Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

यसकारण अस्पतालबाट फैलिदै कोरोनाको सङ्क्रमण

भक्तपुर । धुलिखेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर फर्किएकी भक्तपुरकी एक महिलालाई कोरोना सङ्क्रमण भयो । निषेधाज्ञा जारी हुनुभन्दा केही दिन अगाडि धुलिखेल अस्पताल पुगेर आएकी उनी त्यसबाहेक कतै गएकी छैनन् ।

धुलिखेल अस्पतालका विरामी, नर्स, डेन्टल विभागका कर्मचारी, स्थानीय व्यापारीलाई कोरोना सङ्क्रमण भएपछि अस्पताल सिल गरिएको छ । धुलिखेल अस्पताल आउनेजाने गर्नेहरु धेरै भएकाले यहीँबाट सङ्क्रमण समुदायमा फैलिने त्रास बढेको धुलिखेल अस्पतालमा उपचार गराएर फर्किएको कोटेश्वर निवासी एक सङ्क्रमित बताउछन् ।

अस्पताल व्यवस्थापनको लापर्वाहीले धुलिखेल अस्पतालबाट मात्रै विभिन्न जिल्लामा सङ्क्रमण फैलिएको आशङ्का गरिएको छ । कोभिड र कोभिड नभएका बिरामीको एउटै अस्पतालमा उपचार गर्दा र अस्पतालले व्यवस्थापन राम्रोसँग नगर्दा अस्पतालबाटै सङ्क्रमण फैलिने त्रास भएको कर्मचारी नै बताउँछन् । धुलिखेल अस्पताल अगाडिका एक व्यापारी भन्छन्, “अस्पतालका कर्मचारी पनि यहीँ आएर खान्थे, बिरामी कुरुवा पनि यही आएर खान्थे, अस्पतालले आफ्ना कर्मचारीको सुरक्षामा ध्यान नदिँदा यहाँको समुदायमा कोरोना फैलियो ।”

अस्पतालमा उपचारका लागि साँगाबाट गएका रामनाथ श्रेष्ठका अनुसार अस्पतालमा बाहिर ज्वरो नाप्नेबाहेक अस्पतालले अरु केही गर्न नसकेको गुनासो गर्छन् । अस्पतालमा एक बिरामी एक कुरुवा गर्न नसकेको, अस्पतालका वार्डदेखि दाँतको उपचार गर्ने ठाउँसम्म बिरामीसँग प्रत्यक्ष भेट हुने नर्सहरुले गाउन, मास्क र पञ्जा मात्रै लगाउने तर पिपिई नलगाउने गर्दा एकबाट अर्कोमा सङ्क्रमण फैलिने त्रास बढेको बताउछन् ।

धुलिखेल अस्पतालका विभिन्न विभागका कर्मचारीमा पनि सङ्क्रमण बढ्दै गएको काभ्रे जनस्वास्थ्य कार्यालयले जनाएको छ । स्थानीय हरिशरण कार्कीले बिहान, बेलुका कर्मचारी ओसार्ने धुलिखेल अस्पतालका बस असुरक्षित रहेको गुनासो गर्छन् । सरकारले दुईवटामध्ये एउटा सिटमा एकजना बस्ने भने पनि दुईवटै सिटमा कर्मचारी बस्ने गरेको, काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न ठाउँबाट नर्स, दन्त्य चिकित्सक र अन्य कर्मचारी आउने जाने गरेको बताउदै कार्कीले भन्नुभयो, “अस्पतालका स्टाफ भनेर के गर्नु, कसैको हातमा पनि पञ्जा देखिंदैन, सँगै सिटमा बसेर आएका हुन्छन्, एउटै बस धुलिखेलबाट उपत्यका घुमेर आउँदा कोरोना सङ्क्रमण पक्कै फैलाउँछ, यहाँ अस्पतालबाटै समुदायमा सङ्क्रमण फैलिरहेको छ ।”

सूर्यविनायक नगरपालिका­५ कटुञ्जेमा एकै परिवारका सबैमा कोरोना सङ्क्रमण भेटियो । उनीहरुको यात्रा विवरण भनेको नेपाल­कोरिया मैत्री नगरपालिका अस्पतालमा बिरामी कुर्ने र फर्कने गरेको पाइएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । मध्यपुर अस्पताल र नागरिक अस्पताल गठ्ठाघरमा अन्य रोगको उपचारमा आएका बिरामीमा पनि कोरोना सङ्क्रमण पुष्टी भएको तर अस्पतालले सावधानी नअपनाएको बिरामी एवं कुरुवाको गुनासो छ । भक्तपुरमा अहिलेसम्म ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये सबभन्दा धेरै अस्पतालका बिरामी, बिरामी कुरुवा, बिरामी भेट्न जानेहरु रहेको कार्यालयका प्रमुख कृष्ण मिजार बताउछन् ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले विभिन्न रोगको उपचारका लागि विभिन्न अस्पतालको सम्पर्कमा आएका कति प्रतिशतलाई सङ्क्रमण छ भनेर अनुसन्धान गर्ने बताए । उनी सावधानी नअपनाउँदा अस्पतालबाट पनि सङ्क्रमण फैलिने भएकाले अत्यावश्यक कामबाहेक अस्पताल नजान आग्रह गर्नुहुन्छ । धुलिखेल अस्पताल नमूना मात्रै हो, अन्य अस्पतालको अवस्था पनि उस्तै छ ।

अस्पतालका सवारी साधनमा ओहोरदोहोर गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा नगरेको, अस्पतालका गाडीको बाहिर­भित्र दैनिक डिसइन्फेक्सन नगरेको, अस्पतालको कर्मचारीलाई पिपिईलगायतका अत्यावश्क सुरक्षा सामग्रीको उपलब्धता नगराई काममा लगाउने गर्दा कर्मचारीबाटै पनि घर तथा समुदायमा सङ्क्रमण फैलिएको हुनसक्ने भएकाले सङ्क्रमितको अनुसन्धान आवश्यक रहेको डा होमप्रसाद आचार्य बताउछन् । उनले अस्पताल व्यवस्थापनको लापर्वाहीका कारण पनि सङ्क्रमण फैलिने भएकाले कोरोना सङ्क्रमित र अन्य बिरामीको उपचार गर्ने अस्पताल फरक फरक बनाउनु आवश्यक रहेको डा आचार्यको भनाइ छ ।

सरकारले निजी अस्पताललाई २० प्रतिशत शय्या कोभिडका बिरामीलाई छुट्याउन निर्देशन दिनुभन्दा निश्चित मेडिकल कलेज, अस्पताललाई सरकारले अस्थायी रुपमा नियन्त्रणमा लिई कोभिडका बिरामीको मात्रै उपचार गर्ने अस्पताल बनाउनुपर्ने बताउछन् डा सलिम चौधरी । कोभिडका बिरामी र कोभिड नभएका बिरामीलाई एउटै अस्पतालमा राखेर उपचार गर्नु घातक हुने बताउदै उहाँले सरकारले कोभिड अस्पताल घोषणा गरेर फरक फरक अस्पतालमा उपचार गर्नु पर्ने बताउँदै डा। चौधरीले चीनमा गरिएको उपचारको शैलीबाट नेपालले सिक्नु पर्ने बताउनुहुन्छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending