काठमाडौं । सरकारले धानका लागि आवश्यक पर्ने रासायनिक मल युरिया नेपाल भित्रन शुरु भएको छ । साल्ट ट्रेडिङ लिमिडेटमार्फत युनाइटेड अरब इमिरेट (युएई)बाट ३२ हजार ५०० मेट्रिक टन युरिया भारतको कलकत्ता हुँदै मल ल्याउन थालिएको हो । कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिए ।
अहिले मल युएइबाट ल्याई भारतको कोलकत्तास्थित बन्दरगाहमा राखिएको छ । सो मललाई कोलकत्ताबाट वीरगञ्ज र विराटनगर हुँदै नेपालमा ल्याउन थालिएको हो । उनका अनुसार मङ्गलबारदेखि नेपालमा मल नेपाल आउन थालेको छ । हिजोमात्र तीन हजार मेट्रिकटन मल नेपाल भित्रिएको हो । वीरगञ्जबाट दुई हजार ५०० मेट्रिकटन र विराटनगरबाट ५०० मेट्रिकटन नेपाल आएको उनले बताए । उक्त मल प्रदेश नंं १ बाहेक सबै प्रदेशमा वितरण गरिने उनले जानकारी दिए।
वीरगञ्जमा रेलमार्फत २७ हजार ५०० मेट्रिकटन र विराटनगर ट्रकमार्फत पाँच हजार मेट्रिकटन मल कोलकत्ताबाट आउँदैछ । “एक दिन बिराएर अब भोलिदेखि एकपटकमा दुई हजार ५०० मेट्रिकटन मल नियमति वीरगञ्ज आउनेछ”, उनले भने, “ विराटनगरबाट भने कोलकत्ताबाट ट्रकमा मल आउनेछ ।” करिब १५ दिनमा नेपालमा ल्याउन थालेको मल सबै आइपुग्दछ । उनले मल आउन थालेपछि हप्ता दिनमा मल सबै किसानले सहज पाउने बताए । यसरी आएको मल साल्ट ट्रेडिङ लिमिटेडका डिपोबाट कृषकलाई वितरण हुनेछ ।
धान रोपाइ गरेपछि दुईपटक युरिया मल हाल्ने गरिन्छ । एकपटक धान रोपेको एक महिनापछि र अर्कोपटक बाला निस्कने बेलामा मल हाल्ने गरिन्छ । धान रोप्नेबेला भने पोटास र डिएपी मल हालिन्छ । नेपालमा मल आएसँगै करिब १० लाख कृषकले धानमा मल प्रयोग गर्न पाउनेछन् । कोलकात्ताबाट वीरगञ्जसम्म रेलमा आउने छ र त्यहाँ सुख्खा बन्दरगाहाबाट नेपालका विभिन्न साल्ट टे«डिङका डिपोमा पु¥याइनेछ ।
अहिले ल्याउन थालिएको मलले यो वर्ष रोपिएका सबै धानलाई पुग्ने मन्त्रालयका प्रवक्ता डा केसीले बताए । “केही किसानले जेठ महिनामा वितरण गरिएको मल परी मौज्जाद राखेका छन् । पहाडका किसानले गोबर र कम्पोष्ट मल प्रयोग गर्दछन्”, उनले भने, “त्यसैले अहिले ल्याउन थालिएको मल रोपिएका धानलाई प्रशस्त्र पुग्दछ ।”
कोभिड–१९ को ले गर्दा सबै मानिस आफ्नो घर गएकाले यस वर्ष सबैभन्दा धेरै ९८ प्रतिशत रोपाइँ भएको छ । यस वर्ष करिब मन्त्रालयका अनुसार १३ लाख ४७ हजार हेक्टर जमिनमा धान रोपाइँ भएको छ । नेपालमा वर्षेनी सैद्धान्तिक हिसाबले डिएपी, पोटास र युरिया गरी करिब आठ लाख मेट्रिकटन मल आवश्यक रहेको छ । व्यावहारिकरुपमा साढे पाँच लाख मल वर्षेनी चाहिने मन्त्रालयका प्रवक्ता डा केसीले बताए । नेपालमा वर्षेनी दुईदेखि तीन लाख मेट्रिकटन मल आयात हुने गरेको छ । उनले हाइब्रिड खालका धान, मकै र आलुलाई मात्र रासायनिक मल आवश्यक हुने र अन्यका लागि यहीकै स्थानीय कम्पोष्ट र गोबर मल चाहिने बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: