Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

ट्रम्पलाई भोट दिने अमेरिकी भन्छन्–अब पछुताएर के हुन्छ ?

खबरडबली संवाददाता

काठमाडौं । बेलैमा नसोच्ने, पछि पछुताउने भन्ने उखानलाई अमेरिकीहरूले महसुस गर्दैछन् । त्यहाँका आम मानिसहरूमाथि महँगीको दबाब लगातार बढ्दै गएको छ ।

किराना सामान, पेट्रोल, बिजुली र दैनिक आवश्यकताहरूको मूल्यमा तीव्र वृद्धिले लाखौँ परिवारको बजेट बिगारेको छ । अर्थशास्त्रीहरूको भनाइ छ कि नयाँ अमेरिकी ट्यारिफ र पश्चिम एसियामा जारी युद्धका कारण वैश्विक ऊर्जा मूल्यवृद्धि आकासिएकोले अवस्था थप कठिन बनेको छ ।

विज्ञहरूका अनुसार, जब अमेरिकी परिवारहरूले आर्थिक राहत महसुस गर्न थालेका थिए, त्यही बेला बढ्दो मूल्यहरूले उनीहरूको समस्या फेरि बढाइदिएको छ । यसको असर उपभोक्ता खर्च र आर्थिक विकास दुवैमा पर्न सक्ने बताइएको छ ।

क्यालिफोर्नियाको बब्र्यांककी ६६ वर्षीया वृद्ध महिला क्याटी पेरीले आफू न्यूनतम ज्यालामा सफाइ कर्मचारीको रूपमा काम गर्ने र आफ्नो अटिस्टिक नातिको हेरचाह पनि गर्ने बताइन् । उनले आफूले डोनाल्ड ट्रम्पलाई भोट दिएको बताइन् ।

उनले ट्रम्पलाई भोट दिनुको कारण देशको अवस्था राम्रो बनाउने उनको प्रतिबद्धता रहेको बताइन् । तर, अहिले आफूलाई ठगिएको महसुस गरिरहेको बताइन् । क्याटीका अनुसार, पहिले उनीहरूको मासिक खर्च करिब २३ सय डलर थियो, जबकि उनीहरूको आम्दानी २४ सय डलर थियो ।

अब खर्च बढेर २५ सय डलरभन्दा माथि पुगेको र गुजारा गर्न कठिन भएको छ । उनले आफ्नो परिवार र साथीहरूबाट जति ऋण मिल्न सकिन्थ्यो, त्यति लिइसकेकोले अब भविष्यप्रति चिन्ता बढेको बताइन् ।

क्रिश्चियन डेभिटो एक ३४ वर्षीय कर्मचारी हुन् । उनी लस एन्जेलसको एउटा ठूलो किराना स्टोरको स्वास्थ्य तथा सुरक्षा विभागमा काम गर्छन् । पछिल्ला तीन महिनामा उनीहरूको मासिक बिल कम्तीमा १५ प्रतिशत बढेको उनले बताए । उनले काममा आउने–जाने खर्च ५० डलर प्रति हप्ताबाट बढेर ७० डलरभन्दा माथि पुगेको बताए । खानेकुरा र बिजुलीको बिल पनि तीव्र रूपमा बढेका छन् । पहिले फिल्महरू र अन्य खर्चमा कटौती गरिन्थ्यो, तर अब खानामा पनि खर्च घटाउनुपर्ने अवस्था आएको उनले बताए ।

अमेरिकी सरकारी तथ्यांकअनुसार मार्च महिनामा ऊर्जा मूल्यहरूमा १०.९ प्रतिशत मासिक वृद्धि दर्ज गरिएको छ । यसमा पेट्रोलको मूल्यमा २१.२ प्रतिशतको तीव्र वृद्धि समावेश छ । विज्ञहरूको भनाइमा पेट्रोल महँगो हुँदा दैनिक यात्रा गर्नेहरूलाई तत्काल असर परेको छ भने बिजुली र ग्यासको बढेको बिलले पछि थप दबाब बढाउने गर्छ । यसैगरी खाद्य महँगीको असर सीधा आवश्यक सामानहरूमा पर्छ ।

अमेरिकाको फेडरल रिजर्भले महँगी नियन्त्रण गर्नका लागि ब्याजदरहरू उच्च राखेको छ । यसको असर क्रेडिट कार्ड, अटो लोन र अन्य ऋणहरूको किस्तामा पनि परिरहेको बताइएको छ ।

अर्थशास्त्रीहरूको भनाइमा नयाँ आयात शुल्क अर्थात् ट्यारिफले पनि मूल्य बढाउनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । पिटरसन इन्स्टिच्युट फर इन्टरनेसनल इकोनोमिक्सको अनुमानअनुसार क्यानडा, मेक्सिको र चीनबाट आउने सामानमा लगाइएको शुल्कले एक सामान्य अमेरिकी परिवारमा वार्षिक १२ सय डलरभन्दा बढी अतिरिक्त बोझ पर्न सक्छ ।

इरानसँग जोडिएको युद्धस्थितिका कारण ऊर्जा बजारमा अस्थिरता कायम छ । यसको असर केवल पेट्रोलमा सीमित छैन, बरु ढुवानी, उत्पादन र खाद्य आपूर्ति लागत पनि बढिरहेको छ ।

विज्ञहरूको भनाइमा आगामी महिनाहरूमा महँगीको दिशा ऊर्जा संकट कति समयसम्म कायम रहन्छ र ट्यारिफ बढ्छ कि घटाइन्छ भन्ने कुरामा निर्भर गर्छ । अर्को उपभोक्ता मूल्य सूचकांक (सीपीआई) रिपोर्ट १२ मे मा जारी हुनेछ, जसबाट अप्रिल महिनाको अवस्थाको संकेत मिल्ने बताइएको छ ।

क्याटी पेरीलाई के आशा छ भने चाँडै राम्रो खबर आउनेछ । उनी भन्छिन, “हामी अर्को एक वर्ष यसरी बिताउन सक्दैनौँ ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आङ्देम्बेलाई खड्काको सन्देश: ‘प्रतिपक्षको भूमिकालाई इतिहास बनाउने समय’

काठमाडौं । पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भीष्मराज आङ्देम्बे लाई बधाई दिँदै अबको जिम्मेवारीलाई ‘ऐतिहासिक उचाइ’मा पुर्‍याउन...

ट्रम्पलाई भोट दिने अमेरिकी भन्छन्–अब पछुताएर के हुन्छ ?

काठमाडौं । बेलैमा नसोच्ने, पछि पछुताउने भन्ने उखानलाई अमेरिकीहरूले महसुस गर्दैछन् । त्यहाँका आम मानिसहरूमाथि महँगीको दबाब लगातार बढ्दै गएको छ । किर...

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको...

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका ...

सुनसरीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ मा गए राति दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहे...

यलम्बर सालिक विवाद ‘कूल’ हुँदै: एउटै मिति, एउटै मञ्चमा सहमति नजिक

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी–१४ बुइपामा बनेको ११० फिट अग्लो यलम्बरको सालिकको अनावरणलाई लिएर चुलिएको विवाद अब समाधानतर्फ मोडिएको छ। नगरपालिका र वडा...

ठूलो परिणामको लागूऔषधसहित भक्तपुरबाट युवक नियन्त्रणमा

भक्तपुर । ठूलो परिमाणको अवैध लागूऔषधसहित एक युवकलाई भक्तपुरबाट नियन्त्रणमा लिएको छ । हिजो साँझ सूर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित सडक खण्डमा चेकजा...

शैक्षिकसत्र सुरु, आजदेखि भर्ना, २१ गतेदेखि पढाइ

काठमाडौं । शैक्षिकसत्र २०८३ आजदेखि सुरु भएको छ । पढाइ भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी छ । सरकारले १५ वैशाखदेखि विद्यालय भर्ना र २१ गतेदेखि पठ...

गण्डकीमा ७१ गभर्वती र सुत्केकीको हवाई उद्धार

कास्की । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म प्रदेशका सात जिल्लाका ७१ जना लाभान्वित भएक...

दुई वर्षमा सकिनु पर्ने बागलुङ नगर अस्पताल भवन निर्माणको काम तीन वर्षमा ४५ प्रतिशत

बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ । बागलुङ नगरपालिकाले सो अस्पताला निर्माणलाई गौरवको आयोजनाका रुपमा राखेको छ । भवन निर्म...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending