बैतडी । बैतडीमा शनिबार राजश्व चुहावट नियन्त्रण समितिको बैठक सम्पन्न भएको छ । सीमानाका झुलाघाटमा सम्पन्न बैठकले अवैधरूपमा हुने चोरी निकासी नियन्त्रण गर्ने निर्णय गरेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । उनले भने, “सीमाक्षेत्रमा हुने आपराधिक क्रियाकलाप र राजश्व चुहावट नियन्त्रणबारे छलफल भएको छ ।”
बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा, सहायक प्रमुख जिल्ला अधिकारी नेगी, प्रहरी प्रमुख नारायणप्रसाद अधिकारी, सशस्त्र प्रहरी प्रमुख गणेशबहादुर शाह, महाकाली भन्सार कार्यालय झुलाघाटका प्रमुख सुभाष पौडेललगायतको सहभागिता थियो ।
बैठकमा सीमानाका बन्द रहेका बेला पनि अवैधरूपमा भइरहेको चोरी निकासी नियन्त्रणमा जोड दिइनेबारे छलफल भएको छ । झुलाघाटमा सशस्त्र प्रहरीको बिओपी स्थापनापश्चात अवैध निकासी नियन्त्रण गर्न सहज भएको बताइएको छ । गत चैत ११ गतेदेखि लकडाउन भएकाले सीमानाका पनि बन्द रहेका छन् ।
सीमानाका बन्द रहेका बेला पनि भारतीय सामग्री आयात भइरहेको पाइएको छ । प्रहरी र सशस्त्र प्रहरीले लकडाउनकै बेला पनि अवैध सामग्री बरामद गरिसकेको छ । सीमाक्षेत्रमा हुने आपराधिक क्रियाकलाप रोक्न र राजश्व चुहावट नियन्त्रण गर्न बैठक फलदायी रहेको बताइएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: