काठमाडौं । लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि उनको टोली जमैका तलाबाज भने क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज भएको खेलमा पराजित भएको छ । ट्रिनिडाड एण्ड टोबेगामा आफ्नो पाँचौ खेलमा सन्दीपले उत्कृष्ट खेल प्रदर्शन गर्दै दुई विकेट लिएको हो ।
सन्दीपको टोली जमैका भने बर्बाडोस ट्राइडेन्ससित ३६ रनले पराजित भएको छ । उक्त खेलमा सन्दीपले ४ ओभरमा १६ रन खर्चिए । प्रारम्भमा ब्याटिङ गरेको बर्बाडोसले ७ विकेटको क्षतीमा १४८ रन बनायो । उसका लागि केयल मेयर्सले बिस्फोटक ब्याटिङ गर्दै ८५ रन बनाए । बर्बाडोसले मध्यम योगफल तयार पारेको थियो । मिसेल सेन्टनरले २० रन बनाए पनि अरु खेलाडीको प्रर्दशन उल्लेख्य रहेन । जमैकाका लागि मुजिद उर रहमानले ३ तथा फिडेल इडवार्ड र कार्लोस ब्रेथवेटले एक एक विकेट लिए।
एक सय ४९ रनको लक्ष्य पछ्याएको जमैकाले ९ विकेट गुमाएर मात्र ११२ रन बनाउन सक्यो । जमैकाका लागि नक्रमा बोनरले सर्वाधिक ३१ रन बनाए । आजको खेलमा सन्दीपले पनि ब्याटिङ गरेका थिए । उनले ६ बल खेल्दै ४ रन बनाई अविजित रहे। जमैकाले हालसम्म खेलेको ५ खेलमध्ये २ मा जित तथा तीनमा हार बेहोर्दै ४ अङ्क जोडेको छ । जमैका अङ्क तालिकाको पाँचौ स्थानमा छ । आजको खेलमा विजयी भएको बार्बाडोस ४ अङ्कसहित रनरेटका आधारमा तेस्रो स्थानमा उक्लिएको छ । उसले ५ खेलमा दुईमा जित तथा तीन खेलमा हार बेहोरेको छ । सन्दीप सम्मिलित जमैकाले आफ्नो छैटौँ खेल भदौ १४ गते खेल्नेछ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: