मोरङ । निर्वाचन नजिकिँदै गर्दा मोरङमा अवैध हतियारको कारोबार र प्रयोग रोक्न प्रहरीको निगरानी कडा बनाइएको छ। यसक्रममा प्रहरीले अवैध हतियार र सञ्चार उपकरणसहित दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाको संयुक्त टोलीले सुन्दर हरैचा नगरपालिका–२ क्षेत्रमा शंकास्पद गतिविधि भएको सूचना पाएपछि खोजतलास सुरु गरेको थियो। सो क्रममा २८ वर्षीय सिलास लिम्बूको घरमा खानतलासी गर्दा ‘मेड इन युएसए’ लेखिएको एक थान पेस्तोल, एक थान भरुवा बन्दुक र ‘बाउफ्याङ’ लेखिएको दुई थान ह्याण्डसेट बरामद भएको मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए। लिम्बूलाई तत्काल नियन्त्रणमा लिइएको थियो।
प्रारम्भिक अनुसन्धानमा सोही हतियार र उपकरण २९ वर्षीय प्रेमबहादुर गुरुङसँग पनि सम्बन्ध रहेको पाइएको थियो। त्यसपछि उनलाई पनि नियन्त्रणमा लिइएको छ।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर अनुसन्धान अघि बढाइएको छ। प्रहरीले उनीहरूले हतियार कसरी प्राप्त गरे, कुन उद्देश्यका लागि राखेका थिए र अन्य व्यक्तिहरू संलग्न छन् कि छैनन् भन्ने विषयमा अनुसन्धान गरिरहेको छ।
मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कबित कटुवालले शान्ति–सुरक्षा विपरितका कुनै पनि गतिविधि सह्य नहुने बताउँदै यस्ता घटनाबारे सूचना दिन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ। अनुसन्धान अझै जारी रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - २०:५७
उदयपुर । शनिबार (भोलि ) उदयपुरको गाईघाटसहित अधिकाश ठाउँमा बिजुली नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले जलजलेस्थित सबस्टेशनको ट्रान्सफर्मरको पावर फि...
फाल्गुन २९ गते, २०८२ - २०:५४
काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभिया...
फाल्गुन २९ गते, २०८२ - २०:५०
काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले पछिल्लो समय बालिका तथा किशोरीमाथि हुने यौन हिंसा, बलात्कार, हत्या तथा शोषणका घटनाप्रति च...
फाल्गुन २९ गते, २०८२ - २०:४४
काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्याएको छ। लामो लोकतान्त्रिक संघर्ष र राजनीतिक विरास...
फाल्गुन २९ गते, २०८२ - २०:२९
विभाजन, सत्ता राजनीति, वैचारिक अस्पष्टता र बदलिँदो जनमतको कथा
फाल्गुन २९ गते, २०८२ - २०:१७
काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा आश्रित १५० भन्दा बढी विद...
फाल्गुन २९ गते, २०८२ - २०:१०
काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्याएको छ। लामो समय सत्ता र प्रतिपक्ष दुवै भूमिकामा ...
फाल्गुन २९ गते, २०८२ - २०:०२
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र सााह (बालेन)ले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा समवेदना व...
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...


प्रतिकृया लेख्नुहोस्: