Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

रोजगार गुमाएका युवालाई १० लाखसम्मको सुलभ कर्जाको व्यवस्था

राँझा । कोरोना महामारीका कारण रोजगारी गुमाएर विदेशबाट गाउँ फर्किएका युवालाई उद्यमशीलतामा संलग्न गराउन बाँकेको खजुरा गाउँपालिकाले बिना धितो कर्जाको व्यवस्था गर्ने भएको छ । विदेशबाट फर्किएका युवालाई स्वदेशमै स्वरोजगार बनाउन रु एक लाखदेखि १० लाखसम्मको बिना धितो कर्जाका लागि खजुरा गाउँपालिका जमानी बस्ने भएको छ ।

गाउँपालिकामा प्रत्येक वर्ष सय जना उद्यमी बनाउने लक्ष्यसहित चालु आर्थिक वर्षदेखि शुरु गर्न लागेको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । उनका अनुसार यस सम्बन्धी कार्यविधि तयार भइसकेको छ । कर्जा प्राप्त गर्न कुनै कठिनाइ हुन नदिन गाउँपालिका नै जमानी बसेर सहजीकरण गर्न लागेको हो । यो कार्यका लागि राष्ट्रिय वाणिज्य बैंक र गरिमा विकास बैंकसँग सम्झौताको प्रक्रिया शुरु भएको छ । “यो कार्यक्रमले स्वदेशमै केही गर्न चाहने युवालाई सानो ऋणका लागि महिनौ धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ”, अध्यक्ष कक्षपतिले भने, “खासगरी घरेलु तथा साना उद्योग र कृषि कर्म गर्न चाहने युवाहरु यो कार्यक्रमबाट लाभान्वित हुनेछन् ।”

औद्योगिक ग्रामको सूचीमा परेसँगै खजुरा गाउँपालिकामा निजी क्षेत्रको आकर्षणसमेत बढ्दै गएको छ । स्थानीय सीप, कच्चा पदार्थको प्रयोग गरी सञ्चालन हुने उद्योगलाई प्रोत्साहन गर्नका लागि मन्त्रिपरिषद बैठकले औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेअनुसार, बाँकेमा खजुरा गाउँपालिका परेको अध्यक्ष कक्षपतिले बताए ।

गत आर्थिक वर्ष २०७६/७७ मा औद्योगिक ग्राम निर्माणका लागि खजुरा गाउँपालिकाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट रु ९२ लाख प्राप्त गरेको थियो । बाँकेमै नमूना गाउँपालिकाका रुपमा स्थापित हुँदै गएको खजुरामा साना ठूला लगानीकर्ता आकर्षित गर्न स्थानीय तहले जस्तोसुकै सहयोग गर्ने नीति लिएको अध्यक्ष कक्षपतिको भनाइ छ ।

खजुरालाई भौतिक पूर्वाधार मात्रै नभई स्वास्थ्य र सामाजिक विकासको रुपमा पनि अघि बढाउने योजनाका साथ काम भइरहेको छ । गाउँपालिकावासीमा स्वास्थ्यको पहुँच बढाउन सबै वडामा स्वास्थ्य सेवा विस्तार भइसकेको गाउँपालिकाका अध्यक्ष अध्यक्ष कक्षपतिले बताए । उनका अनुसार, गाउँपालिकाका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र, उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र क्यान्सर अस्पताल समेत रहेकाले आधारभूत स्वास्थ्य सेवालाई जनमैत्री बनाउँदै लगिने छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: