Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

कोभिड – १९ विरुद्धका खोपमाथि नेपालमा परीक्षण गर्न सम्भाव्यता छलफल

काठमाडौँ । सरकारले विभिन्न देशमा कोभिड– १९ को विरुद्ध बनेका विभिन्न औषधि र खोपमाथि परीक्षण (क्लिनिकल ट्रायल) गर्न सम्भाव्यता छलफल शुरु गरेकोे छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले रुस, चीन, भारत र बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोभिड १९ विरुद्ध उत्पादन गरेका औाषधि र खोपको प्रयोगबारे अनुसन्धानलाई अगाडि बढाएको हो ।

आफ्नो र अन्य देशमा प्रयोग गरिरहेका औषधि र खोप नेपालमा तेस्रो चरणको परीक्षण (क्लिनिकल ट्रायल)को लागि आउन ती देशले खोजेका छन् । परिषद्ले ती औषधि र खोपका लागि अनुसन्धान गरेर मात्र नेपालमा तेस्रो चरणको लागि क्लिनिकल ट्रायल अनुमति दिने भएको छ । अहिलेसम्म कुनै खोपको प्रयोग नेपालमा गरिएको छैन ।

्परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले विभिन्न देशमा कोभिड १९ विरुद्ध बनेका औषधि र खोपको नेपालमा प्रयोग गर्नेबारे अनुसन्धान प्रक्रिया शुरु गरिएको जानकारी दिए । “नेपालमा तेस्रो चरणका लागि खोप र औषधिको परीक्षण गर्नका लागि विभिन्न देशले इच्छा व्यक्त गरेका छन,” उनले भने, “ हामीले अध्ययन अनुसन्धान गरेर मात्र प्रयोगका लागि अनुमति दिन्छौ ।”

परिषद्ले नेपालमा यसअघि विभिन्न अस्पताललाई प्लाजाथेरापी विधिबाट कोभिड १९ का सङक्रमितको उपचार गर्ने पद्धति अपनाउन स्वीकृत प्रदान गरिसकेको छ । अहिले प्लाजा थेरापीविधिबाट गम्भिर अवस्थाका विरामीको उपचार विभिन्न कोभिड १९ अस्पतालले गरिरहेका छन् ।

परिषद्ले रुसमा बनेको कोरोना भाइरस को विरुद्धको खोप “स्तुनिक भी” नेपालमा पनि प्रयोग गर्नेबारे छलफल अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा नेपालस्थित रुसी राजदूतावासलाई पत्र लेख्दै नेपालमा पनि प्रयोग गर्नेबारे परिषद्ले छलफल शुरु गरेको हो । रुस सरकारले बनाएको खोपको बारेमा परिषद्का कार्यकारी निर्देशक डा। ज्ञवालीले नेपालस्थित रुसका राजदूत अलेक्जी ए नोभिकोभसँग पनि छलफल गरिसकेका छन् । “खोपबारे रुसी राजदूतसँग भएको छलफल सकारात्मक रुपमा अगाडि बढेको छ,” उनले भने, “हामीले उक्त खोप नेपालमा पनि प्रयोग गर्न सकिने वा नसकिनेबारे अध्यययन अनुसन्धान गर्दछौ । त्यसपछि मात्र प्रयोग गर्ने वा नगर्ने भन्ने थाहा हुन्छ ।”विश्व स्वास्थ्य संगठनले मान्यता दिइ नसकेको अवस्थामा यहाँ प्रयोग गर्दा हानी वा नोक्सान के गर्दछ भन्ने अध्ययन अनुसन्धान गरिने उहाँको भनाइ रहेको छ । अहिलेसम्म कुनै पनि औषधि र खोपलाई संगठनले मान्यता दिएको छैन । रुसी सरकारले एक हजार जनालाई निःशुल्क रुपमा प्रयोग गर्नका लागि खोप उपलब्ध गराउने समेत रुसका राजदूत नोभिकोभले प्रतिवद्धता जनाउनु भएको परिषद्का कार्यकारी निर्देशक डा। ज्ञवालीले जानकारी दिए ।

परिषद् विभिन्न देशमा उत्पादन भएका औषधी र खोपको नेपालमा प्रयोगका सम्बन्धमा एक बैज्ञानिक अध्ययन टोली गठन गरी नेपालमा प्रयोग गर्न सकिने वा नसकिने पत्ता लगाउने छ । उक्त टोलीले औषधि र खोपका बारेमा सत्यतथ्य पत्ता लगाई प्रयोग गर्न सकिने वा नसकिने प्रतिवेदन तयारी पारी परिषद्लाई बुझाउने छ । सोही आधारमा मात्र औषधि र खोपको विधिपूर्वक प्रयोग गर्न सकिने परिषद्का कार्यकारी निर्देशक डा। ज्ञवालीले जानकारी दिए । उनका अनुसार रुसका राजदूत नोभिकोभले नेपालमा नै उक्त खोप उत्पादन गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । यसैगरी चीनको चाइनो भ्याक कम्पनीले उत्पादन गरेको खोप नेपालमा प्रयोग गर्नेबारे पनि छलफल भएको छ ।

उनले उत्पादन गरेको खोप नेपालमा प्रयोग गर्नेबारे छलफल भएको जानकारी दिए । उक्त खोप समेत चीन सरकारले ५०० जनामा प्रयोग गर्नका लागि एक हजार थान पठाउनका लागि स्वीकृत माग गरेको छ । यस्तै भारतबाट सङ्क्रमित गम्भिर अवस्थामा पुगेका बिरामीको लागि प्रयोग औषधि रेमडिसिभिर पनि औषधि व्यवस्था विभागले प्रयोगका लागि स्वीकृत दिइसकेको छ ।

क्लिनिकल ट्रायलका लागि ल्याइएकोले उक्त औषधीकवो अहिले सङक्रमितको उपचारको लागि प्रयोग भइरहेको छ । परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा। मेघनाथ धिमालले रेमडिसिभिर औषधिबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy