दार्चुला । जिल्लाको दुहुँ गाउँपालिका ४ दौलाका ३० वर्षीया धनुसा बमले श्रीमान्को प्रतिक्षा गरेको १७ वर्ष भयो । दुवईको जेलमा १३ वर्षदेखि मृत्युदण्डको सजाय भोगिरहेका श्रीमान् अमर बमको रिहाइ होला र छिट्टै घर फर्केलान भन्ने आशमा उनी छिन् ।
विवाह भएपछि श्रीमान्सँगै समय बिताउने र कोखमा बच्चा समात्ने रहर कसको हुँदैन् र ? सिउँदोमा सिन्दुर पोतिएपछि चोखो प्रेममा परेका धनुसा श्रीमान्को न्यायको पर्खाइमा छिन् । चौध वर्षको कलिलो उमेरमा विवाह बन्धनमा बाँधिएकी धनुसाको श्रीमान् अमर बम भारतको दिल्लीमा ट्याक्सी चाहान्थिन । विहे गरेको सात दिनपछि घर सजाउने सपना बोकेर अमर पुनः भारतको दिल्लीमा कामका लागि भनेर फर्किए । वर्ष दिनमा फर्किने र घरको सपना देखाएका उनका लागि त्यो सपना अझै पूरा हुन सकेन् ।
उनका श्रीमान् १७ वर्षदेखि दुवईको जेलमा मृत्युदण्डको सजाय भोगिरहेका छन् । सन् २००७ मा युएईको अदालतले अमरलाई एक जना भारतीय नागरिकको हत्या आरोपमा मृत्युदण्डको सजाय सुनाएको हो । सन् २००३ सालबाट दुवईको अविरजेलमा जेल जीवन विताइरहेका अमर आफू निर्दोश भएको बताउँदै आएको छ । विगत १७ वर्षदेखि श्रीमान्को बाटो कुरेर बसेका धनुसा एक दिन अवश्य नै श्रीमान् घर फर्किला भन्ने विश्वासमा दिन बिताइरहेकी छन् ।
घरमा ६० वर्षीय ससुरा कर्णबहादुर बम र धनुसा मात्रै छन् । श्रीमान् आउँला भन्ने आशै आशमा धनुसाको उमेर ढल्किदै गएको छ । श्रीमान्को रिहाइका लागि गाउँको घर खेत बेचेर भएपनि काठमाडौँसम्म कयौं पटक पुगेकी छन्् धनुसा । दुई पटक त धनुसा आफ्नो ससुरासँगै काठमाडौँ पुगेर प्रधानमन्त्री र मन्त्रीलाई भेटेर रिहाइको पहल गरिदिन आग्रह गरेकी छन् । हरेक पटक सरकार परिवर्तन हुँदा प्रधानमन्त्री र मन्त्रीलाई भेटेर छोराको रिहाइको लागि अनुरोध गर्दै आएका छन्, अमरका बुवा कर्ण बम । छोराको रिहाइको लागि भन्दै काठमाडौँ आवतजावत गर्दागर्दै ऋणको भारी परेको छ, बम परिवारमा । वम परिवार अझै पनि छोरा निर्दोश रहेको र उसको रिहाइ गरिदिन विभिन्न सरकारी निकायसँग आग्रह गर्दै आएको छ । दार्चुलाको दुर्गम गाउँका ती बम परिवारको आवाज अहिलेसम्म न सरकारले सुन्यो, न त ठोस् पहल नै भयो । धनुसा भन्छिन्, “ज्यान रहेसम्म श्रीमान् आउँला भनेर बाटो कुर्दै बसेकी छु ।”
उति बेला एकजना भारतीय व्यापारी शरद सेठ्ठीको हत्यामा संलग्न रहेको भन्दै दुवईको अदालतले अमर बमसहित दुई भारतीयलाई सन् २००७ मा मृत्युदण्डको सजाय सुनाएको थियो । युएई सरकारले मृत्युदण्ड सजाय सुनाएकै १३ वर्ष भयो । उनीसँगै मृत्युदण्ड सुनाइएका भारतीय नागरीकद्वय मनोज मुदाना र करनसिंह राजपुतले पनि अमर निर्दोष रहेको लिखित बयान दिएपनि अमरको रिहाइका लागि सरकारले ठोस पहल गर्न नसकेको परिवारको आरोप छ । भारतको एक मार्बल कम्पनीमा सन् २००१ देखि कार्यरत बमलाई एक जना भारतीय नागरिकले बीस हजार भारतीय रुपैयाँ तलब दिने लालच देखाई सवारी चालकका रुपमा युएई पुर्याएका थिए ।
युएई पुगेको तेस्रो दिन दुवईस्थित इन्डियन क्लबमा दुई भारतीय नागरिकलाई पुर्याउन गएका अमरलाई बाहिर बस्न लगाएर ती भारतीय नागरिकले क्लबमा गएर एक जना सेट्ठी थर भएका भारतीय नागरिकको हत्या गरेका थिए । त्यहाँको भाषा नजान्दा अमरमाथि हत्या आरोप लागेको हो । गरिब परिवारमा जन्मिएका बम घर परिवारको जोहो चलाउनका लागि नै भारतमा गाडी चलाउन गएका थिए । धनुसा भन्छिन्, “श्रीमान् गएको १७ वर्ष हुँदा पनि म उहाँकै बाटो कुरेर बसेकी छु । घरमा गाइभैसी, खसीबाख्रा पालेकी छु । अझै पनि श्रीमान्को रिहाइका लागि सरकारले पहल गरिदिओस् भन्ने मेरो माग छ ।”
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: