Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

काष्ठमण्डप पुनःनिर्माणको काम ७० प्रतिशत सम्पन्न

काठमाडौँ । काष्ठमण्डप पुनःनिर्माणको काम लक्ष्यानुरुप अघि बढिरहेको छ । काष्ठमण्डप पुनःनिर्माण समितिले हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । पहिलो तलाको काम सम्पन्न गरी अहिले दोस्रो तलामा काठको काम भइरहेको बताइएको छ ।

विश्वभरि फैलिएको कोरोना भाइरसका कारण गत चैतवैशाखमा काम हुन नसके पनि अहिले दैनिक ३५ कामदारले नियमितरुपमा काम गरिरहेका छन् । अहिले भएका कामदारले यही गतिमा काम गर्न पाए तोकिएको समयमा नै पुनःनिर्माणको काम सम्पन्न हुने पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताए ।

विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको शुरुआत २०७५ साल कात्तिक २२ गतेदेखि भएको हो । निर्धारित समयानुसार समितिले २०७८ असार मसान्तसम्म निर्माणको काम सम्पन्न गर्नुपर्नेछ । पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण समितिलाई रु १० करोड ५० लाख आर्थिक सहयोग गरिसकेको छ । पुनःनिर्माणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्छ ।

भूकम्पले पूर्णरुपमा क्षति पु¥याएपछि सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणको काम अहिले तीव्ररुपमा भइरहेको हो । तत्कालीन राजा लक्ष्मीनरसिंह मल्लका पालामा एउटै रुखबाट काष्ठमण्डप निर्माण गरेको इतिहास छ । निर्माणका क्रममा अहिले प्रयोग गरिएका केही काठ पुरानै र केही टिम्बर कर्पोरेशन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको हो । अहिले छानामा प्रयोग हुने काठको आवश्यकता परेकाले धनगढीबाट ल्याउने तयारी भएको अध्यक्ष शाक्यले जानकारी दिए ।

हाल पहिलो तलामा प्रयोग गरिएका चार थाममध्ये तीन नयाँ र एउटा पुरानै प्रयोग गरिएको समितिले जनाएको छ । काष्ठमण्डप नेपालकै मौलिकता र इतिहास झल्काउने एवं संस्कृतिसँग जोडिएकाले सबैको मन जितेर पारदर्शीरुपमा निर्माणलाई नमूना बनाउनुपर्ने स्थानीयवासीको माग छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: