काठमाडौँ। अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले आगामी वर्ष बजेटको आकार बढाउन सक्ने अवस्था नरहेको बताएको छन्।
अर्थ मन्त्रालयको अर्थ कार्यक्रमको ३३औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले बजेटको सिलिङ बढे पनि खर्च गर्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै आगामी वर्ष ठुलो आकारको बजेट नआउने संकेत गरे।
राजधानीमा आयोजित कार्यक्रममा पाण्डेयले अब बजेटको आकार बढाउनेभन्दा यथार्थमा आधारित बजेट निर्माण गरी यसको पूर्ण उपयोगमा ध्यान दिनुपर्ने बताए । उनले बजेट खर्चमा देखिएका कमजोरीहरू पहिचान गरी सुधार गर्दै अघि बढिने उल्लेख गरे।
उनका अनुसार अर्थमन्त्रीले पदभार ग्रहण गरेकै दिन आर्थिक क्षेत्रसँग सम्बन्धित संरचनात्मक अवरोध र कानुनी जटिलताबारे छलफल भएको थियो । सो क्रममा १५ वटा आर्थिक क्षेत्रसँग सम्बन्धित कानुन खारेज गर्ने तथा राजस्व अनुसन्धान विभाग खारेज गर्ने निर्णय भएको र सोहीअनुसार प्रक्रिया अघि बढिरहेको उनले बताए।
सहसचिव पाण्डेयले भने, “बजेटको आकार सानो छ । हाम्रो अर्थतन्त्रको जीडीपीको अनुपात हेर्दा हाल करिब १८ खर्ब ९० अर्बको सिलिङमा छौँ । यो सिलिङ बढाउनुपर्छ भन्ने अपेक्षा भए पनि केही परिस्थितिजन्य बाध्यता छन् । सिलिङ बढे पनि खर्च हुन नसकेको यथार्थ छ । पछिल्ला नौ महिनाको पुँजीगत खर्च करिब २०–२२ प्रतिशत मात्र रहेको देखिन्छ । अब हामीले बजेटको आकार बढाउनेभन्दा यथार्थमा आधारित बजेट बनाउने र यसको पूर्ण उपयोग गर्ने दिशामा जानुपर्छ ।”
उनले क्षेत्रगत र विषयगत केही कमजोरीहरूका कारण खर्च प्रभावकारी हुन नसकेको उल्लेख गर्दै ती कारणहरूको समीक्षा भइरहेको जानकारी दिए। अर्थमन्त्री पदभार ग्रहण गरेकै दिन संरचनात्मक अवरोध र कानुनी जटिलताबारे छलफल भएको र सोहीअनुसार कानुन सुधार तथा खारेजीको प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।
सहसचिव पाण्डेयले अहिले स्पष्ट जनादेशसहितको सरकार बनेकाले सुधारका लागि उपयुक्त अवसर प्राप्त भएको समेत बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १५ गते, २०८३ - १३:२२
काठमाडौं । २३ र २४ भदौमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा जलेका सवारीसाधनको नाममा स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूले इन्धन दुरुपयोग गरेको खुलासा भएको छ।...
बैशाख १५ गते, २०८३ - १३:११
काठमाडौं। पूर्णबहादुर खड्का नेतृत्वको समूहको बैठक मंगलबार धुम्बाराहीस्थित होटल स्मार्टमा सुरु भएको छ। बैठकमा समूहका शीर्ष नेता, १४औँ महाधिवेशनबाट न...
बैशाख १५ गते, २०८३ - १२:१२
काठमाडौँ। अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले आगामी वर्ष बजेटको आकार बढाउन सक्ने अवस्था नरहेको बताएको छन्। अर्थ मन्त्रालयको अर्थ कार्यक्रमक...
बैशाख १५ गते, २०८३ - ११:५९
कावासोती। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी (नवलपुर)को मध्यबिन्दु नगरपालिका–७ स्थित हरियाली जंगल क्षेत्रमा ट्रक र कार ठोक्किँदा एक जनाको म...
बैशाख १५ गते, २०८३ - ११:३९
मुस्ताङ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ स्थित चराङमा नयाँ पुस्तालाई परम्परागत सांस्कृतिक नृत्य स्याब्रो र टुङ्नाबाजा बजाउने प्रशिक्...
बैशाख १५ गते, २०८३ - ११:१४
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घट...
बैशाख १५ गते, २०८३ - १०:५४
मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयबाट विद्युतीय सवारीसाधनको आयात ह्वात्तै घटेको छ । सिन्धुपाल्च...
बैशाख १५ गते, २०८३ - १०:४३
इन्डोनेसिया । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक आपसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु हुनुका साथै ८४ जना घाइते भएको स्था...
बैशाख १५ गते, २०८३ - १०:२९
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्रालयले मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय तान्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख...
बैशाख १५ गते, २०८३ - १०:०८
हुम्ला। कर्णाली करिडोरअन्तर्गत सिमकोट–हिल्सा सडकको चट्टानी भीर क्षेत्र च्याछरा खण्डमा ढलान कार्य सम्पन्न भएपछि यातायातका साधनलाई आवतजावत गर्न सहज भएको...


प्रतिकृया लेख्नुहोस्: