गोदावरी । डिभिजन वन कार्यालय धगनढीले सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने कैलालीको गोदावरी नगरपालिकाअन्तर्गत भीमदत्त राजमार्ग छेउको वन अतिक्रमण हटाएको छ । गोदावरी नगरपालिका–४ गाईमाराडाँडामा बनाइएका ३० भन्दा बढी भौतिक संरचना भत्काइएको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकिएसँगै आसपासको वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको भौतिक संरचना भत्काउने कार्य सुरु गरिएको डिभिजन वन अधिकृत रामचन्द्र कँडेलले बताए । उनका अनुसार बिहीबार वन अतिक्रमण गरी बनाइएका ३० वटा भौतिक संरचना हटाइएको छ । गोदावरी नगरपालिका–४ मा पर्ने भीमदत्त राजमार्गको छेउछाउमा वन अतिक्रमण गरी व्यापार व्यवसाय गर्न बनाइएको भौतिक संरचना हटाइएको कँडेलले बताए ।
उनले भने, ‘‘पहिलेदेखि नै हामीले पटक–पटक गोदावरी र चुरेका डाँडामा भइरहेको वन अतिक्रमण हटाएका थियौं । हटाएको भोलिपल्ट नै आएर बसी हाल्छन् ।’ यसअघि पनि वन कार्यालयले सोही स्थानमा पटक–पटक भौतिक संरचना भत्काउँदै आएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारले २०७५ असोज १२ गते गोदावरीको तेघरीमा प्रदेशको राजधानी तोकेपछि वन माफियाहरूले वरपरको सामुदायिक तथा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गर्ने क्रम बढेको स्थानीयको भनाइ छ । डिभिजन वन कार्यालय धनगढीका अनुसार कैलालीमा अहिलेसम्म २५ हजार बढी हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: