बाजुरा । लगातारको अविरल वर्षासँगै बूढीगङ्गा नदीमा आएको बाढीबाट विस्थापित भएका र मृतकका आफन्तलाई बाजुरा घर भई अमेरिकामा रोजगारीको सिलसिलामा काम गर्दै आएकाले राहतस्वरूप आर्थिक सहयोग गरेका छन् ।
अमेरिकामा बसोबास गर्नेहरुले आर्थिक सङ्कलन गरेर बाजुराका बाढीपीडितलाई सहयोग गरेको जनक थापाले बताए । बाजुरालगायत सुदूरपश्चिम घर भई हाल अमेरिकाको विभिन्न राज्यमा बस्दै आएका ५६ जनाको सहयोगमा रु छ लाख ६३ हजार २८० राहत सङ्कलन गरेर पठाएको अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका पदमबहादुर शाहीले बताएका छन् ।
अमेरिकामा सङ्कलन गरिएको रकम पत्रकार महासङ्घ बाजुराका अध्यक्ष प्रकाश सिंहको नाममा नेपाल पठाइसकेको शाहीले बताए । सङ्कलित रकम जिल्ला विपद् व्यवस्थापन समितिको सहकार्यमा पीडितलाई हस्तान्तरण गरिने भएको छ । बाढी र पहिरोबाट घरबास विस्थापित भएका र मृत्यु भएका पीडितलाई नगद राहत उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीसँग बसेर टुङ्गो लगाइएको छ ।
प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा बडीमालिका नगरपालिकाका बाढीबाट विस्थापित भएका ३८ परिवारलाई रु आठ हजारका दरले रु तीन लाख चार हजार र बाढीमा बेपत्ता भएकी घागरकी ऐसेनी महतका आफन्तलाई रु २० हजार प्रदान गर्ने सहमति भएको छ । यस्तै गौमुल गाउँपालिकाका बाढीबाट विस्थापित परिवारलाई रु आठ हजारका दरले रु एक लाख ६० हजार, मृतक अनिश विकका आफन्तलाई रु २० हजार, बूढीनन्दाका विस्थापित सात परिवारलाई रु आठ हजारका दरले रु ५६ हजार र मृतक झिमु ल्वारका आफन्तलाई रु २० हजार दिने गरी समन्वय भएको हो ।
त्यस्तै पहिरोमा बूढीगङ्गा नगरपालिकाका धर्मराज पाध्यायको आफन्तलाई रु २० हजार, बाढीले बगाएकी हिमाली गाउँपालिकाका बालिका इशु नेपालीका आफन्तलाई रु २० हजार र पहिरोमा परी मृत्यु भएकी बालिका सीमा बुढाका आफन्तलाई रु २० हजार राहतस्वरुप नगद सहयोग गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताउनुभएको छ ।
राहत सङ्कलनमा मुख्य भूमिका निर्वाह गरेका पदमबहादुर शाहीले भन्नुभयो, “बाजुरा यसपटक बाढीपहिरोबाट निकै प्रभावित बन्यो, त्यसमा हाम्रो पनि सानो सहयोग होस् भन्ने उद्देश्यले अमेरिकामा सबैलाई अपिल गरेपछि सहयोग रकम पठाएका छौँ ।” छोटो समयमा रु छ लाखभन्दा बढी रकम सङ्कलन गर्न सफल भएको शाहीको भनाइ छ । “वास्तविक पीडितले राहत पाउन्, आगामी दिनमा पनि हाम्रो सहयोग जारी रहनेछ”, अमेरिकामा बस्दै आउनुभएका मनलाल जैशीले भन्नुभयो ।
यस्तै नेपाल घर भई हाल अमेरिका बस्दै आएका नेपाली महिलाले बाजुराका बाढीपीडितका लागि रु ५० हजार सहयोग गरेका छन् । सहयोग रकम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराका कार्यलय प्रमुख दीक्षा भण्डारीमार्फत पीडितलाई पठाइएको छ ।
अमेरिकाबाट आएको रु २५ हजार राहत गौमुल गाउँपालिका अध्यक्ष हरि रोकायामार्फत पीडितलाई पठाइएको छ । रु २५ हजार रकम भने बडिमालिका–२ घागरमा बाढीपहिराले घर जग्गा गुमाएकी एकल महिला लाली महतलाई घर निर्माणका लागि सहयोग गर्ने भण्डारीले जानकारी दिएका छन् ।
बाजुरामा असारयता बाढी र र पहिरोमा परेर एक बेपत्ता छन् भने पाँच जनाको मृत्यु भएको छ । बाढीपहिरोबाट जिल्लामा ७१ परिवार पूर्णरूपमा विस्थापित भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । बूढीगङ्गा नदीले एक बेलिबिज्र र पाँच झोलुङ्गे पुल बगाएको छ । नदीको किनारमा रहेका खेत जग्गा बगाएको छ । त्यस्तै ताप्रिसेरामा आएको बाढीले पक्की पुल बगाएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: