एजेन्सी । सिरिया र इराकमा इस्लामिक स्टेट समूहका १० हजारभन्दा बढी लडाकू सक्रिय रहेको प्रतिआतंकवाद सम्बन्धी राष्ट्रसंघीय प्रमुखले बताएका छन् । अमेरिका समेतका बहुराष्ट्रिय सेनाको सहयोगले दुई वर्षअघि आतंकवादी संगठन इस्लामिक स्टेट परास्त भएको घोषणा गरिएको थियो ।
राष्ट्रसंघीय सुरक्षा परिषदमा प्रतिआतंकवाद सम्बन्धी प्रमुख भ्लादिमिर भोरोनकोभले दुई देशमा इस्लामिक स्टेटका लडाकूहरु स्वतन्त्र रुपमा घुमफिर गरिरहेको जानकारी दिए ।
उनले इस्लामिक स्टेटले धेरै स्थानमा पुनः संगठित हुन थालेका र उनीहरुका कृयाकलापहरु द्वन्द्वग्रस्त मुलुकहरु इराक र सिरिया मात्र नभई क्षेत्रीय आतंकवादी संगठनहरुसँग साँठगाँठ गर्न थालेको बताए ।
उनले भने, “तथापी गैर–द्वन्द्वग्रस्त क्षेत्रमा छोटो समयका लागि उनीहरुको प्रभाव कमै देखिएको छ । कोरोनाभाइरस रोक्न लकडाउन र अन्य प्रतिबन्धात्मक व्यवस्थाले मानिसको हिँडडुलमा कडाई गरिएका कारण आतंकवादी हमलाहरु न्यून भएका छन् ।”
उनले कोभिड–१९ संकटका कारण आतंकवादको त्रासलाई समाप्त गर्न चुनौती खडा भएको चर्चा गर्दै कोभिड–१९ को आडमा सिर्जित सामाजिक–आर्थिक र राजनीतिक संकटबाट इस्लामिक स्टेट र अन्य आतंकवादी समूहहरुले फाइदा उठाउन सक्ने बताए ।
तर भोरोनकोभले कोरोना महामारीबाट सिर्जित असरले आतंकवादी समूहमा भर्ना र रकम उठाउने कार्यहरुमा के प्रभाव परेको छ भन्ने स्पष्ट भइनसकेको बताउँदै इस्लामिक स्टेटका नेता अबु इब्राहिमको नेतृत्वमा संगठनको रणनीतिका दिशामा कुनै परिवर्तन आएको वा नआएको बारेमा स्पष्ट भइनसकेको बताए ।
पश्चिम अफ्रिकामा इस्लामिक स्टेटमा आबद्ध करिब ३ हजार ५०० लडाकू सक्रिय रहेको र त्यसबाट क्षेत्रीय शान्तिमै खतरा उत्पन्न भइरहेको भोरोनकोभले बताए । लिबियामा सानो संख्यामा सक्रिय इस्लामिक स्टेटले स्थानीय जातीय तनाबलाई आफ्नो पक्षमा उपयोग गर्न प्रयास गरिरहेको उनको भनाई छ ।
उनले अन्तर्राष्ट्रिय समुदायले इस्लामिक स्टेटबाट सिर्जित चुनौती नियन्त्रणमा ल्याउन समयमै ध्यान नदिए विश्वभर नै यसले समस्या खडा गर्न सक्ने चेतावनी दिए ।
राष्ट्रसंघका लागि अमेरिकी राजदूत केल्ली क्राफ्टले राष्ट्रसंघका जायज चासोलाई सम्बोधन गर्न अमेरिकी प्रशासन तत्पर रहेको बताउँदै इराक र सिरियामा नियन्त्रणमा रहेका विदेशी लडाकू र उनीहरुका परिवारका सदस्यका कारण इस्लामिक स्टेटको पुनरुत्थान हुने परिस्थिति रोक्न अमेरिका सचेत रहेको पनि स्पष्ट गरे ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय कानुनको कार्यान्वयन गर्न तथा इराक र सिरियाको गृहयुद्धका कारण अलपत्र परेका महिला, पुरुष र बालबालिकालाई आ–आफ्ना मुलुक फर्काउन आग्रह गरे ।
राष्ट्रसंघका लागि रुसी राजदूत भास्सिली नेबेन्जियाले इस्लामिक स्टेटबाट सिर्जित विश्वव्यापी आतंक उच्च तहमा अझै रहेको र त्यसको नेतृत्वले सिरिया र इराकबीचको सीमावर्ती क्षेत्रमा आतंकवादी हमलाहरु गर्न योजना बनाइरहेको बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: