Khabar Dabali २० श्रावण २०८३ बुधबार | 5th August, 2026 Wed
Investment bank

मतान्तर मात्र पाँच खर्चमा भने ठुलो अन्तर : पोखरेलले १० लाख खर्च गर्दा लुईंटेल गरे झन्डै ३१ लाख

खबरडबली संवाददाता

ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विश्वराज पोखरेल र नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईंटेलले जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गामार्फत निर्वाचन आयोगमा खर्च विवरण पेस गरेको हो । निर्वाचनमा विजयी भएका पोखरेल र पराजित भएका लुईंटेलबिच पाँच मतको झिनो अन्तर रहेको थियो । 

मतान्तर अत्यन्तै सानो भए पनि चुनावी खर्चमा भने उल्लेख्य अन्तर देखिएको छ । निर्वाचनमा विजयी भएका पोखरेलले १० लाख ३४ हजार ७०० रुपियाँ खर्च भएको विवरण बुझाएको छन् । यता नेपाली कांग्रेसका उम्मेदवार लुईंटेलले ३० लाख ९९ हजार १५० रुपियाँ खर्च भएको विवरण सार्वजनिक गरेको छन् । 

पोखरेलले बुझाएको विवरण अनुसार प्रचार–प्रसार सामग्री छपाइ ९वाचापत्र, नमुना मतपत्र, फ्लेक्स, नामावली, ब्यानर० मा १ लाख ९५ हजार खर्च भएको छ । सवारी साधन तथा इन्धनमा २ लाख ३३ हजार ५००, घरदैलो कार्यक्रम, खाजा तथा बसोवासमा २ लाख ७० हजार २०० खर्च भएको जनाइएको छ ।

यसैगरी निर्वाचन सम्पर्क कार्यालय व्यवस्थापनमा २० हजार, बुथ प्रतिनिधि परिचालनमा १ लाख ५० हजार, विद्युतिय प्रचार–प्रसारमा २० हजार, कोणसभा, गोष्ठी तथा भेटघाटमा ५० हजार खर्च भएको विवरणमा उल्लेख छ । वडास्तरीय प्रचारप्रसारमा ७५ हजार, निर्वाचन सामग्री ढुवानीमा २० हजार रुपियाँ र अन्य विविध शीर्षकमा २० हजार खर्च भएको पनि पोखरेलले जनाएको छन् ।

नेपाली कांग्रेसका उम्मेदवार लुईंटेलले भने चुनावी अभियानका क्रममा ३० लाख ९९ हजार १५० खर्च भएको विवरण बुझाएको छन् । 

उनका अनुसार मनोनयन दर्ता गर्दा १० हजार खर्च भएको छ । नमुना मतपत्र तथा पोस्टर छपाइमा १ लाख ५० हजार, यातायाततर्फ १४ लाख १५ हजार खर्च भएको विवरणमा उल्लेख छ । त्यसैगरी प्रचार–प्रसार प्रशिक्षण तथा खाजा खर्चमा २ लाख १ हजार १५०, प्रचार सामग्री खरिदमा १ लाख ९८ हजार रुपियाँ र गोष्ठी तथा भेलामा ११ लाख २५ हजार रुपियाँ खर्च भएको जनाइएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा ओखलढुङ्गामा निकै कडा प्रतिस्पर्धा भएको थियो । अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पोखरेलले १३ हजार ९५३ मत प्राप्त गरी विजयी भएको थिए।

नेपाली कांग्रेसका उम्मेदवार लुईंटेलले १३ हजार ९४८ मत प्राप्त गरेको थिए। फागुन २१ गते सम्पन्न निर्वाचनमा ओखलढुङ्गाबाट दुई स्वतन्त्रसहित १५ जनाले उम्मेदवारी दिएका थिए । 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार अम्बिरबाबु गुरुङ, नेकपा एमालेकी अस्मिता थापा, श्रम संस्कृति पार्टीका डा। उद्धवकुमार राई लगायत अन्य उम्मेदवारले भने चुनावी खर्च विवरण बुझाउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल राष्ट्र बैङ्क विधेयक: गर्भनरको पदावधिबारे अर्थ समितिमा छलफल

काठमाडौँ। अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफाबार छलफलकामा केन्द्रीय बैङ्कको गभर्नर र सञ्चालक समितिको पदावध...

ब्रोड पिक दुर्घटनामा मृत्यु भएका निम्स दाइसहित चार आरोहीको शव बेस क्याम्प ल्याइयो

काठमाडौं। पाकिस्तानको ब्रोड पिक हिमालमा दुर्घटनामा परी निधन भएका कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित चार आरोहीको शव उद्धार गरी बेस क्याम्प...

भारतमा मल किन्न जाँदा पक्राउ परेका नेपाली धरौटीमा रिहा गर्न आदेश

काठमाडौं। भारतमा मल किन्न जाँदा पक्राउ परेका सर्लाहीका दुई नेपाली नागरिकलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। सर्लाहीको बलरा–५ का सुरेशप्रसाद...

कोशी सरकारको नेतृत्व विवादबीच मुख्यमन्त्री कार्की ओली भेट्न गुण्डु पुगे

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेका छन्। मुख्यमन्त्री कार...

मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक सम्पर्कविहीन, खोजी कार्य जारी

पोखरा। कास्कीको चर्चित पर्यटकीय क्षेत्र मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक सम्पर्कविहीन भएका छन्। माछापुच्छ्रे गाउँपालिका–९ स्थित बादलडाँडा ...

प्रदेश सरकारको सत्ता गणितमा नलाग्ने राप्रपाको निर्णय

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकार गठनसँग जोडिएको सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको छ। बुधबार पा...

मनास्लु पदमार्ग सुधार अभियान: १० दिन खच्चड हिँड्न रोक

सुलीकोट। उत्तरी गोरखाको मनास्लु पदमार्गअन्तर्गत चुमनुब्री गाउँपालिका-६ मा पर्ने रेन्जम क्षेत्रमा पदमार्ग स्तरोन्नतिका लागि साउन २० देखि ३० गतेसम्म खच्...

न्यायाधीशमाथि महाअभियोगको दबाबबारे तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन

काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीशलाई राजीनामा दिन दबाब दिइएको र राजीनामा नदिए महाअभियोग लगाउने चेतावनी दिइएको भन्ने दाबीबारे तीन अन्तर्राष्ट्रिय मा...

प्रदेश सरकारमा सहभागिताबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारमा सहभागिता जनाउने वा नजनाउने विषयमा आवश्यक निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष राजेन्द्र...

अन्तर्राष्ट्रिय संस्थाको धारणाप्रति कानुनमन्त्री गौतमको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि प्रहार भयो’

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सर्वोच्च अदालतका न्यायाधीशमाथि महाअभियोगको दबाब परेको भन्दै अन्तर्राष्ट्रिय मानवअधिकार स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending