चालकबाट, तीव्र गति मुख्य कारण

खबरडबली संवाददाता

चितवन । बागमती प्रदेशमा हुने सवारी दुर्घटनामध्ये आधाभन्दा बढी दुर्घटना २५ देखि ४० वर्ष उमेर समूहका चालकबाट हुने गरेको तथ्यांकले देखाएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका अनुसार युवा चालकको तीव्र गति र लापरबाही दुर्घटनाको प्रमुख कारण बनेको छ।

कार्यालयका अनुसार गत आर्थिक वर्ष काठमाडौँ उपत्यकाबाहेक बागमती प्रदेशका १० जिल्लामा भएका एक हजार ९२४ सवारी दुर्घटनामध्ये ५४ प्रतिशत अर्थात् एक हजार ४२९ दुर्घटना २५ देखि ४० वर्ष उमेर समूहका चालकले गराएका छन्।

यस्तै, १६ देखि २५ वर्ष उमेर समूहका चालकबाट ६७९ वटा दुर्घटना भएका छन् भने ४० वर्षभन्दा माथिका चालकको संलग्नतामा पनि उल्लेख्य संख्यामा दुर्घटना भएको कार्यालय प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये २५ वर्षभन्दा माथिका व्यक्तिको संख्या सबैभन्दा बढी छ। तथ्यांकअनुसार उक्त उमेर समूहका २६७ जनाको मृत्यु भएको छ। १६ देखि २५ वर्ष उमेर समूहका ५९, ६ देखि १६ वर्ष उमेर समूहका सात तथा ६ वर्षमुनिका सात जनाले दुर्घटनामा ज्यान गुमाएका छन्। घाइतेको संख्या पनि सोही अनुपातमा रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाका कारणमध्ये तीव्र गति सबैभन्दा प्रमुख देखिएको छ। गत आर्थिक वर्षमा तीव्र गतिका कारण एक हजार ४१ दुर्घटना भएका छन्। त्यसपछि चालकको लापरबाहीका कारण २४०, यात्रुको गल्तीका कारण १५४, मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा ११९, यान्त्रिक गडबडीका कारण १२१ तथा सडकको अवस्थाका कारण १०७ दुर्घटना भएका छन्।

त्यस्तै, जोखिमपूर्ण ओभरटेक गर्दा ७२, खराब मौसमका कारण १०, सवारीमा बढी भार बोकेका कारण आठ तथा अन्य कारणले ३८ दुर्घटना भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।

प्रहरीले विशेषगरी युवा चालकलाई ट्राफिक नियमको पालना गर्न, तीव्र गतिमा सवारी नचलाउन तथा सुरक्षित यात्राका लागि जिम्मेवार बन्न आग्रह गरेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ब्रड पिक दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त, निर्मल पुर्जासहित सबै आरोहीलाई श्रद्धाञ्जली

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा प...

सरकार–हिन्दु सम्राट वार्ता निष्कर्षविहीन, सहमति खोज्न पुनः संवाद हुने

जनकपुरधाम । सरकार र हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनबीच धनुषामा भएको वार्ता तत्काल कुनै सहमतिमा पुग्न सकेन। करिब दुई घण्टासम्म चलेको छलफल...

चुलोमा पेट्रोल हाल्दा आगो भड्कियो, कालीकोटमा दम्पती गम्भीर घाइते

कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ मा खाना पकाउने क्रममा चुलोमा पेट्रोल हालेर आगो बाल्ने प्रयास गर्दा दम्पती गम्भीर घाइते भएका छन्। घाइते दुवै जन...

ब्रड पिकको हिमपहिरोमा निर्मल पुर्जासहित १० आरोहीको मृत्यु पुष्टि, ६ नेपालीले गुमाए ज्यान

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहि...

दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, कशिस र आर्याले पनि जिते अन्तर्राष्ट्रिय उपाधि

काठमाडौं । दीपमाला ढकालले मिस नेपाल २०२६ को प्रतिष्ठित उपाधि जितेकी छन्। ललितपुरस्थित द प्लाजामा शनिबार आयोजित ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि...

वार्तामा हिन्दुत्ववादी संस्थाका १५ माग : छानबिनदेखि ‘हिन्दु राष्ट्र’ पुनःस्थापनासम्मका माग

काठमाडौं । सरकारसँग जारी वार्ताका क्रममा हिन्दुत्ववादी संस्थाहरूले १५ बुँदे मागपत्र प्रस्तुत गरेका छन्। जिल्ला प्रशासन कार्यालय धनुषामा गृहमन्त्री सुध...

पाँच महिनामै सरकारमाथि कुलमानको प्रश्न : ‘हामीलाई धेरै कुर्नु पर्दैन’

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारको स्थायित्वमाथि प्रश्न उठाउँदै पाँच वर्षका लागि बनेको सरकार पाँच महिनामै संकटतर...

३५ लाख पेस्की लिएर ठेकेदार सम्पर्कविहीन, चार वर्षसम्म घटमुना पुलको काम सुरु भएन

बाजुरा । बाजुराको गौमुल गाउँपालिकालाई सदरमुकामसँग जोड्ने महत्त्वपूर्ण घटमुना पुल निर्माण योजना चार वर्षदेखि अलपत्र परेको छ। निर्माण कम्पनीले ३५ लाख रु...

आधाभन्दा बढी सवारी दुर्घटना २५–४० वर्षका चालकबाट, तीव्र गति मुख्य कारण

चितवन । बागमती प्रदेशमा हुने सवारी दुर्घटनामध्ये आधाभन्दा बढी दुर्घटना २५ देखि ४० वर्ष उमेर समूहका चालकबाट हुने गरेको तथ्यांकले देखाएको छ। नेपाल प्रहर...

सुनसरीमा कर्फ्यु हट्यो, संवेदनशील क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन रोक

इनरुवा । सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ८:३० बजेदेखि कर्फ्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending